Ntc summer Offer
Khabar Dabali ९ चैत्र २०८१ शनिबार | 22nd March, 2025 Sat
Investment bank

हिमाल नाङ्गिएकोप्रति सभापति देउवाको चिन्ता

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरु नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेको छन ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नाङ्गो भएकोप्रति गुनासो गरेको हो ।

सभापति देउवाले भने, ‘‘हाम्रा हिमालहरु नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरुले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ । अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यससम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु ।’’

उनले जलवायु परिवर्तनले नाङ्गो भएका हिमालहरु कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरुले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए।

सभापति देउवाले भने, ‘‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरुप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरु हुन् । यि संघसंस्थाहरु भित्र पनि सुशासन, पारदर्शिता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ ।’’  

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। मानव अधिकार, सुशासन, समावेशिता लगायतका विषयमा गैरसकारी संस्थाहरुले प्रभावकारी काम गर्दै आएको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मी कांग्रेसको तेस्रो जिल्ला सम्मेलन हुने

गुल्मी । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्ष...

१२ दिने लामो भारत भ्रमण सकेर परराष्ट्र मन्त्री स्वदेश फर्किइन, सरकार परिवर्तन नहुने दाबी

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा स्वदेश फर्किएकी छिन् । झन्डै १२ दिने लामो भारत भ्रमण सकेर अपरान्ह उनी स्वदेश फर्किएकी हुन् । त्रिभुवन बिम...

खोटाङको एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थीले मात्र एसइई परीक्षा दिदै

खोटाङ । खोटाङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को एउटा परीक्षा केन्द्रमा एउटा विद्यालयका विद्यार्थी मात्र रहेको पाइएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगर...

जातीय विभेद विरूद्ध दलित अभियन्ताको अर्धनग्न प्रदर्शन, बानेश्वरमा तनाव

काठमाडौँ । अन्तर्राष्ट्रिय जातीय विभेद विरूद्धको दिवसका अवसरमा दलित अभियन्ताहरुले राजधानीमा प्रदर्शन भएको छ ।  ‘दलितलाई खै’ भनि लेखिएको नारासहित अर...

प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान, चिकित्सा क्षेत्रतर्फ डा. ओममूर्ति र खेलकुदतर्फ साम्बा

काठमाडौं। प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन । नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्त...

रबिले पाटन अदालतबाट भने, ‘गेट रेडी फर रेभुलेसन्’

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले क्रान्तिका लागि तयार रहन अपिल गरेका छन् । स्वर्ण लक्ष्मी सहकारी प्रकरणमा मागिएको ६० ला...

प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह

बिरगञ्ज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाल प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन । नेकपा माओवादी केन्द्रद...

राष्ट्रियसभामा महिनावारी विभेद अन्त्यसम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...

आजको राष्ट्रियसभामा तीन विधेयक टेबुल

काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रियसभाको ...

काठमाडौं महानगरले स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चैत १२ गतेदेखि प्रजनन उमेरका महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण र प्रारम्भिक उपचार थाल्ने भ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy