Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

ओस्कारमा अनोराले उत्कृष्ट फिल्मसहित जित्यो पाँच अवार्ड

खबरडबली संवाददाता

काठमाडौँ । अमेरिकाको लस एन्जलसमा ९७औं ओस्कर अवार्डको घोषणा गरिएको छ । यस बर्षको ओस्कारमा फिल्म 'अनोरा' ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ ।

डार्क कमेडी फिल्म 'अनोरा' का लागि शन बेकरले उत्कृष्ट निर्देशकको ओस्कार समेत जितेका छन् । यस पटक ओस्कारमा फिल्म अनोराले कुल पाँच अवार्ड जितेको छ ।  जसमा उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री, मौलिक पटकथा र सम्पादन रहेका छन् ।

त्यस्तै 'द ब्रुटालिस्ट' का लागि एड्रियन ब्रोडीले उत्कृष्ट अभिनेताको ओस्कार जितेका छन् भने फिल्म 'अनोरा'  का लागि माइकी म्याडिसनले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । त्यस्तै फिल्म 'एमिलिया पेरेज' का लागि अभिनेत्री जो साल्डानाले उत्कृष्ट सहायक अभिनेत्रीको अवार्ड जितेकी छन् ।  

त्यस्तै 'ब्राजिलियन फिल्म 'आइ एम स्टिल हियर' ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको अवार्ड जितेको छ भने फिल्म 'द ब्रुटालिस्ट' ले उत्कृष्ट छायांकनका लागि ओस्कार जितेको छ ।

त्यसैगरी 'आइ एम नट अ रोबोट' डच एआई फिल्मले उत्कृष्ट छोटो चलचित्रको ओस्कार जितेको छ भने 'एल माल' ले एमिलिया पेरेजको लागि उत्कृष्ट मौलिक गीतको ओस्कार जितेको छ । त्यस्तै फिल्म 'विक्ड' ले उत्कृष्ट निर्माण डिजाइनको ओस्कार जितेको छ भने फिल्म 'अनोरा' ले उत्कृष्ट मौलिक पटकथाको ओस्कार पनि जितेको छ ।

लस एन्जलसको आगलागीले यस क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएपछि भव्य रुपमा आयोजना गरिएको ९७औं ओस्कार समारोहमा लस एन्जलसका अग्निनियन्त्रकहरूलाई पनि मञ्चमा बोलाइएको थियो र मानिसहरूले ताली बजाएर स्वागत गर्दै उनीहरुलाई धन्यवाद दिइएको थियो ।

कार्यक्रममा हालै निधन भएका पूर्व ओस्कर विजेता तथा प्रसिद्ध अभिनेता जीन ह्याकम्यानलाई पनि सम्झिएको थियो । केही दिन अघि मात्र ह्याकम्यानको मृत्यु भएको थियो ।

यस वर्ष डेडपूल र वोल्भरिन बीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित गर्यो । फिल्म इनसाइड आउट २ ले बक्स अफिसको रेकर्ड तोड्यो भने, जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन । यस बर्ष नेटफ्लिक्सको फिल्म 'एमिलिया पेरेज' ले सबैभन्दा धेरै मनोनयन पाएको थियो ।

ओस्कर अवार्ड विजेताको सूची: https://www.oscars.org/oscars/ceremonies/2025

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र एप्रुभ गर्ने कर्मचारीसहित दुई पक्राउ

काठमाडौं । व्यक्तिको विवरण हेरफेर गरी राष्ट्रिय परिचयपत्र ‘एप्रुभ’ गरेको आरोपमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जना पक्राउ प...

कम मूल्यमा धान बिक्री गर्न बाध्य सप्तरीका किसान

सप्तरी। सप्तरीका किसानहरूले नेपाल सरकारले तोकेकोभन्दा कम मूल्यमा धान बेच्न बाध्य भएका छन् । व्यापारीहरूले किसानहरूसँग सस्तोमा धान किनेर महँगोमा बेच्दै...

सिड्नी गोलीकाण्ड अपडेट: मृतकको सङ्ख्या १६ पुग्यो

काठमाडौँ। सिड्नीको बोन्डी बिचमा भएको गोलीकाण्डमा मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जसमा एक बुबा र छोरा आक्रमणकारीको रूपमा पहिचान गरिएको प्रहरीले जना...

एमाले ११औँ महाधिवेशन: सुनिता डङ्गोलदेखि सुहाङ नेम्वाङसम्म केन्द्रीय सदस्यमा इन्ट्री

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा केही चर्चित नयाँ अनुहार केन्द्रीय कमिटीमा प्रवेश गर्ने भएका छन् । प्रारम्भमा महाधिवेशन प्रतिनिधि नबनेका...

बाँकेमा शितलहरबाट ३५ हजार बढी परिवार प्रभावित हुने पुर्वानुमान

नेपालगन्ज । यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शितलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ । जिल्...

राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ ।  प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...

समावेशी विकासमा सरकारले काम गरिरहेको छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...

निवर्तमान काँग्रेस सांसद चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...

गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा मारिएका अमृत गुरुङको परिवारसँग भेट

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् ।  कास्कीको रुपा गाउँप...

म केपी ओलीसँग टाढा भएको छैन, उहाँ डुब्दा म पनि डुब्छु: गोकुल बास्कोटा

काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending