Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्न जरूरी छः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलामाथि हुने सबै खालका विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

एक सय १५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै दाहालले महिलाको सम्बन्धमा संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन र जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व कायम गर्दै आर्थिकरूपमा समेत अधिकारप्राप्तिका लागि अघि बढ्न आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले भनेका छन्, ‘हाम्रो पार्टी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समाजवादी क्रान्तिको आधार तयार गर्ने बाटोमा अघि बढिरहेको छ, हामी यति बेला जनतासँग माओवादी, तराई मधेस जागरण अभियानमा छौँ, यो अभियानले महिलालगायत आम उत्पीडित वर्ग र समुदायका संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्न थप जागरूक, सङ्गठित र आन्दोलित गर्ने हाम्रो विश्वास छ ।’

राजनीतिक अधिकारप्राप्त भए पनि आर्थिकरूपमा समानता कायम नभएसम्म र उत्पादनका सबैखाले साधनमाथि महिलाको स्वामित्व सुनिश्चित नहुँदासम्म वास्तविक अर्थमा महिलामुक्ति सम्भव नहुने उनको भनाइ छ । उनले यो दिवसले महिलामाथि भइरहेका संरचनात्मक हिंसा, दमन, शोषण र विभेदको अन्त्यका लागि प्राप्त अधिकारको कार्यान्वयनतर्फ सचेत र सङ्गठितरूपमा अघि बढ्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

‘समता, स्वतन्त्रता र उत्पीडनबाट मुक्तिको आकांक्षासहित सुरू भएको महिला आन्दोलन र प्राप्त अधिकारको सम्मानस्वरूप प्रत्येक वर्ष ८ मार्चमा मनाइँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, अध्यक्ष दाहालले भनेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

मध्यरातकाे निर्देशनलेे बिहानै फेवाताल किनारमा डोजर

पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...

राजधानीमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय, १८ पक्राउ

काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...

१५औँ महाधिवेशनका लागि कांग्रेसले सदस्यता अद्यावधिक अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...

सरकारी कार्यालयमा बिचौलिया निषेध

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending