काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले रुसबाट धेरै दुष्प्रचार बेहोरेको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि त्यसबाट प्रभावित भएको बताए।
ट्रम्पले जेलेन्स्कीको लोकप्रियताको रेटिङ् ४ प्रतिशतमा झरेको भनेपछि उनले सो टिप्पणी गरेका हुन्। अहिले युक्रेनी जनतामध्ये ५८ प्रतिशतले आफ्नो नेतृत्वलाई रुचाएको उनले बताए।
उनी सन् २०१९ मा पाँच वर्षका निम्ति युक्रेनका राष्ट्रपति निर्वाचित भएका हुन्। युक्रेन युद्धपश्चात् अमेरिका र रुसबीच साउदी अरेबियाको रियादमा मङ्गलवार भएको पहिलो प्रत्यक्ष वार्तापछि बोल्दै राष्ट्रपति ट्रम्पले युक्रेन शान्ति सम्झौता हासिल हुने बारे आफू थप विश्वस्त भएको बताएका छन्।
उनले युक्रेनले युद्ध समाप्त पार्न यसअघि नै सम्झौता गर्न सक्थ्यो पनि भनेका थिए। आफ्नो देशलाई उक्त वार्तामा नडाकिएकोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आश्चर्य प्रकट गरेकोप्रति ट्रम्पले त्यस्तो टिप्पणी गरेका हुन्।
किएभले आफू सामेल नभई गरिएका कुनै शान्ति सम्झौतालाई मान्यता नदिने भनेको छ। यसबीच मस्कोमा बोल्दै रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेन सङ्कट समाधानका निम्ति मूल कारणहरूको सम्बोधन गर्नुको विकल्प नभएको बताएका छन्।
उनले यो विषय फेब्रुअरी १२ मा राष्ट्रपति ट्रम्पसँगको टेलिफोन कुराकानीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उठाएको उल्लेख गरे।
रियादमा भएको द्विपक्षीय वार्तामा सहभागी लाभ्रोभले त्यहाँ पनि आफूहरूले यो विषय उच्च महत्त्वका साथ उठाएको बताए।
उनले रुसविरुद्धका सुरक्षा खतरा हटाउन जरुरी भएको र त्यसको सिर्जना युक्रेनलाई नेटो गठबन्धनमा तान्ने प्रयासले गरेको बताए।
युक्रेन हाल नेटो गठबन्धनमा छैन तर सन् २००८ मा उक्त गठबन्धनले युक्रेनलाई पनि भविष्यमा सदस्यता दिइने सहमति गरेको थियो।
युक्रेनको नेटो सदस्यता आफूलाई सुरक्षा खतरा हुने रुसले बताउने गरेको छ भने नेटोले चाहिँ सदस्यता लिने वा नलिने भन्ने विषय कुनै पनि देशको सार्वभौम निर्णयको मामिला भन्ने गरेको छ। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: