Ntc summer Offer
Khabar Dabali १२ चैत्र २०८१ मंगलवार | 25th March, 2025 Tue
Investment bank

रासायनिक मलको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको छन।

मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएको हो। 

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे। उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाई वितरण गरिसक्न आग्रह गरे।

मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ। हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ। यस्तै हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा छ। अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा अनावश्यक भएका संरचना थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे ।

यस्तै आगामी २०८१ चैत २६ र २७ गते काठमाडौँमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्यरुपमा गर्न छलफल भएको छ। 

प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कुलमान हटाउने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन । सोमबार सा...

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबह...

सेयर बजारमा उच्च गिरावट, ५ अर्ब बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)रिसूचक उच्च अंकले ओरालो लागेको छ।  साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज ने...

प्रधानमन्त्री कपः एक खेल अगावै पुलिस क्लब फाइनलमा

काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक...

एसईई परीक्षार्थीबाट रौतहटमा हालसम्म १७०६ मोबाईल बरामद, ६ निरिक्षक माथी मुद्दा

रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ...

ट्रम्पले सार्बजनिक गरिदिए केनेडी हत्यासँग सम्बन्धित ८० हजार गोप्य कागजात

वासिंगटन डिसी। अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सबन्धी गरिएको अनुसन्धान प्रतिबेदन सार्बजनिक गरेको छ । सन् १९६३ मा भएको केनेडीक...

ओस्कार विजेता प्यालेस्टाइनी निर्देशक पक्राउ

गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ ।  उनलाई पक्...

अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्छः प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । प्रगतिशील इन्जिनियर्स एस...

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भएका हुन् । यसअघि बसे...

पहिलोपटक मनाङमा बस पुग्यो

मनाङ । झल्को लाली ओठको, झल्को लाली ओठको बाटो खुल्यो मोटर चल्यो जुम्ला कालीकोटको। कर्णालीमा बाटो पुग्दा भुइँमा खुट्टा छैन मायालुलाई भेट्न ज...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Krishi Bikas Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy