Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

अपर म्याग्दी–१ को बाँध निर्माण सुरु

खबरडबली संवाददाता

म्याग्दी । धवलागिरि गाउँपालिका–४ खाम्लामा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको बाँध निर्माण सुरु गरिएको छ ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाले म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण थालेको हो ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बुधबार बाँधको ढलान गर्ने कार्यको शुभारम्भ गरे । गाउँपालिका अध्यक्ष पुन, पूर्वअध्यक्ष थमसरा पुन, धवलागिरि–४ का वडाध्यक्ष यामप्रसाद घर्तिमगरलगायत जनप्रतिनिधि र स्थानीय अगुवाको उपस्थितिमा बाँध निर्माण कार्यको शुभारम्भ गरिएको हो ।

जग्गा व्यवस्थापनको काम सकेर म्याग्दी नदीको दायाँतर्फ ढलान गरेर औपचारिक रूपमा बाँधको पक्की संरचना निर्माण सुरु गरिएको आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।

बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ ।

‘विसं २०८० चैत १९ मा सम्झौता र २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ,’ उनले भने, ‘विसं २०८३ फागुन २१ गते विद्युत् उत्पादन गर्ने लक्ष्यसहित बाँधसँगै सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिव्रता दिएका छौं ।’

विसं २०८१ भदौ १२ गतेदेखि धवलागिरि–४ छहरीमा सुरु भएको १९८ दशमलव ९० मिटर लामो अडिट नम्बर २ को सुरुङ खनेर थप ५३० मिटर मुख्य सुरुङ निर्माण भइसकेको आयोजनाका प्रबन्ध निर्देशक लक्ष्मण न्यौपानेले बताए । पाँच किलोमिटर ७०० मिटर सुरुङमध्ये केही दिनमा बाँध र मालिका गाउँपालिका–७ भारवाङको आउटलेट तर्फबाट पनि खन्न सुरु गर्ने तयारी गरिएको उनले बताए ।

‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

सानीमा बैंकको नेतृत्वमा ६ वटा बैङ्कको ऋण, प्रवर्द्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलव पाँच किलोमिटर १३२ केभी क्षमताको प्रशारण लाइन बनाएर नेपाल विद्युत् प्राधिकरणले मालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी क्षमताको सवस्टेशनमा यस आयोजनाबाट वार्षिक औसत ३१५ दशमलव शुन्य एक गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

बाँध निर्माणस्थलनजिकै १०० मिटर लामो र १५ मिटर अग्ला तीनवटा पानी थिग्राउने पोखरी निर्माण गर्न जग्गा व्यवस्थापन भइरहेको छ । हालसम्म १६ दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको छ ।

‘रन अफ द रिभर’ प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर रहेको छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिने भएको छ ।

ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुुसन प्रालि परामर्शदाता रहेको यस आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल ठेकेदार छनोटको प्रक्रियामा रहेको छ । अपर म्याग्दी–१ को प्रवद्र्धक कम्पनी उर्जा डेभलपर्स प्रालिमा आबद्ध छ ।

भारवाङदेखि बाँध निर्माण स्थलसम्म नौ किलोमिटर पहुँचमार्ग निर्माण गरिसकेको आयोजनाले सामाजिक उत्तरदायित्वका कार्यक्रमका लागि विनियोजन गरेको ६ करोड २० लाख रुपैयाँ बजेटबाट प्रभावित क्षेत्रमा सडक निर्माण, शिक्षा, स्वास्थ्य, मठमन्दिरका लागि हालसम्म एक करोड नौ लाख १५ हजार सहयोग गरेको जनाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा सदस्यहरूको विदेश यात्रामा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय गणे...

सुशासन र नागरिक सेवामा सरकारको सुरुआत सफल : रवि लामिछाने

बुद्धिजीवीबाट आएका सुझावलाई ग्रहण गर्दै आगामी दिनमा अझ परिपक्व ढंगले अघि बढ्ने प्रतिबद्धता

बैतडी बस दुर्घटना अपडेट: १७ जना घाइते, दुईको अवस्था गम्भीर

बैतडी। बैतडीमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक महिला र एक पुरुषको अवस्था गम्भीर रहेको छ । हाल घटनास्थल...

कानुन मन्त्री गौतमको सय दिन: २४ नियमावली र २८ विधेयकमा सहमति

डिजिटल प्रविधि र सङ्क्रमणकालीन न्यायमा केन्द्रित प्रगति (सूचीसहित)

सरकारको सय दिनमा एमालेको समीक्षा: सरकारका सय दिनका काम फितलो र विवादास्पद

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले वर्तमान सरकारले कार्यकालको पहिलो १०० दिनमा गरेका काम अत्यन्तै फितला, अपरिपक्व र विवादास्पद रहेको निष्कर्ष...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताएको छन्। काभ्...

प्रा.डा. भोला थापा त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्ने तयारी

काठमाडौँ । सरकारले प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ। स्रोतका अनुसार कुलपतिसमेत रहेका प्रधानमन्त्...

बैतडीमा यात्रुवाहक बस दुर्घटना

बैतडी । धनगढीबाट बैतडी जाँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ स्थित गैराखानमा दुर्घटनामा परेको छ। सुपप्र ०१००१ ख ३९६३ न...

शिक्षा क्षेत्रलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता छ: गगन

काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्नुपर्ने बताएको छन्। शुक्रबार प...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पुगेर आकस्मिक अनुगमन तथा निरीक्षण गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending