Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

कर्णालीका उच्च पहाडी स्थानमा भारी हिमपात, कृषकहरू उत्साहित

खबरडबली संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका  उच्च पहाडी स्थानमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि कर्णालीका पहाडी जिल्लाहरूमा वर्षा भइरहेको छ भने हिमाली जिल्लाहरूमा भारी हिमपात भइरहेको छ ।

हिमपात र वर्षा शनिबार पनि जारी छ । लामो समयको खडेरीपछि हिमपातसँगै भएको वर्षातले किसानहरू भने उत्साहित छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सुक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ ।

हिउँदे बाली सुक्न थालेसँगै कृषकहरू उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँगै आएको वर्षातले किसानलाई राहत दिएको सर्केगाड गाउँपालिका हुम्लाकी उपाध्यक्ष देवकी तिमिल्सना बताउँछिन् । ‘समयमै पानी र हिमपात नुहँदा किसानका अन्नबाली सुक्नै लागेका थिए, हिजोदेखि निरन्तर परेर पानि र वर्षाले राहत भएको छ,’ उनले भनिन् ।

विशेष गरी कर्णालीको जुम्ला, हुम्ला, मुगु र डोल्पामा हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष भने ढिलोगरी हिउँ परेको जगदुल्ला गाउँपालिका डोल्पाका युवा भाष्कर बस्नेत बताउँछन् । ‘यहाँ यसरी हिमपात नभएको धेरै भएको थियो । हिजो बिहानै देखि निरन्तर हिमपात भइरहेको छ,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘यसले गर्दा यार्सागुम्बा, जडीबुटी र खेतीपातीमा राम्रो प्रभाव पर्छ । कृर्षकहरु हर्षित छन् ।’

खासमा हिमालतिर अलि अगाडि नै हिमपात हुनुपर्ने हो तर, भएन । यसअघि पुस र माघमै हिमपात र वर्षा हुने गरेको थियो । यो पटक भने ढिलो गरी वर्षा भएको उनले बताए । हिमपात हुँदा जुम्लाका स्याउ तथा ओखर कृषकहरुपनि खुसी छन् । आकाशबाट पानी नपर्दा स्याउ र ओखरका बिरुवा रोप्न नसकिएको जुम्ला गोठिचौरका व्यवसायी चित्र बहादुर बुढा बताउँछन् । ‘लगाएको सबै अन्नबाली चौपट हुने अवस्था आएको थियो । हिमपात र वर्षाले थोरै भएपनि राहत दिएको छ,’ उनले भने ।

हिमपातले हुम्ला, मुगुको हवाई सेवा अवरुद्ध हुनुका साथै जनजीवन सामान्य रुपमा प्रभावित भएपनि किसानमा भने खुसीयाली ल्याएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । हिमपात र वर्षाका कारण नाग्म–गमगढी सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले लजनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending