काठमाडौं । रास्वपाका सांसद डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका छन् । आजको प्रतिनिधिसभाको बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सर्वसम्मत रूपमा सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।
बैठकको अध्यक्षता गरेका ज्येष्ठ सदस्य केसीले बैठक सुरु हुनासाथ सभामुखमा अर्यालको एकमात्र उम्मेदवारी परेको भन्दै प्रस्तावक रवि लामिछानेलाई बोल्न समय दिएका थिए । त्यसपछि लामिछानेले अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । त्यसपछि अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतमसहितले लामिछानेको प्रस्तावको समर्थन गरेका थिए ।
लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरूलाई धन्यवाद दिँदै भने, ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद ।’
त्यसक्रममा वाग्लेले डीपी अर्याल सभामुखको लागि उपयुक्त पात्र भएको बताए । उनले सभामुखमा निर्विरोध निर्वाचित हुन सहयोग गरेको भन्दै अन्य दललाई बधाई दिए ।अर्यालले यसअघिको संसदमा पनि सांसद र मन्त्रीसमेत बनेर आफ्नो क्षमता देखाइसकेको भन्दै अर्याल अनुभवी भएको बताए । ‘उहाँले संसद्को अभिभाव भएर जिम्मेवारीपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्दछु,’ उनले भने ।
‘तटस्थतामा खरो साबित हुने विश्वास मैले लिएको छ,’ वाग्लेले भने, ‘कुनै दलीय आबद्धता नराखी त्याग गरेर जिम्मेवारी लिनुपर्ने पद हो यो । त्यसमा डीपी अर्याल खरो साबित हुने विश्वास हामीलाई छ ।’
उनले २०१५ सालको संसद्का सभामुख कृष्णप्रसाद भट्टराईले सदन विपक्षीको सरकार सत्तापक्षको भन्ने मानक स्थापित गरेको, २०४८ सालको संसद्का सभामुख दमननाथ ढुंगानाको निष्पक्ष भूमिका, सुवासचन्द्र नेम्वाङले सभामुख र संविधान सभाको अध्यक्षको हैसियतमा संक्रमणकालको सहज अवतरण गराउन निर्वाह गरेको व्यवस्थापकीय तथा समन्वयकारी भूमिकाको स्मरण गरे ।
कानुनमन्त्री गौतमले अबको संसद् समस्या उन्मुख हुनुपर्ने बताइन् । ‘अब बहस र भाषणले मात्र नहुने भन्दै बहसहरू जनउत्तरदायी भएर गरिनुपर्छ,’ उनले भनिन् ।
सभामुख अर्यालको शपथ ग्रहण आजै हुने भएको छ । उनले आज दिउँसो साढे २ बजे शपथ ग्रहण गर्नेछन् ।
शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले सभामुख अर्याललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने कार्यक्रम छ । त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन् ।
अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २२ गते, २०८२ - १६:०८
पोखरा । फेवाताल संरक्षणसम्बन्धी सर्वोच्च अदालतको आदेश कार्यान्वयनका क्रममा ताल किनारबाट ६५ मिटरभित्र रहेका संरचना हटाउने प्रक्रिया अघि बढ्दा गृहमन्त्र...
चैत्र २२ गते, २०८२ - १५:५९
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध जाहेरी नआएपछि उनलाई बलात्कार मुद्दा चलाउनेबारे प्रहरी अलमलिएको छ । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेब...
चैत्र २२ गते, २०८२ - १५:४३
काठमाडौं । कलाकार सागर लम्साल बलेलाई हत्कडीसहित सरकारी वकिल कार्यालय लगिएको छ। अमेरिकाबाट एक महिला कलाकारले लेखेको स्टाटसका आधारमा बलेलाई प्रहरीले ...
चैत्र २२ गते, २०८२ - १५:४२
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल(डीपी) अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालय भव...
चैत्र २२ गते, २०८२ - १५:३९
कञ्चनपुर । संविधान, कानुन र नीतिगत व्यवस्थाले जातीय विभेद र छुवाछूतलाई निषेध गरे पनि व्यवहारमा भने यसको अवशेष अझै समाजका विभिन्न क्षेत्रमा जरो गाडेर ब...
चैत्र २२ गते, २०८२ - १५:३२
ओखलढुङ्गा । कोसी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु ले जिल्ला अस्पताल ओखलढुङ्गाका कर्मचारीहरूलाई सेवाग्राहीहरूलाई अन्य अस्पताल धाउन नप...
चैत्र २२ गते, २०८२ - १५:१८
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ । राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबु...
चैत्र २२ गते, २०८२ - १५:१६
काठमाडौं । हाइ प्रोफाइलहरुलाई पक्राउ गरेर चर्चा कमाएको सरकारले मालपोत कार्यालय तुलसीपुरबाट बिचौलियाको आरोपमा १० जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ...
चैत्र २२ गते, २०८२ - १५:१२
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज मा उच्च अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो। ...
चैत्र २२ गते, २०८२ - १५:१०
काठमाडौं । सरकारी कार्यालयमा सेवाग्राहीलाई सास्ती दिने र ‘काम मिलाइदिन्छु’ भन्दै रकम असुल्ने बिचौलियाविरुद्ध ललितपुर प्रहरीले आक्रामक ‘सर्च अपरेसन’ चल...


प्रतिकृया लेख्नुहोस्: