बिजुवार । प्युठान जिल्लाको माण्डवी गाउँपालिका–२ रातापानीमा एक दम्पत्ति मृत अवस्थामा फेला परेका छन् । घटना शङ्कास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
स्थानीयका अनुसार ६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया श्रीमती हुकुमा परियार शुक्रबार राति खाना खाएर सुतेको थिए । तर बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए ।
जानकारी पाउना साथ प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । साथै, थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी)दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफैँ घटना अनुसन्धानमा खटिएको छन ।
घटनास्थलमै रहेका प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले प्रहरी नायब उपरीक्षक बस्यालको नेतृत्वमा अपराध अनुसन्धान शाखाका सात जना प्रहरी अधिकृतसहितको टोली खटिएको जानकारी दिए।
मृतकहरूको शरीर र टाउकोमा चोट देखिएकाले घटनालाई शङ्कास्पद मानिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न भइरहेको र अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।
प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको र घटनाको थप विवरण आउन बाँकी रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १९ गते, २०८३ - १८:२६
काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...
आषाढ़ १९ गते, २०८३ - १७:४८
बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता
आषाढ़ १९ गते, २०८३ - १७:२९
बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...
आषाढ़ १९ गते, २०८३ - १७:१४
डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)
आषाढ़ १९ गते, २०८३ - १६:५२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...
आषाढ़ १९ गते, २०८३ - १६:४०
काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...
आषाढ़ १९ गते, २०८३ - १६:१२
काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...
आषाढ़ १९ गते, २०८३ - १५:५६
बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...
आषाढ़ १९ गते, २०८३ - १५:३८
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...
आषाढ़ १९ गते, २०८३ - १५:२६
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...



प्रतिकृया लेख्नुहोस्: