Khabar Dabali ३२ असार २०८३ बिहीबार | 16th July, 2026 Thu
Investment bank

दोस्रो विश्वयुद्ध लडेका १०२ वर्षीय दिलबहादुर रार्ई सम्मानित

वीर गोर्खा वृद्ध राईलाई सम्मान गर्दै जयमानशेर राईलगायत।
खबरडबली संवाददाता

उदयपुर । उदयपुरका १०२ वर्षीय पूर्वगोर्खा सैनिक सम्मानित भएका छन्। ‘गोर्खा सेमिट्रिज ट्रस्ट नेपाल’ले चौदण्डीगढी नगरपालिका–६ बेलटारमा बस्दै आएका विश्वयुद्धका लडाकु दिलबहादुर राईलाई सम्मान गरेको हो।

दोस्रो विश्वयुद्ध लडेका दिलबहादुरलाई प्रजातन्त्र दिवसको अवसर पारेर मंगलबार चौदण्डीगढी–६ स्थित पारुहाङ एकेडेमीको प्रांगणमा आयोजित एक कार्यक्रमबिच सम्मान गरिएको हो।

योद्धा राईलाई दोसल्ला, ताम्रपत्र र भोजपुरे खुकुरी प्रदान गर्दै सम्मान गरिएको हो। राईलाई ट्रस्टका अध्यक्ष महेन्द्र राई र स्थानीय समाजसेवी तथा पूर्वजिल्ला सदस्य जयमानशेर राईले दोसल्ला ओढाउनुका साथै कदरपत्र र मायाको चिनोका रूपमा भोजपुरे खुकुरी प्रदान गरेका थिए।

पूर्वबेलायती सेना गोर्खा पल्टन नं १–तजष्कचतथाष्खभ ४४र३ आरडी ७–४७५२ का जिउँदा योद्धा राई खोटाङको जन्तेढुंगा गाउँपालिका–६ निगालबासमा जन्मिएका हुन्। हाल उनी उदयपुरको चौदण्डीगढी–६ बेल्टारस्थित पुमा लाइनमा स्थायी बसोबास बस्दै आएका छन्।

सेमिट्रिज ट्रस्ट नेपालले प्रथम र दोस्रो विश्वयुद्ध लडेका तथा विभिन्न युद्धमा सहादत प्राप्त गर्ने सहिद तथा जीवितै रहेका वीर गोर्खालीहरूलाई बेलाबेलामा सम्मान गर्दै आएको छ। संस्थाले उनीहरूको सम्झनामा हरेक अप्रिल ५ का दिन पुर्खा दिवस पनि मनाउँदै आएको छ। सोही अवसर पारेर वीर योद्धा राईलाई संस्थाले सम्मान गरेको संस्थाका सदस्य मणि बान्तावा राईले बताए।

ट्रस्टका अध्यक्ष महेन्द्र राईका अनुसार सन् २०१८ मा स्थापना भएको संस्थाले झापा दमकका रामबहादुर लिम्बूसहित १० जनालाई सम्मान गरिसकेको छ। ट्रस्टले विश्व शान्ति, वीर गोर्खालीहरूको सम्मान र पुर्खा दिवसको अवसर पारेर वीर गोर्खाहरूलाई सम्मान गर्नुका साथै विभिन्न खेलकुदका कार्यक्रमहरू गर्दै आएको छ। जसअनुसार यस वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्ने कार्यक्रमअन्तर्गत सुनसरीको धरानमा ‘गोर्खा ट्रेल लेजर रन’को तेस्रो संस्करण आयोजना गरिनेछ। सो प्रतियोगिता आगामी चैत २ गतेका लागि तय भएको पनि उनले बताए।  

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेश सत्ता फेरबदलको संघारमा, सातै प्रदेशमा ‘किङमेकर’ नेकपा

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending