पाटन । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै नेपाली नागरिकलाई अनिवार्य बिमामा जोड्नुपर्ने बताएको छ ।
विश्व प्रोटिन दिवसको अवसरमा नेपाल दाना उद्योग सङ्घद्वारा बिहीबार यहाँ आयोजित ‘मानव स्वास्थ्यमा प्रोटिनको भूमिका’ विषयक कार्यक्रममा मन्त्री पौडेलले नागरिकलाई निरोगी बनाउन उपचारात्मक पद्धतिभन्दा पनि निरोधात्मक पद्धतिलाई ध्यान दिनुपर्ने बताए।
हरेक नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन र निरोगी बनाउन नागरिकको योगदानमा आधारित स्वास्थ्य बिमालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा समेट्नु पर्ने कुरा धेरै रहेका उल्लेख गर्दै मन्त्री पौडेलले मानव स्वास्थ्यलाई आवश्यक पर्ने प्रोटिन सुरक्षाका लागि कानुन बनाएर नीतिगत व्यवस्थापन गर्न सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरे। “संवैधानिक व्यव्यवस्थालाई कार्यान्वयन गर्न स्वास्थ्य बिमा महत्त्वपूर्ण छ, यसबाट नागरिकको निःशुल्क उपचार सुनिश्चित हुन्छ, प्रोटिन सुरक्षाको कुरालाई पनि यसमा जोड्न सकिन्छ,” उनले भने ।
मानव स्वास्थ्यलाई ध्यान दिँदै प्रोटिनलाई उपचारात्मक प्रणाली र चिकित्सकको सिफारिस प्रणालीमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्ने मन्त्री पौडेलले उल्लेख गरे।
पशु सेवा विभागका महानिर्देशक डा। उमेश दाहालले नेपालका पशुजन्य उत्पादन स्वास्थ्यका देष्टिकोणले सुरक्षित रहेका बताए। नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रबिन पुरीले उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीतिको अवधारणामा रहेर खाद्य सुरक्षाका लागि प्रोटिनको सुनिश्चितता हुनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १७:०३
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद् अध्यक्ष सुश...
मंसिर २९ गते, २०८२ - १६:५८
काठमाडौं । प्रधानमन्त्री तथा आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष सुशीला कार्कीले देशको समावेशी विकासमा सरकारले काम गरिरहेको बताएको छि...
मंसिर २९ गते, २०८२ - १६:४९
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभाका सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर भएको छ। ...
मंसिर २९ गते, २०८२ - १६:३७
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जेनजी आन्दोलनमा मारिनुभएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारसँग भेट गरेको छन् । कास्कीको रुपा गाउँप...
मंसिर २९ गते, २०८२ - १६:२१
काठमाडौँ। नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पार्टीको ११ औँ महाधिवेशनले एकताबद्ध एमाले बनाउने बताएको छन्। आइतबार पार्टीको ११ औँ महा...
मंसिर २९ गते, २०८२ - १५:५२
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा क...
मंसिर २९ गते, २०८२ - १५:२०
काठमाडौँ। नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको छ। केन्द्रीय कमिटीको बैठक लम्बिदा बन्द सत्रको समय पटक–...
मंसिर २९ गते, २०८२ - १५:१०
नेपालगन्ज। जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ । नौबस्स्ता...
मंसिर २९ गते, २०८२ - १५:०३
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा ...
मंसिर २९ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार बिहान ९ बजेका लागि बोलाइएको पूर्वकेन्द्रीय तथा...




प्रतिकृया लेख्नुहोस्: