Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

प्रधानमन्त्री ओलीलाई अभिनेत्री निता ढुंगानाको खुला पत्र

फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति के भइरहेको छ ?

खबरडबली संवाददाता

प्रिय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू। 
म कलाकार निता ढुंगानाको तर्फबाट नमस्कार।

केही समय यता फोटो खिच्ने र फोटो खिचाउने काम बाहेक देशको उन्नति प्रगति र देशमा के भइरहेको छ ? हामीले हजुरको आफ्नो प्रोफाइलबाट केही देख्न पाएका छैनौँ। 

कुनै समय हाम्रो देशको प्रधानमन्त्री केपी शर्मा ओली ज्यू जस्तै हुनुपर्छ भनेर ठाटले भन्ने म कलाकार आज भ्रममा छु। मलाई पनि हजुरसँग वार्तालाप गर्न मन छ भेट्न मन छ । फोटो खिचाउन मन छ । तर सँगसँगै धेरै प्रश्नहरु पनि छन् । जुन मनमा गडिएर बसि रहेका छन् । 

म मात्र होइन जसले तपाईँलाई राम्रो सोच्ने तपाईंका प्रिय जनताहरु छन् उनीहरूको मनमा पनि धेरै प्रश्न गडिएर बसेका होलान् । खै त्यो जोश ? खै त्यो जाँगर ? खै देशप्रति केही गर्छु भन्ने भावना ? खोइ त्यो दृडता ? आज देखिएको छैन ।

प्रधानमन्त्री ज्यू,  राजनीति के हो ? राजनीतिका कुरा राजनीतिको नीति हामी जान्दैनौ । प्रधानमन्त्रीज्यू,  हामीले जान्ने भनेको हाम्रो देशको हितको लागि नेपाली जनताको लागि तपाईँले बोलेका शब्दहरूमा विश्वास गर्ने हो । तपाईंले देखाएका सपनाहरूमा हामीले आफ्नो सपना देख्ने हो । तर विश्वास विश्वासमा मात्र सिमित रह्यो, सपना सपनामा मात्र सीमित रह्यो दुःख लाग्छ हामीलाई । 

प्रधानमन्त्री ज्यु,  भर्खरै मात्र भारतको एउटा विश्वविद्यालयमा एउटा नेपाली चेलीलाई हामीले गुमाउनु पर्यो । धेरै नेपाली विद्यार्थीहरूलाई त्यहाँबाट कुटपिट गरेर निकालिएको छ । उक्त विश्वविद्धालय व्यवस्थापन समिति कि अध्यक्षले नेपाली विध्यार्थीको न्यायको  मागको  अपहेलना  गर्दै  प्रतिकार गर्ने क्रममा यस विश्वविधालयको बजेट जति तिमिहरुको देश नेपालको राष्ट्रिय वजेट पनि छैन, भनेर नेपालको बेईज्जत गरेकि रहिछन् अन्तर्राष्ट्रिय मञ्चमा कहिले सम्म यस्तै बेईजत हामिले खेपिरहनु पर्ने हो ? लगभग यो आरोप यथार्थ पनि हो । नेपालको यो हालत कस्ले बनायो ? बिगत केही वर्ष देखि नेपालको शासक तपाईहरू काङ्ग्रेस एमाले, माओवादी अब यो बेईज्जतको जिम्मेवारी तपाईहरूले लिनुपर्ने कि नपर्ने ?

बिन्ती छ नेपालको इज्जत जोगाइदिनुस्। बिन्ती छ नेपाली जनताको भावना बुझिदिनुस्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

सडकबाट नहरमा खस्यो मोटरसाइकल, एकजनाको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–३ चालीसहट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । छिटाहाबाट औराबनी तर्फ ...

आजका लागि कृषिउपजको थोक मूल्य कुनकाे कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) ...

पाँच वर्षदेखि अस्थायी टहरामै बास

नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार पाँच वर्षदेखि अस्थायी शिविरमै जीवन बिताउन बाध्य...

विश्वमञ्चमा फहरायो नेपालको झण्डा, १३ राष्ट्रबीच नेपाली बालप्रतिभाको शानदार सफलता

काठमाडौं ।  नेपालका बालप्रतिभाहरूले अन्तर्राष्ट्रिय मञ्चमा ऐतिहासिक सफलता हासिल गर्दै देशको गौरवलाई विश्वसामु उजागर गरेका छन्। किड्स किगं एण्ड क्विन २...

४४ दिनपछि संसद्मा फेरि गुञ्जियो बालेनको नाम, ‘श्री–८’ टिप्पणीले तात्यो प्रतिनिधिसभा

काठमाडौं । ४४ दिनपछि प्रतिनिधिसभाको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम फेरि उठेपछि संसद्मा चर्को विवाद भएको छ। सीमा विवादबारेको छलफलक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending