रुपन्देही । आन्तरिक राजश्व कार्यालय भैरहवाले आर्थिक वर्षको ६ महिनामा गत वर्षको भन्दा ७७ करोड बढी राजश्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय, भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा ५ अर्ब ५४ करोड ३४ लाख १५ हजार रुपियाँ राजश्व संकलन गरेको जनाएको छ । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा ४ अर्ब ७७ करोड ८३ लाख ४५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वर्षको सोही अवधिमा सङ्कलित राजस्व ४ अर्ब ७७ करोडको तुलनामा १६ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।
साउन देखि पुस मसान्त सम्ममा ६ अर्ब ३३ करोड ३६ लाख ५२ हजार राजश्व सङ्कलनको लक्ष्य पाएको भैरहवाले लक्ष्यको ८७ दशमलव ४९ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले जानकारी दिए। कार्यालयले पौष महिनामा मात्रै १ अर्ब ३ करोड राजश्व सङ्कलन गरेको छ । १ अर्ब २३ करोडको लक्ष्य पाएको कार्यालयले उक्त राजश्व सङ्कलन गरेको हो ।
कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा आयकरतर्फ ७८ करोड १९ लाख, मूल्य अभिवृद्धि करतर्फ ९३ करोड ९३ लाख र अन्तःशुल्कबापत ३ अर्ब ७३ करोड सङ्कलन गरेको छ ।
अर्थतन्त्रका सूचकहरूमा देखिएको सुधार, नक्कली मूल्य अभिवृद्धि कर बीजक जारी गर्नेलाई कारबाहीको दायरामा ल्याएर कर असुल्नु, नियमित बजार अनुगमन, बक्यौता असुलीमा तीव्रता, कर परीक्षण र अनुसन्धानको प्रभावकारिता जस्ता कारणले राजस्व संकलनमा वृद्धि देखिएको उनको भनाई छ ।
प्रमुख कर अधिकृत पोख्रेलले नक्कली भ्याट बिजक बिक्री गर्ने १३ बटा शङ्कास्पद करदाताको छानबिन भइरहेको जानकारी दिनुभयो । उनले शङ्कास्पद कारोबार गर्ने ८९ करदाताको कारोबारको छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिए।
आन्तरिक राजश्व कार्यालयले बजेट मार्फत दिएको विशेष छुटको व्यवस्थापछि बाँकी बक्यौता तिर्नेहरूको सङ्ख्यामा पनि वृद्धि भएको कार्यालयको जनाएको छ ।
कार्यालयले आय विवरण बुझाउन बाँकी करदातालाई दिएको विशेष छुटको व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको जनाएको छ । कार्यालयले स्थायी लेखा नम्बर लिई आय विवरण बुझाउन बाँकी रहेका करदाताले आय विवरण, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको २५ प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तसम्म बुझाएमा सोमा लाग्ने शुल्क तथा बाँकी व्याज मिनाहा गर्ने जनाएको छ ।
यसै गरी २०८० साल असार मसान्तसम्मको मूल्य अभिवृद्धि कर विवरण पेस नगर्ने, मूल्य अभिवृद्धि करमा दर्ता भएको करदाताले आफूले बुझाउनु पर्ने कर विवरण, सो कर विवरण अनुसारको मूल्य अभिवृद्धि कर र सोमा लाग्ने व्याजको ५० प्रतिशतले हुने रकम २०८१ साल फागुन मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिबाना, थप दस्तुर तथा बाँकी व्याज मिनाहा गर्ने आन्तरिक राजस्व कार्यालय भैरहवा जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...
पौष ११ गते, २०८२ - १६:४०
बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् । राष्ट्रिय बाणिज्य बै...
पौष ११ गते, २०८२ - १६:२८
सर्लाही। नवलपुर–मलङ्गवा सडक अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा शुक्रबार दिउँसो ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु भएपछि अवस्था तनावग्रस...
पौष ११ गते, २०८२ - १६:१८
काठमाडौं । ङ्गलादेश प्रिमियर लिग (बीपीएल)को पहिलो खेलमा नेपाली लेग स्पिन सन्दीप लामिछानेले दुई विकेट लिएको छन् । सन्दीप आबद्ध टिम राजशाही वारियर्स...
पौष ११ गते, २०८२ - १६:०५
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टी संरक्षक तथा ऊर्जा म...
पौष ११ गते, २०८२ - १५:३०
काठमाडौँ । जेनजी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्की र अन्य सदस्यलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अद...
पौष ११ गते, २०८२ - १५:१९
काठमाडौँ । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न क्षेत्रहरूबाट सिफारिस भएका छन्। तर उनी कुन...
पौष ११ गते, २०८२ - १५:०७
काठमाडौँ । गृह मन्त्रालयले शुक्रबार १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र कारागार व्यवस्थापन विभागका महानिर्देशकमा हेरफेर गरेको जानकारी दिएको छ।...
पौष ११ गते, २०८२ - १४:५२
काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले राष्ट्रपति कार्यालयमा आज आयोजित शपथ ...




प्रतिकृया लेख्नुहोस्: