Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

विगत संझदै सिराहामा प्रचण्डले भनेः मैले पहिलोपटक हतियार र बम विष्फोटको तालिम यहीँ लिएको हुँ

‘मधेसी जनतासँग माओवादीको लभ छ, सिराहा आउँदा माइती आएझैं लाग्छ’

खबरडबली संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धकालमा मधेसी जनताप्रति माओवादीको ‘लभ’ भएको बताएका छन् ।

माओवादीले जनयुद्धका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको उनले स्मरण गरे । सिराहामा आयोजित एक सभामा भाषण गर्दै प्रचडले यहाँ आउँदा आफूलाई माइतीघरमा आएजस्तो लाग्ने पनि सुनाए ।

उनले भने, ‘तपाईंहरुसँग भेट्दा आफ्नै परिवारसँग भेटेजस्तो लाग्छ । यहाँ आउँदा म भावुक हुन्छु ।’ आफूहरु झापाबाट अभियान लिएर सिराहासम्म आउँदा जनतासँग एकाकार भएको प्रचण्डले बताए ।

‘तपाईंहरुले कत्तिको ध्यान दिनुभएको छ, झापाबाट सिराहसम्म आउँदा हामी कुनै होटलमा बसेका छैनाैं । जनताले खाएको भन्दा भिन्न केही खाएका छैनौं । जनताकै घरमा बसेका छौं । मिलेसम्म सहिद परिवारको घरमा बसेका छौं । सहिद परिवारसँग मिलेर बसेका छौं । जनताले जस्तो खान्छन्, जसरी बस्छन्, त्यसरी नै बसेका छौं,’ उनले भने । आफूले पहिलोपटक हतियारको तालिम पनि सिराहा–धनुषामा नै लिएको प्रचण्डले बताए ।

‘मैले पहिलोचोटि हतियारको तालिम र बम विष्फोटसँग तालिम लिएको पनि सिराहा–धनुषामै हो,’ उनले भने, ‘माओवादीले मधेसमा नै आफ्नो पहिलो प्रभाव र आन्दोलन लगेको हो । जनयुद्ध मार्फत उत्पीडित वर्गको पहिचान र अधिकारको लडाईंका लागि सैन्य तालिमको व्यवस्था मधेसबाटै गरेको हो । त्यसैले माओवादीलाई अविश्वास नगर्नुस । माओवादी तपाईंहरुको मुक्तिका लागि समर्पित पार्टी हो ।’

आफूलाई दोस्रो संविधानसभामा सिराहाले जिताएर पठाएको प्रचण्डले स्मरण गरे । आफू त्यसबेला विजयी नभएको भए नेपालमा संविधान नबन्ने उनको दावी थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पर्याप्त वर्षापछि नवलपुरमा धान रोपाइँ ८० प्रतिशत पुग्यो

काठमाडौं । पर्याप्त वर्षा भएसँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा धान रोपाइँले तीव्रता लिएको छ। हालसम्म जिल्लाको करिब ८० प्रतिशत क्षेत्र...

कुखुरा किसानलाई ५० करोडभन्दा बढी राहत, ७५ प्रतिशत क्षतिपूर्ति वितरण

काठमाडौं । सरकारले बर्डफ्लुबाट प्रभावित कुखुरा किसानलाई हालसम्म ५० करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको छ। पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनस...

पार्किङमा राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय बालकको मृत्यु

काठमाडौं । प्युठानमा पार्किङ गरेर राखिएको ट्याक्टर आफैँ गुड्दा ७ वर्षीय एक बालकको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएका छन्। जिल्लाको नौबहिनी ...

देशभर वर्षाको चेतावनी, पाँच प्रदेशमा भारी पानी पर्ने सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वान...

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending