Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

भैरहवा कारागार बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने गृहमन्त्रीको आश्वासन

खबरडबली संवाददाता

लुम्बिनी । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भैरहवामा रहेको जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकसँग संवाद गरेको छन । रुपन्देहीको जिल्ला कारागार जिल्ला सदरमुकामस्थित सिद्धार्थनगर ९भैरहवा०मा छ ।

घना बस्तीको बिचमा कारागार हुँदा विभिन्न समस्या भएको तथा नगरको सुन्दरतामा समेत नकारात्मक प्रभाव परेको भन्दै मेयर खाँले सोमबार स्थानान्तरण गर्न गृहमन्त्री लेखकसँग आग्रह गरेको थियो । उनले कारागारको जग्गा नगरपालिकालाई दिनुपर्ने र सोको सट्टा नगरपालिकाले कारागारलाई अन्यत्र जग्गा दिने जानकारी गृहमन्त्री लेखकलाई गराए।

जवाफमा गृहमन्त्री लेखकले कारागारको नयाँ बन्ने भवनका लागि बजेटको सुनिश्चितता गरेर स्थानान्तरण गर्ने आश्वासन दिए । प्रमुख खाँको प्रस्ताव सकारात्मक र समयसापेक्ष रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले भवन निर्माणका लागि आगामी बजेटमा पहल गर्ने जानकारी दिए। 

भेटपछि प्रमुख खाँले सहरको बिचबाट कारागार स्थानान्तरण गर्न गृहमन्त्री सकारात्मक रहेको उल्लेख गर्दै नगरपालिकाले ओमसतिया गाउँपालिका पटखौलीमा ल्याण्डफिल्ड साइटका लागि नगरपालिकाले खरिद गरेको ६ बिघा जग्गा कारागारलाई दिन सकिने जानकारी दिए । यसका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको पालामा प्रक्रिया अगाडि बढेको र त्यसलाई मूर्तरुप दिन वर्तमान गृहमन्त्रीसँग आग्रह गरेको उनले बताए ।

ल्याण्डफिल्ड साइटका लागि खरिद गरिएको जग्गामा स्थानीयले अवरोध गरेपछि उक्त योजना अगाडि बढ्न सकेको छैन । हाल नगरपालिकाले फोहोर व्यवस्थापनका लागि निजी क्षेत्रसँग साझेदारी गरी अगाडि बढ्ने गरी प्रस्ताव आह्वान गरेको छ । साझेदारीका लागि दुई वटा फर्मले प्रस्ताव पेश गरेका छन् । 

अन्तिम सूचना प्रकाशनका लागि कार्यविधि निर्माण भइरहेको र फोहोरको दीर्घकालीन व्यवस्थापन छिट्टै अगाडि बढ्ने पनि मेयर खाँले जानकारी दिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

वासिङ्टन। इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने इरानको कथित नयाँ र ‘विशिष्ट’ योजनासम्बन्धी खुफिया जानकारी यसै साता संयुक्त राज्य अम...

पोखरा बसपार्कका २३३ सुकुमबासी परिवारको अन्यत्र पनि जग्गा पाइयो, महानगरलाई प्रतिवेदन बुझाइयो

पोखरा । पोखरा महानगरपालिका–९ स्थित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीहरूको पहिचानका लागि गठित समितिले आफ्नो अध्ययन प्रतिवेदन नगर प्रमुख धनराज...

आत्मदाह गरेका गणेश नेपालीको मृत्यु, गृह मन्त्रालयमा आकस्मिक छलफल

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल सुरु गरेको छ। गृह मन्त्रालय स्रोतका अनुसार गणेश नेप...

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन

काठमाडौं । आत्मदाहको प्रयास गरी गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ। ...

आत्मदाह प्रयास घटनाबारे सोधपुछ गर्न महानगर प्रहरीका पाँच जना जिल्ला प्रहरीमा बोलाइए

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि गणेश नेपालीले आत्मदाहको प्रयास गरेको घटनाबारे सोधपुछका लागि काठमाडौं महानगरपालिकाअन्तर्गत कार्यरत पाँच...

आत्मदाह प्रयास गर्ने गणेश नेपाली जेन–जी आन्दोलनकारी थिए: रक्षा बम

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपाली जेन–जी आन्दोलनमा सक्रिय सहभागी रहेको दाबी गरिएको छ। नागरिक आन्दो...

युवालाई रोजगारी र पारिश्रमिकसहितको प्रशिक्षण विस्तार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालयअन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्...

प्रधानमन्त्री शाहले ऊर्जा उद्यमीसँग आज छलफल गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग छलफल गर्ने भएका छन्। उद्योगी–व्यवसायीसँग भेटघाटलाई...

भूमध्य सागरको तापक्रममा नयाँ कीर्तिमान

काठमाडौँ। स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६।६३ डि...

होटेल र पानी उद्योगलाई कारबाही

सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अगुवाइमा अनुगमन गरी लापर्बाही भेटिएका होटेल र पानी उद्योगल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending