Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँगीत“उमेर ढल्केको“ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत“उमेर ढल्केको“को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । 

नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ । तथापी, उनी आफैँ भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् । उनले आफ्नो सांगीतिकयात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्डमार्फत गरेका थिए ।

संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमादुई एल्बम सार्वजनिक गरिसकेका छन्। उनका सिर्जनाहरू नेपाली लोकशैलीदेखि आधुनिक संगीतसम्म विविध स्वाद समेट्ने खालका छन्। भट्टराईले नेपाली सांगीतिक यात्रामा विभिन्न कालजयी गीतहरू सिर्जना गर्दै आम संगीत प्रेमीको मन जित्न सफल भएका छन्। उनका गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषय वस्तुहरुमा केन्द्रित हुने गर्छन्। थुप्रै प्रतिष्ठित गायकहरूले उनका सिर्जनालाई स्वर दिइसकेका छन् । यसले नेपाली संगीत उद्योगमा उनलाई बहुआयामिक स्रष्टाका रूपमा स्थापित गराएको छ।

सार्वजनिकनयाँगीतमानेपाल आइडल सिजन २ का विजेता रविओडलेस्वर दिएका छन्। रविओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलताहासिल गरेका छन्। उनीलोकगीतदेखि आधुनिकपपसम्म सबै विधाकागीतहरूमाजमेका छन्। “उमेर ढल्केको“ माउनले आफ्नो भावनात्मक प्रस्तुतिमार्फत गीतलाई अझ बढी सजीवतुल्याएका छन्।गीतको भिडियोमा रबीको आवाज संगैउनको अभिनय,कलाकार जय किशन बस्नेत र बिना राउततथा संगीतकार भट्टराई स्वयम् लगायतकलाकारको रमाइलोअभिनय रहेको छ ।

काठमाडौंको एक होटलमा आयोजितविशेष समारोहमाप्रमुख मिडिया हाउसकाप्रतिनिधिहरूको उपस्थितिमागीत सार्वजनिकगरिएको थियो । कार्यक्रममाबोल्दै भट्टराईले आफ्नो नयाँसिर्जनाबारे उत्साहव्यक्तगर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनकाभोगाइहरू चित्रण गरेकोबताए।

गीतको भिडियो नेपाल आइडलकासिजन २का विजेता रविओडको आधिकारिक युट्युबच्यानलमार्फत सार्वजनिकगरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ऋषि धमलाको प्रश्न–‘जनताको आवाज बोल्ने ठाउँ नै बन्द किन?’

काठमाडौं । भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल तीन महिनादेखि बन्द रहेपछि क्लबका अध्यक्ष ऋषि धमलाले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्...

माओवादीबाट जितेका रास्वपामा लागेका उपाध्यक्षको पद धरापमा, आयोगमा पुग्यो पत्र

अध्यक्षले कार्यभारसमेत दिएनन्

सहरका खुला ठाउँमा बढ्दो विकृति : पार्कदेखि खाली जग्गासम्म दुर्व्यसनीको कब्जामा

दुर्व्यसनी र अनैतिक गतिविधिको अखडा बन्दै काठमाडौंका खाली जग्गा र पार्क

‘जहाज हल्लिँदैमा दुर्घटना हुँदैन, सरकारको उडान गन्तव्यमा पुर्‍याउँछौं’ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नेतृत्वमा रहेको सरकारले थालेको यात्रालाई निर्धारित गन्तव्यमा पुर्‍याएरै छाड्ने प्र...

बाल्टिनको पानीमा डुबेर १८ महिने बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा राखिएको पानीमा डुबेर १८ महिने बालकको मृत्यु भएको छ। घोडाघोडी नगरपालिका–४ जनकपुरमा गाईवस्तुलाई खुवाउन राखिएको बाल्टिनको ...

तीजमा गुञ्जिँदैछ ‘तीजको रहर आयो बरिलै’, दीपा नारायण झाको एकल सांगीतिक साँझ

काठमाडौं । तीजको मौलिकता र नेपाली सांगीतिक संस्कृतिलाई केन्द्रमा राख्दै वरिष्ठ गायिका दीपा नारायण झाको एकल सांगीतिक कार्यक्रम हुने भएको छ। ‘तीजको र...

२२ वर्षपछि गायनमा फर्किइन् संगीता भण्डारी, ‘रानीहार’मार्फत तीजमा नयाँ सुरुवात

काठमाडौं । हरितालिका तीज आउन करिब पाँच साता बाँकी रहँदा नेपाली सांगीतिक क्षेत्रमा तीज गीतको रौनक सुरु भइसकेको छ। यसै क्रममा गायिका संगीता भण्डारी २२ व...

मध्यपूर्वमा नयाँ शक्ति समीकरणको संकेतः साउदी, पाकिस्तान र टर्कीबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’

काठमाडौँ । मध्यपूर्वमा सैन्य तनाव चर्किरहेका बेला साउदी अरब, पाकिस्तान र टर्कीले सुरक्षा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने गरी ‘मक्का संयुक्त रक्षा सम...

खाली सिलिन्डर बोकेर लाइनमा नबस्न आयल निगमका प्रमुख साहको आग्रह

५ दिनभित्र ग्यास समस्या हट्ने दाबी

सुनसरीदेखि सिरहासम्म गोली चल्दा जेनजीको प्रश्न– नागरिकमाथि राज्यको बल किन ?

काठमाडौँ । सुनसरीको देवानगन्जदेखि सिरहाको गोलबजारसम्म सुरक्षा निकायको गोली प्रहारबाट नागरिकको ज्यान गएको घटनाले राज्यको बल प्रयोग र सुरक्षा संयन्त्रको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending