पाटन । रातो मच्छिन्द्रनाथसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनसहितको विज्ञ टोली आज गुहाटी पुगेको छ ।
भारत आसामको गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रमुख महर्जनसहित पर्यटन, संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठ, वडा ६ का वडाअध्यक्ष रूपेन्द्रराज शाक्य र वडा नं १९ का वडाअध्यक्ष राजेन्द्र महर्जन, महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराही गुहाटी पुगेको हो ।
महानगरका प्रमुख महर्जनका अनुसार अन्तर्राष्ट्रिय सम्मेलनले आजभन्दा एक हजार ४०० वर्षअगाडि भारत आसामको कामाक्ष कामारूबाट काठमाडौँ उपत्यका ल्याइएको रातो मच्छिन्द्रनाथको ऐतिहासिक पक्ष, धार्मिक एवं सांस्कृतिक महत्त्वका बारेमा थप बहस, छलफलका साथसाथै किंवदन्तीलाई बल पुग्ने खालका तथ्यहरूमा बल पुग्नेछ ।
“यसले रातो मच्छिन्द्रनाथका बारेमा थप जानकारी हासिल गर्दै दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई घनिष्ट बनाउन भूमिका खेल्छ, सम्मेलनमा विज्ञहरूको सहभागितामा हुने छलफल फलदायी हुनेछ, यसले हाम्रो महानगरको सांस्कृतिक र पर्यटन विकासका लागिसमेत नयाँ आयाम थप्ने आधार तयार पार्ने विश्वास छ,” उनले भने ।
पर्यटन संस्कृति समितिका संयोजक एवं वडा नं ५ का अध्यक्ष विकासमान श्रेष्ठले योे सम्मेलनबाट वर्षा र सहकालका देवताका रूपमा पुजिँदै आएको रातो मच्छिन्द्रनाथका बारेमा थप तथ्यहरू प्राप्त भई ललितपुरमा मनाइने जात्रालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने बताए। “रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उनीहरू सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हो,” उनले भने । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - १६:४३
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...
पौष २७ गते, २०८२ - १६:३३
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...
पौष २७ गते, २०८२ - १६:२०
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...
पौष २७ गते, २०८२ - १६:०७
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...
पौष २७ गते, २०८२ - १५:५९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...
पौष २७ गते, २०८२ - १५:२८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...
पौष २७ गते, २०८२ - १५:०८
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...
पौष २७ गते, २०८२ - १५:००
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...
पौष २७ गते, २०८२ - १४:४१
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...
पौष २७ गते, २०८२ - १४:२८
काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...




प्रतिकृया लेख्नुहोस्: