प्यालेस्टिनी क्षेत्र । प्यालेस्टिनी लडाकूहरूले शनिबार दुई इजरायली बन्धकहरूलाई मुक्त गरेका छन् । इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी इजरायली भूमिमा फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
गत जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो ।
युद्धविरामको पहिलो चरणअन्तर्गत रिहाईका लागि योग्य अन्तिम जीवित बन्दीहरूमध्ये अन्य चारलाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको हमास निकट स्रोतले बताएको छ ।
लडाकूहरूले शनिबार रिहा भएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजाको राफाको एक मञ्चमा लगीसोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोश लडाकुहरूको उपस्थिति रहेको भेलालाई सम्बोधन गर्न लगाइयो र त्यसपछि दुवै जनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।
प्यालेस्टिनी लडाकूहरूले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौं बन्दीहरूलाई कब्जामा लिएका थिए जसका कारण गाजा पट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो ।
मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अन्य चार जना बन्धकलाई मुक्त गरिनेछ । हमासका एक स्रोतले एएफपीलाई बताएअनुसार इस्लामिक समूह हमासले मध्य गाजाको नुसिरातबाट चार जना बन्धकहरूलाई पनि शनिबार नै रिहा गर्नेछ ।
इजरायली अभियान समूह द होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ जना इजरायलीको नाम सार्वजनिक गरेको थियो । यो सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: