Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

लुम्बिनी र गण्डकी प्रदेश सरकारबिच २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर

खबरडबली संवाददाता

तानसेन । लुम्बिनी र गण्डकी प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गरेको हो ।

पाल्पाको पर्यटकीय स्थल रानीमहलमा बुधबार प्रदेशस्तरीय समन्वय बैठकबाट तय गरिएको २१ बुँदे प्रतिबद्धतामा आचार्य र पाण्डेले हस्ताक्षर गरे । संविधानको मर्म अनुसार दुई प्रदेशको विकासका लागि साझा प्रतिबद्धता गरिएको हो । प्रतिबद्धता अनुसार प्रदेशका महत्वपूर्ण सडकको विस्तार एवं स्तरोन्नति गर्ने सहमति भएको छ ।

यस्तै हवाई उडानका लागि नेपालगन्ज–जोमसोम र भैरहवा–जोमसोम सेवा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ । भरतपुर–बुटवल–पोखरा क्षेत्र समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्न पहल गर्ने, प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने सहमति भएको छ । स्थानीय उत्पादन तथा रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने विषयसमेत प्रतिबद्धतामा समेटिएको छ ।

कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता तथा वितरण प्रणाली सुधार गर्न पोखरा र लुम्बिनीमा चिस्यान केन्द्रसहितको बिक्री कक्ष तथा खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिने प्रतिबद्धता छ । होटेल व्यवसाय सञ्चालनका लागि प्रवर्धनात्मक कार्यक्रम अघि बढाइने, दुवै प्रदेशमा उत्पादन भएका कृषि उपज तथा वनजन्य जडीबुटीलाई मूल्य शृङ्खलासँग जोड्न प्रशोधन केन्द्र स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने उल्लेख छ । 

दुवै प्रदेशको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदामा आधारित पर्यटनको एकीकृत विकास गर्न साझा कार्यक्रम तयार गरिने उल्लेख छ । लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटन मार्गका रूपमा विकास गरी दुवै प्रदेशका पर्यटकीय गन्तव्यसम्म जोड्ने एकीकृत पर्यटन मार्ग निर्माण गर्न संयुक्त गुरुयोजना तयार गर्न पहल गर्ने उल्लेख गरिएको छ । 

विभिन्न जिल्ला समेटेर मगर सांस्कृतिक पर्यटकीय पदमार्ग, थारू–अवध–नेवार तथा गण्डकी प्रदेशमा गुरुङ–थकाली–नेवार समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तारका लागि एकीकृत कार्यक्रम बनाउने प्रतिबद्धता जनाइएको छ । दुवै प्रदेशमा रहेका उद्योगको कार्यक्षेत्र विस्तार गर्दै बुटवलमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशमा निर्माणाधीन लोकाहा खोला औद्योगिक क्षेत्र उपयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने उल्लेख छ । खानी तथा खनिज उद्योग स्थापना, सञ्चालन तथा विस्तार गर्न तथा प्राकृतिक स्रोतजन्य उत्पादनको बिक्रीवितरण व्यवस्थित गर्न सेवा शुल्क तथा दस्तुरमा एकरूपता कायम गर्ने प्रतिबद्धता गरिएको छ ।

प्रदेशको कानुन अनुसार नदीजन्य पदार्थको उपयोगमा लगाइने करका सम्बन्धमा दुवै प्रदेशबिच एकरूपता कायम गर्न पहल गर्ने बताइएको छ । कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध क्षेत्रदेखि रानीमहल हुँदै बग्ने तल्लो तटीय क्षेत्रमा पानीको बहाव तथा परिमाण बढाउन सम्बन्धित आयोजनामार्फत सङ्घीय सरकारलाई सिफारिस गरिने उल्लेख छ । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले अन्तरप्रदेश सहकार्य र समन्वयबाट जनहितमा काम गर्न सकिने बताएको छन । पाल्पाको रानीमहलमा अन्तरप्रदेश समन्वय बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आपसी समन्वय र सहकार्यबाट दुवै प्रदेशका जनताको हितमा काम गर्न सकिने धारणा राखे। 

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले अन्तरप्रदेश साझा सरोकारका विषयलाई सामूहिक रूपमा सम्बोधन गर्न आवश्यक रहेकोमा जोड दिए । सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटनलगायत साझा सरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्न जरुरी रहेकोमा पाण्डेले जोड दिए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्रीको दिएको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिमाथि संसद्मको आपत्ति, रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...

गणेश नेपाली आत्मदाह प्रकरण: डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...

विपक्षीलाई गृहमन्त्री गुरुङको प्रश्न: दुई तहको सरकार कसको छ ?

तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ

कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई गृहमन्त्री गुरुङको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...

‘म स्टन्टबाजी गर्न आएको होइन, जनताको सेवा गर्न आएको हुँ’: गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...

रोस्ट्रममा पुगेपछि भावुक बने गृहमन्त्री गुरुङ, केही नबोली फर्किए

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...

गनेश नेपालीको मृत्युको विरोधमा प्रदर्शन, महानगर घेराउ गर्न हिँडेका समूहलाई प्रहरीले रोक्यो

काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...

प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...

गणेश नेपाली आत्मदाह प्रकरणमा वर्षमान पुनको प्रश्न– ‘यो राज्यको असफलता हो कि होइन ?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...

रविलाई विश्वप्रकाश शर्माको प्रश्न– के साँच्चै सबै कुरा ठिकठाक भइरहेको दृश्य हो यो ?

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending