Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

रिङ्कु सदालाई न्याय दिन राष्ट्रिय मुक्तिको माग

खबरडबली संवाददाता

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु  घटनाका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी सो घटनाका अपराधीलाई संरक्षण दिन खोजिएको आशंका व्यक्त गर्दै कडा कारबाही हुनुपर्ने माग गरेका हुन् । 

गत माघ २७ गते राति शौचका लागि घरबाहिर निस्केकी रिङ्कु स्थानीय तीन युवाबाट सामूहिक बलात्कारमा परेकी थिइन् । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

विज्ञप्तिमा भनिएको छ, “हामीले यो रिङ्कु दासको घटनालाई नजिकबाट हेरिरहेका छौँ, यस्तो जघन्य अपराधप्रति यतिका दिन बितिसक्दा पनि सरकारको गम्भीरता देखिएको छैन, अपराधीलाई संरक्षण दिने, प्रमाण नष्ट गर्ने वा घटनालाई राजनीतिक संरक्षण दिने जुनसुकै प्रयासलाई हाम्रो पार्टी कडा विरोध गर्दछ ।”

सो पार्टीले सो घटनाबारे सम्बन्धित निकायले निष्पक्ष, पारदर्शी र प्रभावकारी छानबिन गरी पीडित परिवारलाई शीघ्र न्याय दिलाउनुपर्ने माग गरेको छ । 

अपराधलाई रोकथाम गर्न कडा नीति अवलम्बन गर्नुपर्ने अध्यक्ष महतोको भनाइ छ । पार्टीले न्यायका लागि संघर्षरत सबै नागरिक, अधिकारकर्मी र न्यायप्रेमी संघसंस्थासँग ऐक्यबद्धता जनाउँदै, रिङ्कु सदा हत्याकाण्डलगायत अन्यायविरुद्ध सशक्त दबाब सृजना गर्न आग्रह गरेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधरले हाईज्याक गरेकाे मोहनविक्रम सिंहको दाबी

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले भदौमा भएको जेनजी आन्दोलन स्वतन्त्र तिब्बत पक्षधर र अमेरिकाद्वारा परिचालित तत्त्वबाट ‘हाईज्याक’ भ...

अहिलेको सरकार अमेरिकाको कठपुतली हो : मोहनविक्रम सिंह

काठमाडौं । नेकपा मसालकानेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकारलाई अमेरिकाको प्रभावमा सञ्चालन भएको ‘कठपुतली सरकार’को संज्ञा दिएका छन्। ...

'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी वैशाखदेखि 'एक महिने जरा अभियान' सञ्चालन गर्ने भएकाे छ । कांग्रेसले संगठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन...

पोखरामा चिनियाँ नागरिक लुट्ने चार जना पक्राउ

पोखरा । पोखराको जोगीमणीमा दुई जना चिनियाँ नागरिकलाई कुटपिट गरी लुटपाट गर्ने गिरोहलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ।  २०८२ चैत १९ गते दिउँसो स...

चितवनमा तीन सवारीसाधन ठोक्किँदा १५ जना घाइते, अवस्था सामान्य

चितवन ।  भरतपुर महानगरपालिका–१ आँपटारीचोकमा तीनवटा सवारीसाधन एक आपसमा ठक्कर खाँदा १५ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपर...

वडाअध्यक्षले गराए अनिश्चितकालीन बजार बन्द

महोत्तरी । गौशाला नगरपालिका–५ का वडाअध्यक्ष ओमप्रकाश गुप्ताले गौशाला बजार अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन्। बजार क्षेत्रको अतिक्रमित संरचना हट...

फोहरबाट मोहरः व्यासले कमायो १७ लाख

तनहुँ । व्यास नगरपालिकाले फोहर बिक्रीबाट आठ महिनाको अवधिमा रु १७ लाख १३ हजार आम्दानी गरेको छ । चालु आर्थिक वर्ष २०८३/८३ को साउनदेखि फागुनसम्मको अवधिमा...

इरानलाई ट्रम्पको चेतावनी : ४८ घण्टाभित्र सम्झौता गर, नत्र...

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न वा स्ट्रेट अफ होर्मुज खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र ...

ब्याज मिनाहा गर्न मुख्यमन्त्री बानियाँद्वारा माग

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडामा सडक विस्तारका क्रममा संरचना भत्काउँदा पीडित भएका व्यवसायीलाई सुविधा दिन आग्रह ...

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि

काठमाडौँ । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षा सामग्री केन्द्रबाट मुद्रित विद्यालय तहका पाठ्यपुस्तक देशका विभिन्न भ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending