पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएको छ ।
विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा बिहीबार यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए।
हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे। “संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,” उनले भने ।
मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे।
पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका देष्टिकोणले सुरक्षित रहेका बताए। नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रबिन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाका लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: