Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

कोशी ब्यारेज आयु सकियो, नयाँ पुल कहिले बन्ला?

खबरडबली संवाददाता

काठमाडौं ।  सप्त कोसीमा बाँधिएको बाँध (ब्यारेज) सम्भवतः पूर्वपश्चिम राजमार्गकै पहिलो पुल पनि हो । सन् १९६२ मा बनिसकेको यस बाँधको आयु समाप्त भइसके पनि नेपालले नयाँ पुल बनाउन सुरु गर्नै सकेको छैन । 

चतरामा बनाइएको पुल कोसी तर्ने विकल्प भए पनि पूर्वपश्चिम राजमार्गभन्दा निकै टाढा छ । यसैले राजमार्ग सञ्चालनकै लागि पनि ब्यारेजको नजिकै उत्तरतर्फ अर्को पुल र सडक बनाउनै पर्छ । 

नेपाल सरकारले पुल र सडक निर्माणको लागि अध्ययन गरेको पनि छ । सडक विभागले कोसी ब्यारेजको विकल्पमा बनाइने पुल र राजमार्गको डिजाइनसमेत तयार गरिसके पनि कोसीटप्पु वन्यजन्तु आरक्षले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन । आरक्षमा अधिकारीहरूका अनुसार प्रस्तावित नयाँ ठाउँमा सडक र पुल बनाइएमा वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्ने जोखिम भएकाले अनुमति नदिइएको हो ।

अहिले पूर्वपश्चिम राजमार्गमा कोसी पुलको रूपमा प्रयोग भइरहेको संरचना नेपाल(भारत सन्धि तथा सहयोगमा बनेको हो । यही ठाउँमा अर्को संरचना बनाउन यसैले कूटनीतिक जटिलता पनि छ । कोसीमा उच्च बाँध बनाउने प्रस्ताव गरिरहेको भारतको प्राथमिकतामा पनि अहिलेकै संरचनाको प्रतिस्थापन सायद छैन । यसैले पनि नेपालले यसको नजिकै नयाँ पुल र बाटो बनाउनै पर्ने बाध्यता छ ।  

नयाँ बाटो र पुल सकेसम्म चाँडो बनाउनै पर्ने नेपालको बाध्यता सडक विभाग र आरक्ष दुवै कार्यालयका अधिकारीहरूले बुझेकै हुनुपर्छ । सडक विभागले नयाँ पुलको डिजाइन तयार गर्नुभन्दा पहिले नै वातावरणीय प्रभावको अध्ययन गरेको र आरक्षको धारणा लिएको भए सम्भवतः अहिलेको अप्ठेरो आइपर्ने पनि थिएन । यसैले अब पहिले नै समन्वय गरेर सडक र पुलको डिजाइन तत्काल पुनरवलोकन गर्नु बुद्धिमानी हुनेछ ।

कोसीटप्पुका अधिकारीले सडक विभागले प्रस्ताव गरेको ठाउँमा सडक र पुल बनाउँदा आरक्षको वातावरणमा प्रतिकूल प्रभाव पर्ने हुनाले अहिले पुल भएको ठाउँ नजिकै नयाँ संरचना निर्माण गर्नु उचित हुने सुझाव दिएका छन् । डिजाइनसमेत बनाइसकेको सडक विभाग अधिकारीहरू प्रस्तावित ठाउँमा नयाँ पुल र बाटो बनाउँदा सडक सोझो हुनेसमेत दाबी गर्छन् । यसैले दुवैतर्फको तर्क सुनेर सहमतिमा यसको निकास निकाल्नुपर्छ ।

नेपालमा यसरी विभिन्न कार्यालयहरूबीचको समन्वयको अभावमा थुप्रै योजना अलपत्र  परेका छन् भने ठूलो धनराशि समेत खेर गइरहेको छ । समन्वयको अभावको यो समस्या सरकारी संयन्त्रको  स्थायी अवरोधजस्तै बनेको देखिन्छ । 

यसैले पूर्वपश्चिम राजमार्गको कोसीमा अर्को पुल तत्काल बनाउनै पर्ने अत्यावश्यकता महसुस गरेर तत्काल निकास निकाल्न प्रधानमन्त्रीकै स्तरबाट अग्रसरता लिनुपर्ने देखिन्छ । साथै, यस्तै समस्या अन्यत्र पनि भएकाले मन्त्रालयहरूबीच समन्वय र सहकार्यको संस्कृति विकास गरिनुपर्छ र आवश्यक भए त्यसका लागि संयन्त्र बनाइनुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending