काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गरेको छन । मङ्गलबार राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्दै उद्योग मन्त्री भण्डारीले यस्तो बताएको हो ।
उनले भने, ‘‘उद्योगीहरूले आफूखुसी मूल्य बढाएको होइन । उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनैपनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर बिक्री गर्दैन ।’’
उनले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङका कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गरे। उनले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गरे।
‘‘विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका दिएको छ । विद्युत् प्राधिकरणलाई बोलाउनुस् । मूल्यवृद्धि भएको बेलामा लोडसेडिङ कति भयो । त्यसको तालिका प्राधिकरणले राखेको छ । विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय होइन । उद्योगको लागत मूल्याङ्कनका लागि समिति बनेको छ । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयास गरिरहेको छ ।,’’ मन्त्री भण्डारीले भने, ‘‘मूल्य वृद्धि घटेको छ । सरकारले घटाउने प्रयास गरिरहेको छ । सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले पनि भयो । तामाकोशी बाढीले क्षति हुँदा उत्पादन कम भयो भनेर प्राधिकरणले स्वीकार गरेको छ ।’’
उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताए। उनले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गरे। उनले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताए ।
उनले सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको जानकारी दिए। उनले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताए । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यावसायीहरूसँग छलफल गरेको उल्लेख गरे।
उनले भने, ‘‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भीर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक सङ्घसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा शतप्रतिशत बढ्यो भन्ने पनि छ । त्यो पनि सत्य होइन । विभिन्न उत्पादकका फरक मूल्य छन् । नेपाल सरकारको लगानीमा सञ्चालनमा रहेका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पनि सरकारले पूर्णरूपमा सञ्चालन गर्न सकिरहेका छैनौं । एक सय रुपियाँभन्दा बढी घाटा छ । सिमेन्ट उद्योगसँग ११५ रुपियाँभन्दा बढी मूल्य नबढाउने सहमति हो ।’’
समितिमा उद्योगमन्त्री र सांसदहरूबिच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङका कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरूले समितिले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २६ गते, २०८३ - १७:०८
काठमाडौं । नेकपा सांसद गोपाल शर्माले गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा प्रयोग गरेको ‘घाँटी सुक्नेगरी’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त श...
आषाढ़ २६ गते, २०८३ - १६:५४
काठमाडौँ । गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न सरकारले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। गृहमन्...
आषाढ़ २६ गते, २०८३ - १६:३७
तपाईंहरूले बनाएको कानुनअनुसार नै हामीले काम गरेका हौँ
आषाढ़ २६ गते, २०८३ - १६:१७
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कसैको पीडामाथि राजनीति नगर्न सांसदहरूलाई आग्रह गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नक...
आषाढ़ २६ गते, २०८३ - १६:०८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफू स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर ...
आषाढ़ २६ गते, २०८३ - १५:५९
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्न रोस्ट्रममा पुगेपछि भावुक बनेका छन्। प्रतिनिधिसभा बैठकमा समय लिएर आफ्नो धारणा ...
आषाढ़ २६ गते, २०८३ - १५:५०
काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरू काठमाडौं महानगरपालिका घेराउ गर्न जाने क्र...
आषाढ़ २६ गते, २०८३ - १५:३४
काठमाडौं । आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा ...
आषाढ़ २६ गते, २०८३ - १५:१८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुन ‘अनन्त’ले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ माग गरेका छन्। ...
आषाढ़ २६ गते, २०८३ - १५:०१
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकार नागरिकमा आशा जगाउनेभन्दा त्रासको प्रतीक बन्दै गएको टिप्पणी गरेका छन्। मुगुका गणेश न...



प्रतिकृया लेख्नुहोस्: