रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा तोडफोड भएको छ । सोमबार नगरपालिकाको आर्थिक प्रशासन शाखामा तोडफोड हुनका साथै कर्मचारीहरुलाई अभद्र व्यवहार र गालिगलौज भएको भन्दै सेवा प्रवाह समेत बन्द भएको छ ।
आठबिसकोट नगरपालिकामा कार्यरत कर्मचारीहरुले एक संयुक्त विज्ञप्ती जारी गरेर घटनाबारे जानकारी गराएका छन् । उनीहरुले आर्थिक प्रशासन शाखामा केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरेर अभद्र व्यवहार तथा गाली गलौज गर्नका साथै शाखामा रहेका सामाग्रीहरु तोडफोड गरेको जनाएका छन् । विज्ञप्तीमा तोडफोेडको कार्यले शाखाका महत्वपूण अभिलेख, श्रेष्ता तथा कागजातमा क्षति पुगेको उल्लेख गरिएको छ ।
यस विषयमा आठबिसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले नगरपालिकाभित्रका विभिन्न सडक मर्मतका योजनाहरुको भुक्तानीको विषयमा असन्तुष्ट विभिन्न व्यक्तिहरुले नगरपालिकाको आर्थिक प्रशासन शाखा तोडफोड गरेको जानकारी दिए। अनुगमन समितिले योजनाको विषयमा तयार पारेको प्रतिवेदनमा उल्लेखित टिप्पणीको विषयलाई लिएर भुक्तानीको प्रक्रियामा रहेको कामलाई प्रभाव पार्ने, दवाव दिने गरी गलत कार्य भएको उनले उल्लेख गरे। तोडफोडबाट शाखाको टेबल, दराजका साथै केहि कागजातमा समेत क्षति पुगेको छ ।
जानकारी अनुसार नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीको संयोजकत्वमा रहेको अनुगमन समितिले विभिन्न सडक मर्मत सम्भारको काम पुर्ण रुपले नभएकोले ४० प्रतिशत रकम मात्र भुक्रानी गर्न मनाशिव हुने टिप्पणी गरेको थियो । त्यसपछि योजना मर्मतको काममा संलग्न केहि जनप्रतिनिधि, निर्माण व्यवसायी र उपभोक्ता समितिका व्यक्तिहरु रुष्ट बनेका थिए । उनीहरुले नै आज लेखा शाखामा तोडफोड गरेको बताइन्छ ।
नगरपालिकाको सेवा प्रवाहमा केहि समस्या भएमा वार्ता, गुनासो, कानूनी प्रक्रिया मार्फत समाधान गर्नुको साटो कार्यालय नै तोडफोड गर्नु अराजक हर्कत भएकोले संलग्न व्यक्ति उपर कारबाहिको माग गरिएको छ । कर्मचारीले बिज्ञप्ती प्रकाशन गरेर कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको माग गरेका छन् । उनीहरुले सुरक्षित रुपमा काम गर्ने वातावरण नभएकोले नगरपालिका मातहतका सम्पूर्ण शाखा, फाँट, ईकाई, वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा स्थगत भएको समेत जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १२:५३
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनपछि गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । सोमबार लेखक आयोगमा बय...
पौष १४ गते, २०८२ - १२:४२
सङ्खुवासभा । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका एक कैदी पक्राउ परेका छन् । केन्द्रीय कारागार नख्खु कारागारबाट भागेका चि...
पौष १४ गते, २०८२ - १२:३१
म्याग्दी। म्याग्दीको सदरमुकाम बेनी बजारबाट पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जोड्ने बेनी–दरवाङ सडकको वैकल्पिक मानिएको महारानीथान–छाप–डाडाखेत–ठूल...
पौष १४ गते, २०८२ - १२:१५
काठमाडौँ। प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने तयारी गरेका छन् । न...
पौष १४ गते, २०८२ - १०:४९
रौतहट। रौतहटमा चिसो अत्याधिक बढेपछि चन्द्रपुर नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो बिदा दिएको छ । बढेको अत्याधिक चिसोका...
पौष १४ गते, २०८२ - १०:३५
विराटनगर । मोरङ प्रहरीले गाँजा तस्करी नियन्त्रण गर्ने क्रममा आइतबार राति पनि हवाई फायर गरेको छ । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई...
पौष १४ गते, २०८२ - १०:०४
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले आज समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझाउँदै छन्। निर्वाचन आयोगले तोकेको नि...
पौष १३ गते, २०८२ - १७:०६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफू प्रत्यक्षतर्फ र समानुपातिक दुवैतर्फबाट उम्मेदवार नहुने बताएका छन्। आइतबार सम्पन्न क...
पौष १३ गते, २०८२ - १६:४१
काठमाडौं । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेकाहरूलाई पुन: पार्टीमा फर्किन आह्वान गरेको छ। पार्टी छाडेर स्वतन्त्र बसेकादेखि अन्य दलमा...
पौष १३ गते, २०८२ - १६:२६
काठमाडौँ । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआईको प्रयोगबारे आचारसंहिता तय गरेको छ । आयोगबाट स्वीकृत निर्वाचन आचा...




प्रतिकृया लेख्नुहोस्: