Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

ट्रम्पले ‘फ्रड’ भनेका परियोजनाहरूकाे संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्छ: सांसद घर्तीमगर

ट्रम्पको अभिव्यक्तिबारे सरकारले मुख खोलोस्

खबरडबली संवाददाता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवाद केन्द्रले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालबारे दिएको अभिव्यक्तिका सम्बन्धमा सरकार बोल्न आवश्यक रहेको बताएको छ ।  पार्टीका तर्फबाट सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद पूर्णबहादुर घर्तीमगरले यस्तो बताएका हुन् । 

उनले सरकार मौन रहन नहुने बताउँदै भने– ‘दुई देशको बीचको समझदारी अनुसार, सम्झौता अनुसार लागू गरिएका योजनाहरूलाइ एक पक्षीय ढंगले अमेरिकाले स्थगित गर्नु र फ्रड भन्ने कुरा वास्तवमा कुटनीतिक मर्यादा विपरीत छ । यसका सन्दर्भमा नेपाल सरकार बोल्न जरुरी छ । यसका बारेमा मुख खोल्न जरुरी छ।’  

जनवरी २० मा राष्ट्रपतिको शपथ लिएलगत्तै ट्रम्पले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यी आदेशमध्ये केही वैदेशिक अनुदान रोक्नेसँग सम्बन्धित थियो ।

केही दिनअघि मात्रै मस्कको नेतृत्वको प्रशासनिक दक्षता विभाग (डज)ले नेपाल, भारत, बंगलादेश लगायत विश्वका कयौँ देशलाई अनेक शीर्षकमा दिँदै आएको सहायता रोकेको छ । डजले नेपाललाई जैविक विविधता संरक्षण गर्न र वित्तीय संघीयताका लागि दिँदै आएको रकम पनि रोकेको छ ।

राष्ट्रपति ट्रम्पले नेपाललाई दिँदै आएको रकम रोक्का गर्नुको कारण दिने क्रममा फ्रड भनेका हुन् । डजले नेपाललाई वित्तीय संघीयताका लागि र जैविक विविधता संरक्षणका लागि सहयोग दिँदै आएको थियो । यसैलाइ ट्रम्पले ‘फ्रड’ भनेका हुन् ।

यसबारे नेपाल सरकारले आधिकारिक रुपमा कुनै पनि प्रतिक्रिया जनाएको छैन । तर, मौन बस्न नहुने भनेर प्रमुख प्रतिपक्षी माओवाद केन्द्रले सरकारको ध्यानाकर्षण गरेको हो ।

सांसद घर्तीका अनुसार संयुक्त राज्य अन्तर्राष्ट्रिय विकास नियोग यूएसएआईडी १९५१ देखि सञ्चालन हुँदै आएको छ । राष्ट्रपति ट्रम्पले अमेरिका ‘अब युद्धतिर होइन अमेरिकाको आर्थिक समृद्धिको दिशातिर जानुपर्छ’ भन्ने रणनीति अन्तर्गत नेपालमा सञ्चालित एमसीसी, वित्तीय संघीय सुद्धीकरण र जैविक विधिता संरक्षण लगायतका कार्यक्रमहरूलाई स्थगन गरेका हुन् ।

स्थगित मात्रै मात्रै नगरेर नेपालमा सञ्चालित ति नियोगहरूलाई, आयोजनाहरुलाई फ्रड भनेर ब्याख्या गरेकोमा घर्तीले आपत्ति जनाएका हुन् ।

ट्रम्पले ‘फ्रड’ भनेका आयोजनाहरू र परियोजनाहरूबारे संसदीय विशेष समिति बनाएर छानबिन हुनुपर्ने उनको माग छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सात हजार बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

काठमाडौं । अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप र वेबसाइट बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा ने...

‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण सर्लाहीमा हुने

काठमाडौं। ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ (NERUFF) को पाँचौँ संस्करण आगामी वर्षको बैशाख १५ देखि १७ गतेसम्म आयोजना हुने भएको छ। नेपाली मौलिक ग्रामीण कथ...

‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक

काठमाडौं । गायिका तथा नायिका सारिका घिमिरेले ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको सिक्वेल ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गर्नुभएको...

संसदको तेस्रो बैठक सोमबार १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले (रास्वपा)का उपसभापति ...

४० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि आइतबार ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले ५६ दि...

डीपी अर्याल सभामुख निर्वाचित, शपथ ग्रहण आजै

काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुन...

कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि

सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन्। महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै ह...

ओली–लेखक बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश शर्मा र पोखरेलको इजलासमा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीशहरु विनोद शर्मा र सुन...

सोमबार बोलायो कांग्रेसले संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो । नेपाली कांग्रेसकी सांसद...

बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचान गर्न उपकरण प्रदान

महोत्तरी । बर्दिबास युथ क्लबले महोत्तरीको बर्दिबास अस्पताललाई ‘थाइराइड रोग’को पहिचानका लागि आवश्यक पर्ने उपकरण सहयोग गरेको छ । ‘सिला मागलुमि ८००’ नामक...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending