बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत उपचार गराउन आउने सेवाग्राहीका लागि छुट्टै फार्मेसी कक्ष स्थापना गरेको छ । अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन तथा सेवालाई सहज बनाउन फार्मेसी स्थापना गरिएको अस्पतालले जनाएको छ ।
छुट्टै फार्मेसी सेवाको उद्घाटन गर्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले फार्मेसीको सेवाबाट गुणस्तरीय स्वास्थ्य सेवासँगै सबैको पहुँचयोग्य बनाउने लक्ष्य रहेको बताए । सरकारले लागु गरेको बिमा कार्यक्रम सेवाग्राहीका लागि प्रभावकारी भए पनि स्वास्थ्य संस्थालाई समयमा भुक्तानी नहुँदा कार्यान्वयनको चुनौती रहेको उनले बताए।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। इन्द्र ढकालका अनुसार दैनिक छ सयदेखि नौ सयसम्म सेवाग्राही बिमा सेवा कार्यक्रम अन्तर्गत उपचारका लागि आउने गर्छन् ।
बिमा सेवाका लागि छुट्टै फार्मेसी सेवा सुचारु भएपछि अब घन्टौँ लाइनमा बस्नुपर्ने समस्या कम हुने उनले बताए । उनले अस्पतालमा सेवालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउँदै अब सबै काउन्टरमा डिजिटल पेमेन्ट सुविधा, आकस्मिक सेवातर्फ छुट्टै अल्ट्रासाउन्ड तथा एक्सरे सुविधा, ल्याब प्रयोगशाला विस्तारलगायतका योजना रहेको बताउनुभयो । त्यसै गरी २४ घन्टे ओपिडी फार्मेसी सेवा सञ्चालनमा आएपछि बिरामीलाई राति र बिदाको समयमाबाहिर जानुपर्ने समस्या अन्त्यन्त हुने र अस्पतालको फार्मेसीबाट बिक्री बढ्ने फार्मेसी प्रमुख पदम खनालले बताए ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीले अस्पतालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमबाट आकस्मिक परीक्षण, बहिरङ्ग सेवामा परीक्षण, ११ सय १८ प्रकारका औषधी, रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्सरे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बिमा कार्यक्रमले निःशुल्क प्रदान गर्दै आएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: