Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनीलाई ९५ हजार जरिवाना

खबरडबली संवाददाता

नवलपुर । नारायणघाट–बुटबल सडक विस्तार गरिरहेको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिलाई नवलपुरको कावासोती नगरपालिकाले ९५ हजार रुपियाँ जरिवाना गरेको छ । 

कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको पाइएपछि नगरपालिकाले जरिवाना गरेको हो । कावासोती –१६ को पत्थर खोलामा केही दिनअघि जेसिबी र ट्रिपर प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गरेका तस्बिरहरु सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा फेला परेको एउटा जेसिबी र एउटा ट्रिपरलाई कारबाही गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ट्रिपरलाई २५ हजार रुपियाँ र जेसिबीलाई ७० हजार गरी ९५ हजार रुपियाँ जरिवाना गरिएको हो । 

नगरपालिकासँग विनाअनुमति उत्खनन गरेको पाइएकाले कारबाही गरिएको कावासोती नगरपालिकाका प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । भुसालका अनुसार नगरपालिकाले कति परिणाममा नदीजन्य पदार्थ उत्खनन गरिएको छ भन्ने अनुसन्धान गर्न अनुगमन समिति पनि गठन गरेको छ । समितिको सिफारिसको आधारमा ठेकेदार कम्पनीलाई थप कारबाही हुने नगरपालिकाले जनाएको छ ।

यसअघि कावासोती नगरपालिकाले स्टक प्रमाणित नभएको नदीजन्य वस्तु जफत गर्ने र चोरी निकासी गर्दै गरेको अवस्थामा सवारीसाधनको संख्याको आधारमा कारबाही गर्ने गरेको थियो ।  तर अहिले चोरी भएर प्रयोग भइसकेको सामग्रीको विषयमा कस्तो कारबाही गर्ने भन्ने निर्णय नभएकाले कार्यपालिकाको बैठक बसेर थप कारबाहीको निर्णय हुने नगरप्रमुख भुसालले बताए। 

प्रहरीले अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको अवस्थामा गण्डकी प्रदेश ०४ ००१ ख ००७३ नम्बरको ट्रिपरलाई  नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको थियो । अर्को एउटा जेसिबीलाई कावासोती –१६ वडा कार्यालयको सिफारिसका आधारमा कारबाही गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending