बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन आउने सेवाग्राहीका लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ । अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवालाई सहज बनाउन फार्मेसी स्थापना गरिएको अस्पतालले जनाएको छ ।
छुट्टै फार्मेसी सेवाको उद्घाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले फार्मेसीको सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए । सरकारले लागु गरेको बिमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भए पनि स्वास्थ्य संस्थालाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उनले बताए।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। इन्द्र ढकालका अनुसार दैनिक छ सयदेखि नौ सयसम्म सेवाग्राही बिमा सेवा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने गर्छन् ।
बिमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घन्टौँ लाइनमा बस्नुपर्ने समस्या कम हुने उनले बताए । उनले अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्सरे सुविधा, ल्याब प्रयोगशाला विस्तारलगायतका योजना रहेको बताउनुभयो । त्यसै गरी २४ घन्टे ओपिडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीलाई राति र बिदाको समयमाबाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसीबाट बिक्री बढ्ने फार्मेसी प्रमुख पदम खनालले बताए ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरङ्ग सेवामा परीक्षण, ११ सय १८ प्रकारका औषधी, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्सरे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बिमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: