Khabar Dabali २२ जेष्ठ २०८३ शुक्रबार | 5th June, 2026 Fri
Investment bank

मधेशी जनताको मुक्तिको जिम्मा माओवादीले लिन्छः अध्यक्ष प्रचण्ड

मधेश मुक्तिका लागि ज्यान गुमाउने सहिदका सपनाको जिम्मेवारी माओवादीले लिने प्रतिबद्धता

खबरडबली संवाददाता

सप्तरी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सक्कली मधेशवादी दल माओवादी मात्रै भएकाले अब मधेशी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएको छन ।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्किया जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सप्तरीको राजविराजमा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेको हो ।

मधेशी जनता मधेशवादको नारामा स्थापित नक्कली मधेशवादी दलको भुलभुलैयाको परेको औल्याउँदै अध्यक्ष प्रचण्डले उनीहरुबाट मधेशी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेशवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको बताए।

आफूलाई मधेशवादी भन्ने दलहरुको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेशवादी दलसँग सावधान रहन उनले आग्रह गरे। मधेशको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेशी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेशसँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेशका सहिद सहित मधेश मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।

सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेशी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे। अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याएको स्पष्ट गरे।

नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उनले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिए। मधेशमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माछा मार्ने क्रममा त्रिशूली नदीमा किशोर बेपत्ता

तनहुँ ।  तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् । स्थानीय १५ वर्ष...

भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछाने ले भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका छन्। पाँचदिने भारत भ्रमण स...

१२ प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा

काठमाडौँ। गृह मन्त्रालयले १८ जना सहसचिवको सरुवा तथा पदस्थापना गरेको छ । मन्त्रालयले आज १२ जना प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा गरेको हो । म...

विद्युत् सस्तो बनाउने बेला भ्याट थपेर महँगी बढाइयो : कुलमान घिसिङ

काठमाडौं ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत्को महसुल घटाउनुपर्ने समयमा उल्टै भ्याट थपेर महँगी बढाउने नीति लिएको आरोप लगाएक...

परराष्ट्रमन्त्री खनाल नयाँ दिल्लीमा

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको राजधानी नयाँदिल्ली पुगेको छन् ।  भारतका विदेशमन्त्री डा. एस. जयशङ्करको औपचारिक निमन्त्रणामा भारतको भ्...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप

काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव क...

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

फिदिम। मेची राजमार्ग अन्तर्गत पाँचथरको भारपा सडक खण्डमा जिप दुर्घटना हुँदा चालकसहित नौ जना घाइते भएका छन्। शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट ताप्...

नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले घट्यो

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३...

अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन : अध्यक्ष घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टीलाई देशको एक सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने उद्घोष गरेको छन् । सरक...

नीतिगत र संस्थागत कब्जा अन्त्य गर्न सरकार निर्मम बन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न सरकार अझ धेरै निर्मम बन्ने बताएको छन्। शुक्रबार राजधानीमा आयोजित ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending