लेखनाथ । विसं. २०४८ पछि देशमा चिकित्सकको दरबन्दी थप भएको छैन । चाँडै पाँच सय चिकित्सकको दरबन्दी थप गर्ने स्वास्थ्य मन्त्रालयको योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल बताउछन। मन्त्रालयको यो योजनाका लागि स्रोत व्यवस्थापन भइसकेको छैन ।
स्वास्थ्यमन्त्री पौडेल देशको स्वास्थ्य क्षेत्रमा थोरै सुधार भएको तर गर्न धेरै बाँकी रहेको बताउछन । नेपाल लिटरेचर फेस्टिफलको ‘स्वास्थ्य सेवामा जनताको पहुँच’ विषयक शुक्रबार भएको अन्तरसंवादमा मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवा सुधार्न सर्जरी नै गर्नुपर्छ । सुधारिएको अनुुभूूति दिलाउन केही समय लाग्छ ।”
नीतिगत, व्यवस्थापकीय, लगानीको पक्षमा ठूलो परिवर्तन जरुरी भएको उनको भनाइ छ । मन्त्री पौडेलले आवश्यकताका आधारमा अस्पतालहरु थप्नुपर्ने औंल्याउनुभयो । उहाँले भने, “हामीले भनिरहेको समाजवाद स्वास्थ्यभित्र भेटिएन भने कहीँ पनि भेटिँदैन । नेपालको संविधानमा स्वास्थ्यप्रति जे प्रतिबद्धता जनाइएको छ, त्यो पूरा हुन सकेन भने संविधान लागूू भएको मान्न सकिँदैन ।”
मन्त्री पौडेलले राज्यले सबै क्षेत्रमा जनशक्ति बढाए पनि स्वास्थ्य क्षेत्रलाई छुटाएको टिप्पणी गरे। “राज्यले यो बिचमा सबैतिर जनशक्ति बढायो । तर, स्वास्थ्यलाई छुटायो । छुुटाउनै नहुने पक्षलाई छुटायो,” उनले भने, “अहिले हामी आइसकेपछि जनशक्ति थप गर्नका लागि मन्त्रिपरिषद्बाट ओएनएम स्वीकृत गराइसकिएको छ । केही समयमा पाँच सय चिकित्सकको विज्ञापन लोकसेवाले गर्ने स्थिति बनाउँछौं ।”
अहिले सरकारले पाँच सय चिकित्सकको दरबन्दी सिर्जना गर्न स्रोतका दृष्टिले सम्भव नभएको मुटुरोग विशेषज्ञ डा भगवान कोइराला दाबी गर्छन । जनताको सेवाका लागि सार्वजनिक निजी साझेदारी मोडलमा जानुपर्ने उनको सुझाव छ ।
“पाँच सय चिकित्सकको दरबन्दी खोल्न सम्भव छैन । स्रोतको हिसाबले यो दरबन्दी सिर्जना गर्न सकिँदैन । त्यसो हुँदा कि भाग्नुपर्यो कि यहींबाट विकल्प खोज्नुपर्यो ।”
डा। कोइराला अस्पतालहरुका प्राविधिक क्षमतायुक्त जनशक्तिदेखि लिएर उपकरण, प्रविधि र पूर्वाधारको सुनिश्चितता गर्न आग्रह गर्छन । देशमा पछिल्लो चार वर्षमा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सङ्ख्या आठ हजार छ सय २४ छ । तीमध्ये छ हजार तीन सय ६८ जनाले विदेश जानका लागि असल चारित्रिक प्रमाणपत्र लिएको देखिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: