Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल एजेण्डा बनाउँदै अगाडि बढ्नु पर्छः अध्यक्ष प्रचण्ड

खबरडबली संवाददाता

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवं ने‍कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ७५ औं प्रजातन्त्र दिवसको  अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले प्रजातन्त्र स्थापनाका लागि अमूल्य बलिदान दिने महान् सहिदहरूलाई भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै, लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याउने सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान प्रकट गरेका छन्।

अध्यक्ष प्रचण्डले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट स्थापित प्रजातन्त्र संघीय लोकतान्त्रिक गणतन्त्रको गौरवपूर्ण यात्रासम्म आइपुगेको उल्लेख गरेका छन् । उनले २००७ सालको प्रजातान्त्रिक क्रान्ति, २०४६ सालको जनआन्दोलन, महान् जनयुद्ध र २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत विभिन्न उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका न्यायपूर्ण संघर्षहरूको निर्णायक भूमिका रहेको स्मरण गरेका छन् ।

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् समाजवादउन्मुख राज्यको आधारशिला खडा गर्नु आजको प्रमुख राष्ट्रिय कार्यभार भएको बताउँदै अध्यक्ष प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मूल एजेण्डा बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।

बदलिएको राजनीतिक व्यवस्थासँगै नेपाली जनताको जीवनस्तर उकास्न एकताबद्ध प्रयास आवश्यक रहेको बताउँदै उनले प्रजातन्त्र दिवसले हामीलाई नवीनतम् सम्भावनाहरू पहिचान गर्न र राष्ट्रको उन्नतिमा योगदान दिन प्रेरित गरोस् भनेर शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रजातन्त्र दिवसको ऐतिहासिक महत्वलाई उजागर गर्दै उनले उपलब्धिहरूको रक्षा र संविधानको कार्यान्वयनमार्फत समतामूलक समाज निर्माण गर्ने प्रतिवद्धता दोहोर्‍याए। यस दिवसले मुलुकका विभिन्न चुनौतीहरू पार गर्दै नयाँ अवसरहरू सिर्जना गर्ने मार्ग प्रशस्त गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दै सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पुनः शुभकामना दिएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending