काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नैतिक मूल्य–मान्यता, सदाचार र योग सभ्य समाजको मेरुदण्ड भएको बताएको छन ।
सर्वोदय सेवाश्रमद्वारा स्थापित नरकान्त योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थायित्व, समृद्धि र समतामूलक समाज निर्माणका लागि यी गुणहरू अनिवार्य भएको बताए। उनले भने–‘‘जब कुनै समाजले नैतिकता, अनुशासन र इमानदारीलाई सम्मान गर्छ, त्यहाँ शान्ति, सहअस्तित्व र सकारात्मक परिवर्तनको जग मजबुत हुन्छ ।’’
राष्ट्रपति पौडेलले प्रकृति र मानवबीचको गहिरो सम्बन्धलाई आत्मसात् गर्दै योग शिक्षा, स्वस्थ जीवनशैली र मानवसेवाका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उल्लेख गरे।
उनले दुई दशकभन्दा बढी समयदेखि लमजुङमा सक्रिय सर्वोदय सेवाश्रमले योग राष्ट्रिय पुरस्कार तथा भैरव सदाचार राष्ट्रिय पुरस्कार स्थापना गरेर उदाहरणीय काम गरेको बताए। उनले नेपालको निजामती प्रशासनिक क्षेत्रमा निष्ठा, इमानदारी र कर्तव्य परायणताको उदाहरणीय प्रतिमान स्थापित गर्नुभएका लमजुङ, दुराडाँडाका स्वर्गीय नरकान्त अधिकारी तथा न्याय प्रशासनको क्षेत्रमा उच्चतम इमानदारी, कर्तव्यनिष्ठा र क्षमताको परिचय दिनुभएका सर्वोच्च अदालतका पूर्वन्यायाधीश, सुखौरा, तनहुँ निवासी स्वर्गीय भैरवप्रसाद उपाध्यायको सम्मानमा स्थापित यी पुरस्कारहरू उनीहरूको योगदानको प्रतीक भएको बताए।
उनले नरकान्त योग राष्ट्रिय पुरस्कार प्राप्त गर्नुभएका प्रा. डा. विद्यानाथ उपाध्यायले नेपाली समाजमा शिक्षाको प्रवर्द्धन, योग तथा अध्यात्मको क्षेत्रमा पुर्याएको योगदान भैरव सदाचार राष्ट्रिय पुरस्कार पाउनुहुने मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले न्यायप्रतिको निष्ठा एवम् नेपालको सङ्क्रमणकालीन समयमा देशलाई स्थायित्व प्रदान गर्न उनले पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १२:३२
वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...
आषाढ़ २६ गते, २०८३ - १२:२१
पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...
आषाढ़ २६ गते, २०८३ - १२:०७
काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...
आषाढ़ २६ गते, २०८३ - ११:५४
काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...
आषाढ़ २६ गते, २०८३ - ११:५०
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...
आषाढ़ २६ गते, २०८३ - ११:४२
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...
आषाढ़ २६ गते, २०८३ - ११:१६
काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...
आषाढ़ २६ गते, २०८३ - ११:०६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...
आषाढ़ २६ गते, २०८३ - १०:५५
काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...
आषाढ़ २६ गते, २०८३ - १०:४३
सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...



प्रतिकृया लेख्नुहोस्: