Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

संस्मरण: माया, पीडा र पुनर्जन्म

अनिषा श्रेष्ठ

प्रेमको कुनै निश्चित समय वा उमेर हुँदैन रहेछ । यस्तैगरी, जब माया कसैप्रति गहिरो बन्दै जान्छ, तब त्यसले व्यवहार, बानी–व्यवहार, सोच्ने तरिका, यहाँसम्म कि सपना र लक्ष्यमा समेत प्रभाव पार्दाे रहेछ ।

जब म कक्षा ७ मा पढ्दै थिएँ, मलाईसँगै पढ्ने वहाँ मन पर्न थालेछ । दिन त जसरी पनि कट्थ्यो, तर वहाँको एक झल्को देखेपछि मात्र दिन बितेको जस्तो लाग्थ्यो । दिन प्रतिदिन वहाँको मात्र याद आउँथ्यो । वहाँलाई मात्र हेरिरहन मन लाग्थ्यो । त्यति मात्र होइन, वहाँ मनपर्न थालेपछि वहाँलाई हेर्न पाइन्छ भने पनि स्कूल आउन मन लाग्थ्यो ।

दिनहुँ स्कूल आउँदा–आउँदा म आफैंमा धेरै परिवर्तन आइसकीछु । मैले कहिल्यै नपाएको पुरस्कार कक्षा ८ मा पुग्दा प्रमाणपत्रको रूपमा पाएँ, जहाँ लेखिएको थियो— ‘सरसफाइमा प्रथम’ र ‘पढाइमा दोस्रो’। यसमा मेरो मेहनत त थियो नै, तर यो मेहनत वहाँको मायाले प्रेरित थियो । मायाको अर्थ केवल माया गर्नु मात्र रहेनछ, साथै परिवर्तन ल्याउनु पनि रहेछ ।

बिस्तारै मलाई लाग्न थाल्यो, साँच्चै मैले प्रेम प्रस्ताव राख्ने हो कि ? सुनेको त थिएँ— केटीहरूले कहिल्यै केटालाई प्रस्ताव राख्दैनन । तर म पछि हट्न सकिनँ, मलाई त त्यही मानिस चाहिएको थियो । यस्तै गर्दै, एक दिन स्कूलमा कार्यक्रम भइरहेको बेला, मैले लेखेको प्रेमपत्र वहाँलाई दिएँ । त्यो दिन मनमा एक किसिमको छटपटी थियो, अनेकौँ प्रश्नहरू खेलिरहेको तर उत्तरको खोजीमा थिएँ ।

भोलिपल्ट एउटै मात्र जवाफ आयो— “म तिमीलाई माया गर्दिन । जति वहाँलाई मन पराउँदा खुसी भएकी थिएँ, त्योभन्दा बढी दुःखी त्यही उत्तरले बनायो । मन निकै भारी भयो, तर म रोएर, कराएर, आफ्नो पीडा कसलाई सुनाउँथें र? राति ओछ्यानमा एक्लै हुँदा, चुपचाप सिरानी भिजाएर रोएको दिन आज पनि सम्झन सक्छु । पहिलो प्रेमको अनुभव, त्यो पनि अस्वीकारको! त्यो आँसु, जो उसैको लागि झरिएको थियो ।

हुदा–हुदै कक्षा १० मा पुगियो । समयसँगै धेरै कुरा बुझ्न थालेँ । तर अचम्म के लाग्थ्यो भने, जसले मलाई अस्वीकार गर्यो, उसैको लागि अझै मनमा माया र चिन्ता किन थियो? बोलचाल राम्रो हुँदै गयो, भेटघाटसमेत हुन थाल्यो। कताकता लाग्न थाल्यो उहाँले माया गर्नुहुन्छ। तर दोश्रो पटक म फेरि अघि बढेँ। एक दिन, स्कूलबाट घर फर्कने बेलामा, मैले वहाँलाई फेरि भने— म तपाईंलाई अझै पनि माया गर्छु, यो पटक उत्तर आयो— हुन्छ, म पनि तिमीलाई माया गर्छु। त्यति सुन्नासाथ, त्यो मान्छे मेरो भएको झै महसुस भयो।

विस्तारै हाम्रो सम्बन्ध गहिरिंदै गयो। कुराकानी फोनमार्फत हुन थाल्यो। त्यो बेला घरमा फेसबुक खोलेको थाहा भएको भए गाली खानु पथ्र्यो, तर थाहा नदिई हामीले फेसबुक खोल्यौं। जहाँ वहाँको आधा नाम र मेरो आधा नाम मिसाएर बनाएको नामबाट अकाउन्ट खोलेका थियौं।

एक दिन घरमा थाहा भयो, मैले चलाएको फेसबुक र मेरो हातमा भएको मोबाइल खोसिदिनु भयो, अनि केही दिनसम्म हामी बोलेनौं। यत्तिकैमा, एक दिन ममीको मोबाइलबाट एसएमएस गरेँ। सबै कुरा बताइदिएँ। त्यस बेलादेखि हामी बोल्न छोड्यौं। तर वहाँले भन्नुभयो , विश्वास गर, म तिम्रै हुँ, अनि तिमी मेरै हौ।

एक महिनापछि, मलाई मोबाइल दिनु भयो। मैले तुरुन्तै वहाँलाई एसएमएस गरेँ, अनि हामी फेरि पहिलेझैँ बोल्न थाल्यौं। एक दिन अचानक अपरिचित नम्बरबाट एसएमएस आयो, जहाँ लेखिएको थियो— अनलाइन आउन, कुरा छ। म अनलाइन गएँ, तर त्यहाँ कोही थिएन, न कुनै मेसेज नै। कसले गरेको होला भनेर सोच्दै बसेँ। केहीबेरमै वहाँकै फेसबुकबाट मलाई मेसेज आउन थाल्यो। मैले पढ्न नपाउँदै फेरि अर्को मेसेज, अनि फेरि अर्को। मैले बुझ्नै सकिनँ, आज के भइरहेको छ भनेर। त्यसैले बुझ्नका लागि मैले तुरुन्तै वहाँलाई कल गरेँ, तर मोबाइल अफ थियो। त्यसपछि म मेसेज पढ्न थालेँ।

त्यहाँ लेखिएको थियो— म वहाँको प्रेमिका हुँ । त्यो पढेर म छाँगाबाट खसेझैँ भएँ। म निशब्द भए। यत्तिकैमा ती सबै मेसेजहरू हेरें, तर केही उत्तर नदिई चुपचाप बसें। बेलुका वहाँले मसँग कुरा गर्नुभयो। मैले तुरुन्तै सोधेँ— के थियो यो सबै? कतै मलाई मजाक त गरिरहनुभएको छैन? वहाँले भन्नुभयो — माफ गर, तिमीसककग नबोलेको समय उनीसककग बोलेको थियो। उसले मलाई मन पराउँथी। तर मैले उसलाई भनेको थिएँ कि मेरो कोही छैन, प्रेमिका छैन। त्यसैले यो सबै भयो। त्यसपछि मैले भनेँ— यदि माया छैन भने, स्पष्ट भन्नुहोस्। तर यदि माया छ भने, बारम्बार यसरी अप्ठ्यारोमा नपार्नुस्।

विश्वास थियो, त्यसैले विश्वास गरेर सबै कुरा बिर्सिए। मैले कक्षा १२ पढ्न कलेज ज्वाइन गरेँ, वहाँ गाउँमै पढ्नुहुन्थ्यो। सबै कुरा राम्रै चलिरहेको थियो। एक दिन वहाँ भ्रमण जानुभयो। मैले सोधेँ— तपाईं कतै जाँदै हुनुहुन्छ, मसँग केही दिन बोल्न पाउनु हुन्न होला, होइन? वहाँले भन्नुभयो— म कहीँ जाँदिन, विश्वास गर। मैले विश्वास गरें। तर जुन दिन वहाँ भ्रमण जानुभयो, त्यस दिनदेखि वहाँ मसँग कम बोल्न थाल्नुभयो। बिहान पठाएको म्यासेज बेलुका मात्रै पढ्नुहुन्थ्यो। म अलमलमा थिएँ— के भयो मैले केही बुझ्न सकिनँ, तर केही दिनपछि वहाँकी दिदीबाट थाहा पाएँ— वहाँ त मेरो मिल्ने साथीसँग प्रेम सम्बन्धमा रहनु भएको रहेछ! त्यो कुरा सुनेर म पूर्ण रूपमा टुटें। जति नै सम्हाल्न खोजेँ, सकिनँ। म्यासेजको प्रतीक्षा गरिरहेँ, तर केही पनि आएन। मेरो साथीले मलाई एसएमएस गरेर सबै कुरा बताइदिइन्। म रिसले आगो भएँ, धेरै गाली गरें, धेरै प्रयास गरें वहाँलाई फिर्ता ल्याउन, तर सकिनँ। रोएँ, कराएँ। मेरा केही साथीसँग मन बुझाएँ। हप्तौँसम्म म घर नफर्की उनीहरूकै घरमा बसें। अन्ततः मैले वहाँलाई अन्तिम पटक कल गरें। रोइरोई सोधेँ— यदि माया थिएन भने, किन पटक–पटक आयौं? यदि माया थियो भने, किन मेरो भावनासँग खेल्यौ? वहाँको एउटै उत्तर थियो—मेरो परिवारमा अन्तरजातीय विवाह स्वीकार छैन, त्यसैले यस्तो कदम चालेँ। मैले भनें—मायाका लागि जात किन हेरिन्छ? यदि जात नै हेर्नुपर्ने हो भने, आफ्नै जातका सबैलाई माया गर्न सम्भव छ र? अरू जातका मान्छेको भावना हुँदैन? तर वहाँले भन्नुभयो म अब बोल्दिनँ। फोन राख। अनि वहाँले फोन काट्नुभयो।

त्यसपछि, सोच्दै त्यो रात, मैले मेरो जीवन समाप्त गर्ने निर्णय गरिसकेकी थिएँ। अब म यो संसारबाट टाढा जान्छु।  मर्नको लागि मैले सल ठीक पारें अनि घाँटीमा कसें। मेरो नसाहरू बाहिर आइरहेझैँ, सास रोकिएको जस्तो भयो, केहि समयमै मेरो सास रहने थिएन  त्यत्तिकैमा, ढोकाबाट आवाज आयो— छोरी, ढोका खोल। बाबालाई फोन गर्देत।  त्यो आमा बोलेको आवाज, अनि बाबाको नाम सुनेपछि मेरो हातले कस्सियको सल फुकाइदिए।  छिटटोछिटो मुख धोएर ढोका खोलिदिए। किन? के भयो? तँलाई अर्कै देख्छु त! भन्नु भयो। मैले भनेँ, खोकी लागेको थियो।

बिस्तारै म प्रेमलाई पछाडि राख्दै, पहिलेका कुराहरूलाई बिर्सँदै, —बुबा–आमाले गर्ने माया जस्तो माया अरू कसैले गर्न सक्दैन रहेछ। मायाको भूमिकालाई केवल बुबा–आमा र आफ्नै परिवारले निभाउन सक्छन्। तर अरूले त जिन्दगीलाई त्यही अप्ठ्यारो घडीसम्म मात्र पुर्याउने रहेछन्, जुन मैले अनुभव गरिसकेँ। मलाई जन्म दिने यही बाबा–आमा, मलाई पुनर्जन्म दिने पनि यही बाबा–आमा। मेरो लागि मेरा बाबा–आमा नै पर्याप्त छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

मध्यरातकाे निर्देशनलेे बिहानै फेवाताल किनारमा डोजर

पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...

राजधानीमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय, १८ पक्राउ

काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...

१५औँ महाधिवेशनका लागि कांग्रेसले सदस्यता अद्यावधिक अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...

सरकारी कार्यालयमा बिचौलिया निषेध

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending