Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका पहिलो

खबरडबली संवाददाता

रोल्पा । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा रोल्पा नगरपालिका प्रथम भएको छ । रोल्पाका १० स्थानीय तहमध्ये आथिर्क वर्ष २०८०/०८१ मा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन ९लिजा०को रिपोर्टमा रोल्पा नगरपालिकाले ९५ अङ्क लिएर पहिलो भएको हो ।

रोल्पा नगरपालिकाले शासकीय प्रबन्धमा नौ अङ्क, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवम् आर्थिक व्यस्थापनमा ११, सेवा प्रवाह १६, न्यायीक कार्यसम्पादन ७, भौतिक पूर्वाधार ९ दशमलव ५ प्रतिशत, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ७ दशमलव ५ प्रतिशत, सहकार्य र समन्वयमा ६ अङ्क गरी कुल ९५ अङ्क पाएको हो ।

यस्तै, लुङ्ग्री गाउँपालिकाले ९४ दशमलव २५ अङ्क पाएको छ । सुनिलस्मृति गाउँपालिकाले ८९ अङ्क, गंगादेव र सुनछहरी गाउँपालिकाले समान ८८ दशमलव ५ प्रतिशत अङ्क पाएका छन् । त्रिवेणी गाउँपालिकाले ८५ दशमलव २५ प्रतिशत अङ्क, परिवर्तन गाउँपालिकाले ८३ अङ्क, थबाङ गाउँपालिकाले ८१ दशमलव २५ प्रतिशत अङ्क पाएको छ । रुन्टीगढी गाउँपालिकाले ८० दशमलव ५ प्रतिशत अङ्क, माडी गाउँपालिकाले ७८ दशमलव २५ अङ्क पाएको छ ।

स्थानीय तहको सबल र दुर्बल पक्षहरूको विश्लेषण गर्ने प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ अनुसार स्वमूल्याङ्कनको नतिजा कार्यपालिकाबाट स्वीकृत गरी पालिकाले आ–आफ्नो वेबसाइट र सूचनापाटीमार्फत सार्वजनिक गर्नुपर्ने व्यवस्था छ ।

मन्त्रालयका अनुसार शासकीय प्रबन्धमा ९ अङ्क, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११, वित्तीय एवम् आर्थिक व्यस्थापनमा ११, सेवा प्रवाह १६, न्यायीक कार्यसम्पादन ७, भौतिक पूर्वाधार १३, सामाजिक समावेशीकरण १०, वातावरण संरक्षण तथा विपद व्यवस्थापन ९, सहकार्य र समन्वयमा ६ अङ्कसहित जम्मा १०० सय पूर्णाङ्कमा मूल्याङ्कन गर्ने गरिएको छ ।

संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ लगायतले स्थानीय तहको कार्यजिम्मेवारी तोकेको विषयमा लेखाजोखा गर्न स्वमूल्याङ्कन गर्ने गरिएको छ । सङ्घीय मामिला मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको नतिजा सार्वजनिक गर्ने गरेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending