मुगु । हिमाली जिल्ला मुगुमा परेको भारी हिमपातले कर्णाली लोकमार्गअन्तर्गत नाग्म–गमगढी सडक अवरुद्ध भएको छ । बिहीबारदेखि परेको भारी हिमपातले नाग्म–गमगढी सडकअन्तर्गत घुच्चीलेकमा हिमपात हुँदा सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ । यातायात व्यवसायी कमल रोकायाले घुच्चीलेकमा हिउँ जमेकाले मालवाहक र यात्रुवाहक दर्जनौँ सवारीसाधनहरू घुच्चीलेकमै अलपत्र परेको जानकारी दिनुभयो । उहाँका अनुसार घुच्चीदेखि वाँदखोलासम्म सडकमा झण्डै एक फिटभन्दा बढी हिउँ जमेको छ ।
हिमपातले अलपत्र परेका यात्रु रमेश बुढाका अनुसार बुलबुले र घुच्ची लेकमा बाक्लो हिउँ जमेकाले गमगढी पुग्न नसकेको बताउनुहुन्छ । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कलमलप्रसाद पाण्डे सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको जानकारी दिनुभयो । आज दिउँसो २ बजे भित्र हिउँ पन्छाउने लक्ष्य राखेको उहाँको भनाइ छ । तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘व्यवसायी र यात्रुलाई धैर्यका साथ सुरक्षित बस्न आग्रह गर्छु ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८३ - १२:२१
काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...
आषाढ़ २५ गते, २०८३ - ११:५५
काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...
आषाढ़ २५ गते, २०८३ - ११:४३
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा आज पनि विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएक...
आषाढ़ २५ गते, २०८३ - ११:२७
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुन प्रतितोला रु २ हजार ४०० र चाँदी प्रतितोला रु १६० ले सस्तिएको हो। नेपाल ...
आषाढ़ २५ गते, २०८३ - ११:१९
काठमाडौं । बाल मन्दिरको जग्गा भाडामा दिइएको विषयसँग सम्बन्धित विवादमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो...
आषाढ़ २५ गते, २०८३ - १०:४१
काठमाडौं । राष्ट्रिय सभाले आज चारवटा अध्यादेश प्रतिस्थापन विधेयक फास्ट ट्र्याक प्रक्रियामार्फत पारित गर्ने तयारी गरेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो ...
आषाढ़ २५ गते, २०८३ - १०:२७
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका समस्या, तिनको समाधान, निर्माण व्यवसायीले भोगिरहेका व्यावहारिक चुनौती तथा सरकारले गर...
आषाढ़ २५ गते, २०८३ - १०:१४
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा बदली रहने तथा विभिन्न प्रदेशका पहाडी, हिमाली र तराईमा मेघगर्जन, चट्याङसहित वर्षा...
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...



प्रतिकृया लेख्नुहोस्: