Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

युक्रेन शान्ति वार्तामा मस्को र किएभ के चाहन्छन् ?

खबरडबली संवाददाता

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीसँग छुट्टाछुट्टै तर दुबैसँग एक–एक घण्टा टेलिफोन वार्ता गरी शान्ति वार्ता सुरु गर्न सुझाव दिनुभएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूमा समाचारहरू छापिएका छन् ।

तीन वर्षदेखि जारी युद्धलाई अन्त्य गन वार्ताका लागि मस्को र किएभको धारणा बाहिर ल्याउन एएफपीका समाचारदाताहरूले उनीहरूको अडानबारे समीक्षा गरेका छन् ।

सङ्घर्षको ‘मूल कारण’ सम्बोधन हुनुपर्छ : रूस

ट्रम्पसँगको कुराकानीमा पुटिनले युक्रेनमा युद्ध अन्त्य गर्न द्वन्द्वको ‘मूल कारण’ समाधान गर्न आवश्यक रहेको बताएका थिए । 

रूसका अनुसार सन् २०२१ को अन्त्यतिर मस्कोले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र वासिङ्टनसँग युद्ध सुरु गर्नुभन्दा केही हप्ताअघि राखेको सुरक्षा मागलाई सङ्केत गर्दै यो कदम चालिएको हो ।

ती मागहरूले युरोपको सुरक्षा संरचनामा व्यापक परिवर्तनको परिकल्पना गरेका थिए, जसमा पूर्व सोभियत देश, बाल्टिक राज्य, रोमानिया र बुल्गेरियासहित पूर्वी समूहका सदस्यहरूबाट अमेरिकी र नाटो सेनाहरूको फिर्ता समावेश थियो । उनीहरू सबै नाटो र ईयू सदस्य हरू हुन्।

रूसले नोटोसँग युक्रेनलगायत अन्य कुनै पनि पूर्व सोभियत राष्ट्रलाई सदस्यता प्रदान नगर्ने वा पूर्व सोभियत सङ्घको भूभागमा सैन्य कारबाही नगर्ने प्रतिबद्धता पनि मागेको छ ।

क्रेमलिनले आक्रमण गरेदेखि नै युक्रेनको नियन्त्रणमा रहेको रूसको भूभागलाई आफ्नो सेनाद्वारा नियन्त्रित युक्रेनी भू–भागसँग साटासाट गर्ने विचारलाई अस्वीकार गर्दै आएको छ ।

मस्कोले सन् २०२२ मा युक्रेनका चार वटा दक्षिणी र पूर्वी भूभागमा कब्जा जमाएको र सन् २०१४ मा क्रिमिया कब्जा गरेको उल्लेख गर्दै द्वन्द्व अन्त्य गर्ने कुनै पनि सम्झौताले ‘धरातलीय नयाँ वास्तविकता’ प्रतिबिम्बित गर्नुपर्ने बताएको छ ।

जेलेन्स्कीको कार्यकाल गत वर्ष समाप्त भएको दाबी गर्दै उसले जेलेन्स्कीसँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । आक्रमणपछि लागू गरिएको सैनिक कानुनअन्तर्गत जेलेन्स्की नेता रहनुभएको हो र उनले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त गरेका छन्। 

पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गरे । रूसी नेताले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको छ र ट्रम्प सन् २०२२ मा ह्वाइट हाउसमा भएको भए युद्ध सुरु हुने थिएन भन्ने समेत बताए। 

न्यायपूर्ण शान्तिको सुनिश्चितताः युक्रेन

युक्रेनी राष्ट्रपति जेलेन्स्की युद्ध जतिसक्दो चाँडो अन्त्य होस् र युक्रेनले भविष्यमा हुने रूसी आक्रमणहरू रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने चाहनुहुन्छ र नाटोको सदस्यता वा ठूलो मात्रामा विदेशी शान्ति सेनाको टुकडीलाई रोक्ने सुरक्षा सुनिश्चितता प्राप्त गरोस् भन्ने माग राख्छन्। 

उनले वार्तामा युक्रेन, रूस, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घलार्ई पनि समावेश गर्नुपर्ने बताउँदै आउनुभएको छ किनभने हाल इयुको सदस्यताको उम्मेदवारका रुपमा रहेको किएभ समूहमा सामेल हुने आशामा जेलेन्स्की छन्।

किएभले रूसलाई आफ्नो भूभाग सुम्पन अस्वीकार गरिरहनुभएको छ । तर जेलेन्स्कीले युक्रेनले कूटनीतिको माध्यमबाट केही भूभाग पुनः प्राप्त गर्न सक्ने बताए । 

उनले शान्ति सूत्र र विजय योजना गरी दुई दस्तावेजमार्फत युद्ध अन्त्य गर्ने युक्रेनी दृष्टिकोणको वरिपरि सहयोगीहरूलाई भेला गर्ने प्रयास गरेका छन्। उनले किएभबाहेकको वार्ता असफल हुने बताएका छन् । 

युक्रेनले गत अगस्टमा रूसको सीमावर्ती क्षेत्र कुस्र्कको केही भाग कब्जा गरेको थियो र यो क्षेत्र कुनै पनि वार्तामा एक महत्वपूर्ण लेनदेनको बिषय हुने बताएको थियो । यसै साताको सुरुमा उहाँले युक्रेनमा रूसको कब्जामा रहेको केही भूभागको बदलामा यसलाई त्याग्ने विचार अघि सारेका थिए । 

यसअघि उहाँले रुसी सेनाको पूर्ण फिर्ता वार्ताको पूर्वशर्त हुने र ‘न्यायोचित शान्ति’ले मात्र युद्धको स्थायी अन्त्य गर्न सक्ने बताएका थिए । 

पृष्ठभूमि

“रूसले कुनै पनि सम्झौताबिना किएभले रूसले निगरानी जारी राख्नेछ,” विगतका धेरै सम्झौताहरूलाई सङ्केत गर्दै जेलेन्स्की र युक्रेनी उच्च पदस्थ अधिकारीको दावी रहेको छ । 

सन् २०२२ जुलाईमा मस्को र किएभले टर्की र संयुक्त राष्ट्रसङ्घसँग सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौताले युक्रेनलाई अनाज निर्यात गर्न ‘ब्ल्याक सी’मा रूसी नौसैनिक नाकावन्दीलाई बाइपास गर्न अनुमति दिएको थियो । 

क्रेमलिनले प्रतिबन्धको अन्त्य गर्ने राहतको मागलाई बेवास्ता गरिएको गुनासो गर्दै एकतर्फी रूपमा एक वर्षपछि सम्झौताको अन्त्य भएको घोषणा गरेको थियो। 

फ्रान्स, जर्मनी, युक्रेन र रुसले बेलारूसको राजधानी मिन्स्कमा क्रेमलिन समर्थित पृथकतावादी शक्ति र किएभबीचको लडाइँ अन्त्यका लागि शान्ति सम्झौता गर्ने प्रयास गरेको एक दशकपछि म्युनिखमा यो साता वार्ता भएको हो ।

ती नाजुक सम्झौताहरूले रुसी समर्थित पृथकतावादीहरूलाई पूर्वी युक्रेनको ठूलो भूभागमा वास्तविक नियन्त्रण प्रदान गरेको थियो । यसले रूसलाई सन् २०२२ को पूर्णरूपमा आक्रमण सुरु गर्न आफ्नो सेना निर्माण गर्न समय दिएको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending