काठमाडौं । काठमाडौंबाट धादिङ जाँदै गरेको यात्रुबाहक बस पृथ्वीराजमार्गमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शनिबार साँझ ७ः३० बजेतिरको समयमा धादिङको थाक्रे गाउँपालिका–०१, खेस्टेमा बजे बस दुर्घटनाहुँदा १५ जना घाइते भएका हुन्।
काठमाडौँबाट धादिङतर्फ गइरहेको बा ४ ख ५५१५ नम्बरको बस अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनापछि घाइतेहरूको उपचारका लागि गल्छीस्थित अम्बे भरोसा अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था सामान्य रहेको छ भने केहीलाई थप उपचार आवश्यक पर्ने देखिएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये हालसम्म तीनजनाको मात्रै पहिचान खुलेको प्रहरीले जनाएको छ ।
जसमा धादिङको गल्छी गाउँपालिका–२ बस्ने ३२ बर्षीया मनमाया मगर, धादिङको गजुरी गाउँपालिका–१ कस्ने ६० बर्षका खड्क कुमारी सुवेदी, र गल्छी गाउँपालिका–७ बस्ने २७ बर्षिया सपना खड्का रहेको प्रहरीले जनाएको छ । बाँकी घाइतेहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बाटो अबरुद्ध नभएको र दुर्घटनाग्रस्त बस र बसचालक धादिङको नीलकण्ठ नगरपालिका–०७, पिपलछाप निवासी ३० वर्षीय तुल बहादुर थापालाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस आफैं अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - २१:१०
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सरकारमा रहेको सत्ता सहकार्य संकटमा परेको छ। दुई दलबीचको सहमति कमजोर बन्दै जाँदा सातै प्रदेशमा नयाँ ...
आषाढ़ ३१ गते, २०८३ - २०:५२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...
आषाढ़ ३१ गते, २०८३ - २०:३९
काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...
आषाढ़ ३१ गते, २०८३ - २०:१९
बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...
आषाढ़ ३१ गते, २०८३ - २०:०९
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...
आषाढ़ ३१ गते, २०८३ - १९:५६
काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...
आषाढ़ ३१ गते, २०८३ - ०९:१६
बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...
आषाढ़ ३१ गते, २०८३ - ०९:०६
पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...
आषाढ़ ३१ गते, २०८३ - ०८:५७
काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...
आषाढ़ ३१ गते, २०८३ - ०८:५२
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...



प्रतिकृया लेख्नुहोस्: