लेखनाथ । विसं. २०४८ पछि देशमा चिकित्सकको दरबन्दी थप भएको छैन । चाँडै पाँच सय चिकित्सकको दरबन्दी थप गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बताउछन। मन्त्रालयको यो योजनाका लागि स्रोत व्यवस्थापन भइसकेको छैन ।
स्वास्थ्यमन्त्री पौडेल देशको स्वास्थ्य क्षेत्रमा थोरै सुधार भएको तर गर्न धेरै बाँकी रहेको बताउछन । नेपाल लिटरेचर फेस्टिफलको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक शुक्रबार भएको अन्तरसंवादमा मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवा सुधार्न सर्जरी नै गर्नुपर्छ । सुधारिएको अनुुभूूति दिलाउन केही समय लाग्छ ।”
नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा ठूलो परिवर्तन जरुरी भएको उनको भनाइ छ । मन्त्री पौडेलले आवश्यकताका आधारमा अस्पतालहरु थप्नुपर्ने औंल्याउनुभयो । उहाँले भने, “हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीँ पनि भेटिँदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ, त्यो पूरा हुन सकेन भने संविधान लागूू भएको मान्न सकिँदैन ।”
मन्त्री पौडेलले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रलाई छुटाएको टिप्पणी गरे। “राज्यले यो बिचमा सबैतिर जनशक्ति बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो,” उनले भने, “अहिले हामी आइसकेपछि जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । केही समयमा पाँच सय चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति बनाउँछौं ।”
अहिले सरकारले पाँच सय चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको मुटुरोग विशेषज्ञ डा भगवान कोइराला दाबी गर्छन । जनताको सेवाका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उनको सुझाव छ ।
“पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले यो दरबन्दी सिर्जना गर्न सकिँदैन । त्यसो हुँदा कि भाग्नुपर्यो कि यहींबाट विकल्प खोज्नुपर्यो ।”
डा। कोइराला अस्पतालहरुका प्राविधिक क्षमतायुक्त जनशक्तिदेखि लिएर उपकरण, प्रविधि र पूर्वाधारको सुनिश्चितता गर्न आग्रह गर्छन । देशमा पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सङ्ख्या आठ हजार छ सय २४ छ । तीमध्ये छ हजार तीन सय ६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १७:०२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपालका संरक्षक कुलमान घिसिङसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। रास्वपा...
पौष २६ गते, २०८२ - १६:३९
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टी (उनेपा) को अध्यक्ष नियुक्त भएका छन्। शनिबार बसेको उनेपाको आकस्मिक केन्द्रीय कमिटी बैठकले घिसिङलाई अध्य...
पौष २६ गते, २०८२ - १६:२५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले शनिबार रुकुम पश्चिममा एकता सन्देश सभा आयोजना गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलग...
पौष २६ गते, २०८२ - १६:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टीको आकस्मिक सचिवालय ...
पौष २६ गते, २०८२ - १५:५६
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले सभापति शेरबहादुर देउवालाई सहभागिताको निम्तो बुझाएको छ। दोस्रो विशेष महाधिवेशन आयो...
पौष २६ गते, २०८२ - १५:५०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको सहकार्यमा सहमति नमिलेपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय कमिटी बैठक बसाएको छ। बैठकले कुल...
पौष २६ गते, २०८२ - १५:४३
काठमाडौं। उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक शनिबार अपरान्ह ४ बजे बस्ने गरी बोलाइएको छ। बैठक राष्ट्रिय स्वतन्त्र पार्टी (र...
पौष २६ गते, २०८२ - १५:११
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको लोकतन्त्र सङ्कटमामा रहेकाले संविधान पक्षधर र लोकतान्त्रिक शक्तिहरूब...
पौष २६ गते, २०८२ - १४:५८
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीले नियमित महाधिवेशनको निर्णय गरिसकेकोले विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोक्नुपर्ने बता...
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...




प्रतिकृया लेख्नुहोस्: