लेखनाथ । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार बिहान पोखरा आउँदै छन। पोखरा–१८, सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव उद्घाटन गर्न उनी पोखरा आउन लागेको हो ।
राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहान १० बजे काठमाडौंबाट सिधै सराङकोट धाम झर्ने तय भएको छ । उनले सराङकोट टपमा बनेका विशाल पञ्चमुखी गणेश मूर्ती, कैलाशेश्वर शिव मन्दिरलगायतका देवालय, १०८ शिललिङ तथा धाराहरु समेत उद्घाटन गर्ने सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए।
समारोहलाई राष्ट्रपति पौडेलसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले सम्बोधन गर्ने तय छ ।
सराङकोटमा राष्ट्रपति आउने तय भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायमा प्रमुखहरुले सुरक्षा अवस्थाको जानकारी दिइसकेको छन ।
सराङकोटमा फागुन १४ गते शिवरात्रिदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव जारी छ । महाउत्सवको तेस्रो दिन शुक्रबारसम्म ६५ लाख दान सङ्कलन भएको छ । सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।
हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ्ग, १०८ धारा, भ्युटावर, बहुउद्देश्यीय भवन, भूमे कालिका र स्वागतद्वार बनिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...
पौष २६ गते, २०८२ - १६:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...
पौष २६ गते, २०८२ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...
पौष २६ गते, २०८२ - १५:५६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...
पौष २६ गते, २०८२ - १५:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...
पौष २६ गते, २०८२ - १५:४३
काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...
पौष २६ गते, २०८२ - १५:११
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...
पौष २६ गते, २०८२ - १४:५८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...




प्रतिकृया लेख्नुहोस्: