Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

मुस्लिम धर्मावलम्बीहरुको रमजान आजबाट

खबरडबली संवाददाता

भैरहवा । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान आज आइतबारबाट सुरु भएको छ । धर्मग्रन्थ कुरआन अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरुको पहिलो रोजा (ब्रत) सुरु भएको हो, आज बिहानै सेहरी लिएर रोजाको सुरुवात भएको छ । यो एक महिनासम्म निरन्तर हुन्छ । 

रमजान महिना अवधिभर राति पढिने विशेष नमाज ‘तराबीह’ पनि मस्जिदहरुमा शनिबारदेखि सुरु भएको  छ । इस्लामिक क्यालेण्डरअनुसार शनिबार साबान महिनाको अन्तिम तीसौ दिनमा चन्द्रमा देखिएपछि हर्षोल्लासका साथ रमजानको सुरुवात गरेका छन । कुरआन अवतरण भएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरुले एक महिने कठोर व्रत अर्थात् रोजा बस्ने गर्छन् । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजान भनिन्छ ।

 एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्ने गर्छन जसलाई ‘रोजा’ पनि भनिन्छ । एक महिनाभरि बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म प्रत्येक दिन पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खार्ई सुरु गरिएको (व्रत) रोजा सूर्यास्त भइसकेपछि अफतारी (व्रत तोडनु)गरी रोजा खोलिन्छ । रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन ।

रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत (फलिफलाप), दोस्रो १० दिनको अवधिलाई रहमत (दया–माया) र अन्तिम १० दिनको अवधिलाई मगफिरत (अल्लाहबाट माफी) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् । 

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाजमार्फत सुनाउनुपर्छ । 

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् । 

विशेष महिना रहेकोले अन्य समय भन्दा यो समयमा गरिएको दान धेरै महत्वपूर्ण मानिन्छ । जसकारण रमजानमा  प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्ने, वर्षभरिको आम्दानी र सम्पत्तिबाट अढाई प्रतिशत जकात (कर) निकाली गरिब असहाय, दिनदुःखी ,मस्जिद वा मदरसा दिने गर्छन । फितरा र जकात रमजानको अन्तिम दिन इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ । 

बिरामी, वृद्धवृद्धा, असक्त, गर्भवती महिला र बालबालिकालाई व्रत अनिवार्य हुदैन । इस्लाम धर्मको पाँच स्तम्भमध्ये चार स्तम्भ यस महिनासँग जोडिएको छ । सोअन्तर्गत, अल्लाहप्रति विश्वास, नमाज, रोजा र जकात पर्छन् । पाँचौँ स्तम्भमा ‘हज’ भनिएको छ । रमजान महिनापछि आउने महिनालाई सव्वाल भनिन्छ । यसै सव्वाल महिनाको पहिलो दिन इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र अर्थात ईद पर्वका रूपमा मनाउने गरिन्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending