पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन ।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन ।
भेलामा प्रचण्डले भने,'संविधान निर्माणको बेला नै हामीले केही'रिजर्भेसन' राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा रु यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।' भेलामा प्रचण्डले २०८४ को निर्वाचनमा कांग्रेस र एमालेबीच गठबन्धन गर्न चुनौतीसमेत दिएका छन ।
प्रचण्डले भने,'अहिले कांग्रेस र एमालेको गठबन्धन छ। उपनिर्वाचनमा पनि कांग्रेस(एमालेबीच गठबन्धन गरियो। उनीहरू २०८४ मा गठबन्धन गर्न चाहेका छन्। म चाहन्छु' उनीहरू मिलून्। हामी एक्लै जनतामा जान्छौँ। हामी जनताको तागतमा विश्वास गर्छौँ। जनतालाई मेरो अपील छ 'तपाईहरू एकतावद्ध हुनुस्, आफ्नो तागत देखाउनुस्।' भेलामा अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए ।
उनले भने,'हामीले उत्पीडित वर्ग, जाति र समुदायको पक्षमा संघर्ष गर्दै आएका छौँ। बीचमा हाम्रो वर्गपक्षधरता कमजोर भयो। अब फेरि वर्गतिर फर्किएर आन्दोलनको उठान गर्ने ठाउँमा छौँ। यसमा दह्रोसँग उभिन्छौँ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - ११:३९
विशेष महाधिवेशन सफल भए नेपाली राजनीतिमा परिवर्तन आउँछ
पौष २६ गते, २०८२ - १०:५८
काठमाडौँ । विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वका परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत...
पौष २६ गते, २०८२ - १०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिष्कार गरेका छन् । आज बिह...
पौष २६ गते, २०८२ - १०:४४
काठमाडौँ। आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्...
पौष २५ गते, २०८२ - १७:००
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ३२ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो। राष्ट्र बैंकल...
पौष २५ गते, २०८२ - १६:४९
काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाहिर रहेका मतदाताले यसपटक पनि मतदान गर्न नपाउने भएका छन्। निर्वाचन आयोगले शुक्रबार आयो...
पौष २५ गते, २०८२ - १६:४१
काठमाडौं । बिगोवापतको रकम बैंक ग्यारेन्टी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्त भएपछि नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमा...
पौष २५ गते, २०८२ - १६:२१
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ । काठमाडौं प्रहरी परिसर का...
पौष २५ गते, २०८२ - १६:०७
काठमाडौँ । २७ र २८ गते हुने भनिएको विशेष महाधिवेशनका लागि जनपरिचालन तथा जुलुस व्यवस्थापन समितिले जिल्लाबाट आउने प्रतिनिधिहरू भेला हुने छ वटा स्थान तोक...
पौष २५ गते, २०८२ - १५:५५
वासिङ्टन। एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटि...




प्रतिकृया लेख्नुहोस्: