सिन्धुपाल्चोक । खाडीचौर –दोलखा जिरी लाइफलाइन मानिने खाडीचौरस्थित सुनकोसी पक्की पुल आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । ठेकेदारले पुल निर्माण काम छाडेर बेपत्ता भएपछि लामो समय उक्त मोटरे बल पुल निर्माण हुन सकेको छैन ।
निर्माण कम्पनी र सरकारबिच २०७५ सालमा सम्पन्न गर्ने गरी २०७३ साल भदौ ६ गते सम्झौता भएको थियो । ३५ मिटर लामो सो पुल नौ करोड ५६ लाख ८८ हजार ३ सय बजेटमा निलगिरी नेशनल जेभी काठमाडौँले पुल निर्माण सम्पन्न गर्ने ठेक्का पाएको थियो । तर ठेकेदार पक्षले बलेफी गाउँपालिका–७ खाडीचौर पट्टीको भागमा एक वटा पुलको जीप निर्माण गरेर त्यसपछि फरार छ ।
हालसम्म उक्त पुल १५ प्रतिशत मात्रै काम सकिएको छ । मुआब्जा लगायतका बहाना देखाउँदै काम गर्न आलटाल गरेर बेपत्ता भएको सो निर्माण कम्पनी अहिले पुलसँग सम्बन्धित पक्षसँग सम्पर्क बाहिर छ । सडक डिभिजन कार्यालय, गाउँपालिका लगायतले ठेकेदार पक्षलाई खोजेर पुल निर्माण सम्पन्न गर्नु पर्ने बताएपछि ठेकेदार पक्ष फरार छ । सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख अमित श्रेष्ठले उक्त पुल निर्माण गर्न ठेकेदार पक्षलाई पटक–पटक निर्देशन दिएको जानकारी दिए। सडक कार्यालयका हाकिम नै ठेकेदारको प्रलोभनमा परेर वर्षसम्म पुल अलपत्र बनाएको र स्थानीयले सास्ती खेप्नुपरेको आरोप स्थानीयवासीको छ । नियामक निकायको कमजोरी छ तत्काल काम सुरु गर्न माग गरेका छन् ।
पुलको दायाँ संरचनाको मुआब्जा निर्धारण भए पनि बजेट अभावले मुआब्जा दिन नसकिएकोले पुलको काम रोकिएको जनाइएको छ । पुलको जग निर्माणका क्रममा एक मजदुरको च्यापिएर ज्यान गएपछि पुल निर्माण ठेकेदार पक्ष झनै प्रभावित बनेको स्थानीय जयराम सुवेदीले बताए। सुवेदी जस्ता दर्जनौँ जग्गावालाले तत्काल उचित मुआब्जा दिई पुल निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १७:४८
काठमाडौं । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, ती...
आषाढ़ २५ गते, २०८३ - १७:४३
काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फब...
आषाढ़ २५ गते, २०८३ - १७:३९
काठमाडौं । काठमाडौंको कालोपुल र रातोपुलबीच पर्ने धोबीखोलामा एक महिलाले हाम फालेकी छन्। घटनापछि उनको खोजीका लागि नेपाल प्रहरीले खोज तथा उद्धार कार्य अघ...
आषाढ़ २५ गते, २०८३ - १७:२६
काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सुकुमवासीहरूको जीवन, स्वतन्त्रता, समानता र मर्यादामाथि असर पर्ने कुनै पनि कदम नचाल्न नेपाल सरकारलाई निर्देशन दिए...
आषाढ़ २५ गते, २०८३ - १७:१६
काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको ‘स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली’(सूत्र)आज मध्यरात...
आषाढ़ २५ गते, २०८३ - १६:५३
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहर...
आषाढ़ २५ गते, २०८३ - १६:३७
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानका सबै विषय एकैपटक संशोधनका लागि खोल्ने प्रयास गरिए मुलुक थप राजनीतिक विवाद र जटिलतामा फस्न सक्ने...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२८
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेट अगाडि आत्मदाह प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको छ। प्रहरीका अनुसार आत्मदाह प्रयास गर्...
आषाढ़ २५ गते, २०८३ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा प्रतिनिधिसभा सदस्य करिश्मा कठरिया (चौधरी)ले किसानले माग गर्दा पनि सरकारले सहज रूपमा मल उपलब...



प्रतिकृया लेख्नुहोस्: