Khabar Dabali २२ चैत्र २०८२ आईतवार | 5th April, 2026 Sun

कर्णालीमा महिला हिंसाको ग्राफमा वृद्धि

सांकेतिक तस्विर
खबरडबली संवाददाता

सुर्खेत। कर्णाली प्रदेशमा पछिल्लो समय महिला हिंसाका घटनाहरू लगातार बढ्दै गएका छन्। महिला हिंसा सम्बन्धी एक महिनाभित्र भएका तीन दर्दनाक घटनाले मात्रै होइन, तथ्यांकहरूले पनि यहाँको अवस्था झनै चिन्ताजनक बन्दै गएको संकेत गरेका छन्।

गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो। घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार गर्‍यो। करिब दुई साताको अनुसन्धानपछि अदालतले चार जनालाई जवरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो। त्यसपछि मात्रै २७ दिनपछि भेरी नदीमा इनिशाको अन्त्येष्टि गरिएको थियो।

चैत पहिलो साता सुर्खेत गुर्भाकोट-१२ की माया कठायत दुई नाबालक छोराछोरीसहित घरबाट हराइन्। माया हराएको भोलिपल्ट भेरी नदी किनारमा उनको मृत शरीर भेटियो। त्यसको एक दिनपछि उनकी ११ बर्षिया छोरी आशाको शव भेटियो। पाँच वर्षका छोरा दीपक अझै भेटिएका छैनन्।

पारिवारिक तनाव र श्रीमानको यातना सहन नसकेर मायाले भेरी नदीमा हाम फालेको भन्दै उनका माइती पक्षले ज्वाइँविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी दिए पछि प्रहरीले मायाका श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

चैत १५ गते कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-३ की मनसरा अधिकारी बुढा आफ्नै घरमा मृत भेटिइन्। उनको शरीरमा देखिएका घाउ र शवको पोस्टमार्टम पछि प्रहरीले श्रीमान् काँशीराम बुढालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

काँशीरामले बञ्चरो प्रहार गरी श्रीमती मनसराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ। एक महिनामा यी तीन घटनाले कर्णालीमा महिला हिंसाको अवस्था डरलाग्दो रहेको चित्रण गरेका छन्।

मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनले पनि कर्णालीमा मानव अधिकार उलङ्घनका घटनाहरू बढीरहेको देखाएको छ।

पछिल्लो एक वर्षमा कर्णालीमा भएका ६९४ मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा महिलाहरू पीडित रहेको देखाएको छ। यी घटनामा ५३१ महिला र ७८ जना पुरुष रहेको देखाएको छ। पछिल्ला तीन वर्षमा कर्णालीमा जबरजस्ती करणीका मात्रै ४९२ वटा मुद्दा दर्ता भएका छन्।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/०८० देखि २०८१/०८२ सम्म क्रमशः घटनाको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा दुई सय नौ र आर्थिक वर्ष २०८१/०८२ मा १७४ मुद्दा दर्ता भएका छन्। चालू आर्थिक वर्ष २०८२/०८३ को हालसम्म एक सय नौ वटा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता रामप्रकाश शाहले बताए ।

इन्सेकले २०२५ मा कर्णालीमा बलात्कारका घटनाहरू पनि बढेको देखाएको छ । पाँच वर्षको अवधिमा बलात्कारका घटनाहरू २७ बाट बढेर ६४ पुगेको छ। २०२१ मा २७ वटा, २०२२ मा ३९ वटा घटना घटेका थिए भने २०२३ मा ५१ वटा घटना घटेका थिए ।

यस्तै २०२४ मा ६० वटा घटनाहरू घटेकोमा यो वर्ष बढेर ६४ पुगेका छन्। अधिकांश घटनामा पीडित बालिका तथा महिलाहरू धेरै रहेका छन्। अधिकांश घटनामा पीडितले चिने जानेका व्यक्ति, नजिकका आफन्त, छिमेकी वा समाजले विश्वास गरेका व्यक्तिहरूबाट हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कतिपय घटनाहरू सार्वजनिक नहुने भएकाले वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने प्रहरीको अनुमान छ । कतिपय घटनाहरू मिलापत्रमै टुङ्ग्याउँदा पनि महिला हिंसाको वास्तविक तथ्यांक आउन नसकेको अधिकारकर्मीको भनाइ छ।

कर्णालीमा हुने मानव अधिकार उल्लंघनका घटनामा पुरुषभन्दा महिला बढी पीडित भएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए।

‘कर्णालीको मानव अधिकारको अवस्थामा अघिल्लो वर्षभन्दा केही सुधार देखिए पनि महिलामाथि हुने हिंसाका घटनाहरूमा कमी देखिँदैन’ उनले भने, ‘कारागारमा मृत्यु, परिवारजनबाट भएका हत्या र धम्कीका घटना गत वर्षभन्दा पनि बढी रहेका छन् ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फेवाताल किनारमा गृहमन्त्री गुरूङकै २० रोपनी जग्गा, दूषित दर्ता खारेज हुने

पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...

कलाकार ‘बले’ विरूद्ध जाहेरी नै आएनः प्रहरी

काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...

बलेलाई लगियो सरकारी वकिल कार्यालय

काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...

सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...

जातीय विभेदविरूद्धको जीवित सङ्ग्रहालय

कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...

जिल्ला अस्पतालका कर्मचारीलाई सेवाग्राहीको सहजताका लागि निर्देशन

ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...

बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायी पक्राउ

काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...

२६ सय विन्दुमा झर्‍यो नेप्से, एकैदिन १०५ अंकको गिरावट

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...

नापी र यातायात कार्यालय ललितपुरबाट ३२ बिचौलिया पक्राउ

काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending