काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेको छन ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेको हो ।
सभापति देउवाले भने, ‘‘हाम्रा हिमालहरु नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’’
उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए।
सभापति देउवाले भने, ‘‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरुप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरु हुन् । यि संघसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ ।’’
सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: