Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

बिजुली गाडीमा मनपरी भाडा, राज्यलाई छैन कुनै चासाे

खबरडबली संवाददाता

काठमाडौं । केही वर्षयता नेपालमा विद्युतीय सवारी साधनको आकर्षण बढ्दो छ । नेपालमा विद्युतीय सवारीसाधनको संख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । सरकारले विद्युतीय सवारीमा सहुलियत दिएसँगै यसको प्रयोग बढिरहेको हो । सञ्चालन खर्च कम हुने भएकोले पनि विद्युतीय सवारी धेरैको रोजाइमा परेको हो ।

चालू आर्थिक वर्ष २०८१र८२ को सात महिनामा ६ हजारभन्दा बढी विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । चालू आवको साउनदेखि माघमसान्तसम्म ६ हजार २५६ वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । भन्सार विभागका अनुसार यस अवधिमा १४ अर्ब ७४ करोड रूपैयाँ बराबरको विद्युतीय गाडी आयात गरिएको छ । जसबाट सरकारले ९ अर्ब ८ करोड रूपैयाँ राजस्व पाएको छ ।

यस अवधिमा सबैभन्दा बढी चीनबाट विद्युतीय गाडी आयात गरिएको छ । ११ अर्ब ८७ करोड रुपैयाँ बराबरको चार हजार सात सय ६९ वटा विद्युतीय गाडी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

डिजेलकै सरह भाडा
विगत दुई वर्षयता दोलखा चरिकोटका दीपक मगर विद्युतीय गाडी चलाउँदै आएका छन् । १५ वर्षदेखि सवारी चालककोरुपमा काम गर्दै आएका मगर पछिल्लो समय विद्युतीय गाडी चलाउँदै आएका हुन् ।

करिब साढे चार घण्टामा उनले काठमाडौंबाट चरिकोट यात्रु पुराउँछन् । सोही समय आसपासमा उनी चरिकोटबाट काठमाडौं यात्रु लिएर फर्किछन् । ‘बिहान ६ बजे काठमाडौंबाट यात्रु लिएर चरिकोटको लागि हिँड्छु । ११ बजे आसपास चरिकोट आइपुग्छु । दिउँसो फेरि २ बजे काठमाडौं फर्किन्छु’, उनले आफ्नो दैनिकी सुनाउँदै भने ।

काठमाडौंदेखि चरिकोट पुग्नका लागि उनले पाँच सय रूपैयाँ बराबरको चार्ज गरे भने पुग्छ । उनको गाडीको क्षमता ९ जना यात्रु बोक्न सक्ने छ । यात्रुहरूसँग उनले प्रतिव्यक्ति सात सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । उनले पाँच सय रुपैयाँ खर्च गरे भने ६ हजार ७५० रुपैयाँ एक पटकमा आम्दानी गर्न सक्छन् ।

तर, सोही रुटमा इन्धनबाट चल्ने हायस चलाउँदै आएका अर्का चालक कृष्ण श्रेष्ठ भने एक टिपमा तीन हजार रुपैयाँ बचाउन पनि मुस्किल पर्ने बताउँछन् । उनलाई काठमाडौंबाट चरिकोट पुग्नका लागि करिब चार हजार रुपैयाँको इन्धन खर्च लाग्छ ।

विद्युत् र इन्धनको गाडी चलाउन कुन सहज भन्ने प्रश्नमा उनी भन्छन्, ‘गाडी सञ्चालकलाई विद्युतीय गाडी चलाउन धेरै नै फाइदा छ । कमाएको पैसा सबैजसो जोगिन्छ । हामीलाई त कमाएको धेरैजसो तेल हाल्दैमा ठिक्क हुन्छ ।’

विद्युतीय गाडी चलाउन खर्च निकै कम हुने मगरको अनुभव छ । उनी भन्छन्, ‘पहिले म पनि इन्धनबाट चल्ने गाडी नै चलाउँथे । पेट्रोलको गाडी चलाउँदाको खर्च र यसको खर्चमा आकाश जमिनको फरक छ ।’

सञ्चालन खर्च कम हुँदा अधिकांश राजमार्ग तथा स्थानीय रुटमा विद्युतीय गाडीले अन्य गाडीलाई विस्थापित गर्ने क्रम बढ्दो छ । बीपी राजमार्गमा अधिकांश साना विद्युतीय गाडीहरू सञ्चालन हुन्छन् । अहिले कमै सङ्ख्यामा यो रुटमा इन्धनका गाडीहरू कुद्ने गर्छन् ।

काठमाडौंगाइघाट रुटको कुरा गर्ने हो भने यहाँ चल्ने अधिकांश सवारी विद्युतीय छन् । उनीहरूले एक हजार रूपैयाँको चार्ज गरे गन्तव्यमा पुग्छन् । तर, प्रतिव्यक्ति १२ सय रुपैयाँ भाडा असुल्ने गरेका छन् । जबकि सोही रुटमा इन्धनबाट चल्ने हायसहरुले पनि प्रतियात्रु १२ सय रूपैयाँ भाडा लिने गरेका छन् ।

विद्युतीय सवारी चालकको अनुभवमा विद्युतीय गाडी सञ्चालन खर्च निकै सस्तो पर्छ । सञ्चालन खर्च सस्तो भएपनि महँगो भाडा लिँदा विद्युतीय सवारीसाधन खरिदकर्ताहरूलाई निकै फाइदा हुने देखिन्छ । तर, यात्रुहरूलाई भने भाडामा कुनै सहुलियत नभएको पाइएको छ ।

सञ्चालन खर्च कम भएपनि इन्धनबाट चल्ने गाडीहरूको बराबर नै विद्युतीय गाडीहरूले भाडा लिँदै आएका छन् । काठमाडौंमै पनि विद्युतीय गाडीहरूले डिजेलबाट चल्ने गाडी सहर नै भाडादर लिँदै आएका छन् । विद्युतीय ट्याक्सीमा पनि छुट्टै भाडादर कायम छैन ।

भाडादर फरक हुनुपर्ने माग
अहिले सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनहरू प्रशस्तै भेटिन्छन् । सस्तो खर्चमा सञ्चालन हुने भएपनि विद्युतीय गाडीहरूको भाडादर भने डिजेल सरहकै हुने गरेको छ । यसरी हेर्दा यात्रुलाई भने विद्युतीय सवारीबाट आर्थिकरुपमा कुनै सहुलियत प्राप्त भएको देखिँदैन ।

विद्युतीय सवारीको सञ्चालन खर्च अनुसार भाडादर भने महँगो रहेकाले यात्रुहरूले ठगिएको गुनासो गर्दै आएका छन् । विद्युतीय गाडीको भाडादर घटाउनु पर्ने यात्रुहरूको माग छ ।

त्यस्तै, इन्धन र बिजुलीबाट चल्ने सवारी साधनको भाडादर फरक फरक निर्धारण हुनुपर्ने यातायात विज्ञ योगेन्द्रनाथ कर्माचार्यको भनाई छ । विद्युतीय सवारीको सञ्चालन खर्च नै कम हुने भएकाले यस्ता सवारी र इन्धनबाट चल्ने सवारीको भाडा फरक फरक हुनुपर्ने उनको तर्क छ ।

‘इन्धन र बिजुलीबाट चल्ने सवारी साधनको एउटै भाडादर अवैज्ञानिक हो । यसको मारमा यात्रुहरू परिरहेका छन् । विद्युतीय सवारीमा वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ’, कर्माचार्यले भने ।  फरक भाडादर हुनुपर्ने उपभोक्ताको मागपछि यातायात विभाग भने यसबारे अध्ययन गरिरहेको छ । विभागका महानिर्देशक राजिव पोखरेलले सार्वजनिकरूपमा चल्ने विद्युतीय गाडीको भाडादरबारे अध्ययन गरिरहेको जानकारी दिए ।

उनले भने, ‘यसबारे गुनासो आएको छ । विद्युतीय सार्वजनिक यातायातको छुट्टै भाडा तोक्ने या के गर्ने भन्नेबारे अहिले विभागले अध्ययन गरिरहेको छ ।’ अध्ययनपछि सवारी सञ्चालन खर्चको अवस्था हेरेर मापदण्ड बनाउने तयारीमा विभाग छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending