काठमाडौं । ‘दिलबहादुर रम्तेल स्मृति राष्ट्रिय पुरस्कार’ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलका आमा किर्कौली रम्तेल (सरिमाया)लाई लाई प्रदान गरिएको छ ।
दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालको आयोजनामा बुधबार काठमाडौंको संवाद डबलीमा पुरस्कार तथा सम्मान कार्यक्रमकाविच नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले ५० हजार नगदसहित सम्मान पत्र प्रदान गरेका हुन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका दिलबहादुर रम्तेल स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष डा।बुद्धी नेपालीले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको सम्मान र सम्झनाको लागि आफूहरुले स्मृति प्रतिष्ठानको स्थापना गरेको बताए ।
नेपालीले स्थापनाको पहिलो वर्ष रम्तेलको नाममा २५ लाख छात्रवृत्ती अक्षय कोष स्थापना घोषणा गरी कोष संकलनको कार्ययोजना तिब्र गतिमा अघि बढाइएको बताए ।
उनले भने, ‘जनयुद्ध र जनाआन्दोलनका क्रममा १३ हजार ३३६ जनाले सहादत प्राप्त गर्नु भएकोमा दलित समुदायबाट १६ सय ८७ जनाले बलिदान गर्नुभएकोमा जुन प्रतिशतमा हेर्दा १२.६ प्रतिशत हुँन आउँछ, यत्रो बलिदान हुँदा पनि उत्पीडित समुदाय र लिङ्गले अझै पनि पूर्ण अधिकार नपाउनु दुःखद विषय हो ।’
प्रतिष्ठानका महासचिव पम्फा बसेलले प्रतिष्ठान स्थापनाको दोस्रो वर्षगाँठको अवसरमा आफूहरुले पुरस्कार स्थापना गरि हस्तान्तरण समेत गरेको बताउँदै यसलाई थप प्रभावकारी बनाउँदै लैजाने बताइन् ।
कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्व उपाध्यक्ष मदन भूल, पूर्व उपमहासचिव बाबुराम नेपाली, पूर्व सचिव श्याम रोक्का, नेपाल दलित मुक्ति मोर्चाका कोषाध्यक्ष सानुभाई मालबुल, सहिद रिना अर्पण उत्थान मञ्चका अध्यक्ष गिता रसाईलीले गौरवशाली इतिहास बोकेको जनयुद्धको रक्षा गर्न दिलबहादुर जस्तैः हजारौं सहिदको सम्मान गर्नुपर्ने धारणा राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २१:१०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...



प्रतिकृया लेख्नुहोस्: