Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

मसँग दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छः गगन थापा

खबरडबली संवाददाता

काठमाडौं । यतिबेला पोखरामा नेपाल लिटरेचर फेस्टिभल जारी छ । बिहीबारदेखि सुरु भएको फेस्टिभल आइतबारसम्म चल्नेछ । 

शुक्रबारको ‘निराशा स् व्याख्या र वास्तविकता सत्र’ मा सहजकर्ता थिए कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान । संवादमा उपस्थित सहभागीहरूले पनि प्रश्न सोधेका थिए । संवादमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, टिच फर नेपाल फेलोसिपकी सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठ र सोसल साइन्स बहाःका सहनिर्देशक जीवन बानियाँ थिए ।

सहजकर्ता चौहान र सहभागी युवाहरूको प्रश्नको जवाफ दिँदै थापाले दुईतिहाइ नजिकको सरकार भएर पनि नतिजा दिन नसक्दा जनतामा निराशा बढेको टिप्पणी गरे । सरकारले समाज र सडकमा देखिएको निराशा चिर्न परिणाममुखी काम गर्न नसक्नु अहिलेको कमजोरी रहेको थापाले बताए । ‘निराशालाई चिर्नका लागि ‘एक्सन’ र ‘रिजल्ट’केन्द्रित हुनुपर्ने थियो’, उनले भने, ‘तर काममा भन्दा कुराहरूमा मजाले मस्ती छ, मसँग संख्या छ, दुईतिहाइ छ भनेर सरकारको नेतृत्व ढुक्क देखिन्छ । तर, सरकारसँग ‘सेन्स अफ अर्जेन्सी’ देखिँदैन ।’

सरकारमाथि प्रश्न गरिरहँदा आफू पन्छिएर भाग्न नमिल्ने पनि थापाले बताए । ‘मैले प्रश्न गरिरहँदा सरकारको कमीकमजोरीबाट आफैँ पनि भाग्न मिल्दैन’, उनले भने । आफू सरकारमा संलग्न नभए पनि जनताबाट उठाइएका प्रश्नका सवालमा भाग्न नमिल्ने उनको भनाइ थियो । ‘सरकारको काम र नतिजा नदेख्दै गर्दा मेरो पनि प्रश्न नै प्रश्न छ । तर, यसको अर्थ मैले यहाँ प्रश्न गरेँ, यो गरेँ भन्ने होइन । म सरकार सञ्चालको जिम्मेवार ठाउँमा भएकाले मेरो प्रत्यक्ष संलग्नता भए पनि नभए पनि यसका कमजोरीबाट भाग्नु हुँदैन, भाग्दिनँ’, उनले भने, ‘यसको सबै दोष मैले यहाँबाट भोगेर जानुपर्छ ।’

उनलाई दर्शकले प्रदेश संरचना र सरकारप्रति दिनदिनै निराशा बढिरहेको प्रश्न गरेका थिए । जवाफमा गगनले त्यति दुःख गरेर संघीयता ल्याएपछि प्रदेशलाई जति बलियो बनाउनुपथ्र्यो, त्यो गर्न नसकिएको पनि बताए । उनले अहिलेको एउटा दलले बहुमत ल्याउनै नसक्ने अवस्थामा सुधार हुनुपर्ने पनि तर्क गरे । ‘कुनै दलले बहुमत ल्याउन नसक्ने कुरामा सुधार गर्नुपर्छ । अर्को कुरा प्रदेशलाई अधिकार आउनुपथ्र्यो । प्रदेश बलियो हुनुपथ्र्यो । यति दुःख गरेर ल्याएको व्यवस्थामा प्रदेशमाथि धेरै आक्रमण भइरहेको छ’, उनले भने, ‘केन्द्रको अधिकार प्रदेशमा ल्याउने कुरामा मतलब नै छैन । अधिकार नहुँदा पनि प्रदेशप्रति निराशा व्यक्त भइरहेको छ ।’ थापाले प्रदेश संरचनालई ‘स्केप गोट’ बनाउन खोजिएको पनि टिप्पणी गरे ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपक्षीलाई गृहमन्त्री गुरुङ प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

राष्ट्रिय सभा सदस्य विश्वकर्माद्वारा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं । राष्ट्रिय सभा सदस्य विष्णुबहादुर विश्वकर्माले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको शून्...

जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन असुरक्षित भयो: सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जनतामाथि कर र जरिवाना थोपर्दा नागरिकको जीवन सुरक्षित हुन नसकेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending