तम्घास । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हेलीप्याड तथा मालिका पिस पार्कको उद्घाटन गरेको छन ।
बिहीबार मालिका गाउँपालिका ४ अर्खाबाङमा निर्माण भएको हेलीप्याडको उद्घाटन गरेको हो । उनले सोही वडामा निर्माण भएको पर्यटकीय स्थलका रुपमा चर्चित मालिका पिस पार्कको पनि उद्घाटन गरेको छन ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा स्थानीय नागरिकहरुको उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमुना हेलीप्याड निर्माण भएको बताए। उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याडभन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
दोस्रो पटक गुल्मी आउनुभएका प्रचण्डको उपस्थितिले यहाँका नागरिकहरुसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त भएको यहाँका स्थानीयहरुको भनाइ छ। पालिकाभित्र निर्माण गरिएका विकास निर्माणका कार्यहरुलाई जनप्रतिनिधि तथा जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले प्रत्यक्ष साक्षत्कार गराएका हुन् ।
केही समय पछि प्रचण्डले मालिका गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको गाउँपालिकाले जनाएको छ । प्रचण्डले उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेकाले ब्यापक जनसहभागिता रहेको छ ।
त्यस पश्चात प्रचण्डले आजै धुर्कोट गाउँपालिकामा निर्माण भएको सहिद पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र गुल्मीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८१ - १७:०९
ओलीजी र म जेलमेट भएको कारण हाम्रो सम्बन्ध राम्रो छ
चैत्र १२ गते, २०८१ - १६:५५
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा धेरै हल्लाखल्ला हुन थालेको भन्दै ...
चैत्र १२ गते, २०८१ - १६:४०
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय अझै प्रमाणित भएको छैन । सोमबार सा...
चैत्र १२ गते, २०८१ - १६:२९
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबह...
चैत्र १२ गते, २०८१ - १६:१८
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)रिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज ने...
चैत्र १२ गते, २०८१ - १६:११
काठमाडौं । नेपाल पुलिस क्लब लगातार आठौं जीत हासिल गर्दै फाइनलमा प्रवेश गरेको छ । पुलिस क्लबले एक खेल अगावै जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एक...
चैत्र १२ गते, २०८१ - १६:०२
रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ...
चैत्र १२ गते, २०८१ - १५:५५
वासिंगटन डिसी। अमेरिकी सरकारले पूर्व राष्ट्रपति जोन एफ केनडीको हत्या सबन्धी गरिएको अनुसन्धान प्रतिबेदन सार्बजनिक गरेको छ । सन् १९६३ मा भएको केनेडीक...
चैत्र १२ गते, २०८१ - १५:४६
गाजा। ओस्कार विजेता फिल्म ‘नो अदर ल्यान्ड’का प्यालेस्टिनी सह–निर्देशक हमदान बल्लाललाई इजरायलले कब्जा गरेको वेस्ट बैंकमा पक्राउ गरेको छ । उनलाई पक्...
चैत्र १२ गते, २०८१ - १५:३६
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधुनिक प्रविधिको प्रयोगबाट टिकाउ संरचना निर्माणमा ध्यान दिनुपर्ने बताएका छन । प्रगतिशील इन्जिनियर्स एस...
प्रतिकृया लेख्नुहोस्: