Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

काठमाडौंका यी स्थानमा पाँच घन्टा विद्युत अवरूद्ध हुने

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा शनिबार चारदेखि पाँच घन्टासम्म विद्युत अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको दुइटा फिडर र रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गतका क्षेत्रहरुका शनिबार दिउँसो विद्युत अवरूद्ध हुने भएको हो।

मातातीर्थदेखि बौथली चोकसम्म कन्डक्टर अपग्रेडिङ कार्यका लागि बलम्मु वितरण केन्द्रको मातातीर्थ फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। उक्त फिडर अन्तर्गतको क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसोझ ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

त्यस्तै सतुंगल फिडर अन्तर्गतका कन्चन गेट, बोसीगाउँ, बौथली, सतुङगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ देखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

ती क्षेत्रमा पनि कन्डक्टर अपग्रेडिङ कार्यका लागि फिडर सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ।

रत्नपार्क वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत सव स्टेशनबाट ब्रिटिश पर्खाल, फ्रान्सेली राजदूतावास, र्‍याडिसन होटल, भारतीय राजदूतावास, खुर्सानीटार, सांग्रिला होटेल हुँदै महाराजगन्ज वितरण केन्द्रतर्फको क्षेत्रमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ।

विद्युतीय तार भूमीगत गर्न उक्त फिडर सटडाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। निर्धारित समय अगाडि  नै काम सकिए तोकिएको समयभन्दा अगाडि नै विद्युत सेवा सुरू हुने प्राधिकरणले जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिबन्धित औषधि र लागुऔषधको ठूलो परिमाण बरामद, दुई जना नियन्त्रणमा

विराटनगर । मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धित औषधि तथा लागुऔषध भण्डारण गरी कारोबार भइरहेको आशंकामा छापा मार्दा ठूलो परिमाणमा ट्याब्लेट, ब्राउन सु...

एफ १५ विमान खसालेपछि इरानसँगको वार्ता प्रभावित नहुने ट्रम्पको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी लडाकु विमान खसालेको घटनाले इरानसँगको कुनै पनि वार्तामा कुनै असर नपर्ने बताएका छन्। एनबीसी न्...

बागमतीमा बालबालिका हराउने क्रम बढ्दो: तीन वर्षमा १,८३० बेपत्ता

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो तीन आर्थिक वर्ष र चालु आवको मंसिरसम्म १ हजार ८ सय ३० जना बालबालिका हराएको तथ्यांक सार्वजनिक भएको छ। प्रदेश प्रहरी क...

इरानले खसाल्यो अमेरिकी विमान, पाइलट इरानमै

काठमाडौं । इरानको दक्षिणी भागमा अमेरिकाको एउटा एफ-१५ लडाकू विमान खसालिएको खबर आएको छ। विमान खसालिएपछि त्यसमा रहेका चालक दलका सदस्यहरूलाई खोज्नका लागि ...

न्याय प्रणालीमाथि प्रश्न: पीडकमैत्री सोचले कसरी कमजोर बनाइरहेको छ विश्वास ?

काठमाडौं । नेपाली समाजमा बलात्कारजस्ता जघन्य अपराधप्रति देखिएको सामाजिक प्रतिक्रिया र न्यायिक प्रक्रियाको ढिलासुस्तीले न्याय प्रणालीमाथिको जनविश्वास क...

मध्यरातकाे निर्देशनलेे बिहानै फेवाताल किनारमा डोजर

पोखरा । फेवाताल किनारमा मापदण्डविपरीत बनेका अस्थायी संरचनामा शनिबार बिहानैदेखि डोजर चलाइएको छ। गृह मन्त्रालयको निर्देशनपछि तालको ६५ मिटर सीमाभित्र पर्...

राजधानीमा ‘अपरेशन सेफ्टी’ : गुण्डागर्दी नियन्त्रणमा प्रहरी सक्रिय, १८ पक्राउ

काठमाडौं । राजधानीको सार्वजनिक सुरक्षा सुदृढ गर्ने उद्देश्यले प्रहरीले सञ्चालन गरेको ‘अपरेशन सेफ्टी’ अन्तर्गत १८ जना पक्राउ परेका छन्। शुक्रबार रात...

बूढानीलकण्ठबाट कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । प्रहरीले कलाकार सागर लम्साल (बले)लाई बूढानीलकण्ठको कपन, बालुवाखानीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश...

१५औँ महाधिवेशनका लागि कांग्रेसले सदस्यता अद्यावधिक अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका लागि आजदेखि औपचारिक प्रक्रिया सुरू गरेको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ ...

सरकारी कार्यालयमा बिचौलिया निषेध

रौतहट । रौतहटको सरकारी कार्यालयमा सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने पाँच जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा यमुनमाई ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending