Khabar Dabali ३१ असार २०८३ बुधबार | 15th July, 2026 Wed
Investment bank

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली

खबरडबली संवाददाता

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा किसानले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ ।

मुगुसहित हिमाली जिल्लाका किसानहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका विरुवा सुक्न थालेका छन् । खडेरीका कारण बाली नउम्रेर जग्गा खाली भएको र उमे्रको अन्नबाली खेतबारीमै सुक्न थालेको किसानहरुले बताएका छन् ।

विगतका वर्षहरुमा पुस–माघ महिनामा धेरै हिउँ पर्ने भएकाले खेतबारी ओसिलो भइरहने र अन्नबाली फस्टाउने गरेको थियो, तर यस वर्ष हिउँ नपर्दा खेतबारीमा लगाएको अन्नबालीसहित वनजङ्खलसमेत सुख्खा भएका छन् ।

सिंचाइका लागि कुलो नहर नभएको, खेतीयोग्य जमिन सबै आकाशे पानीको भरमा खेती गर्नुपर्ने अवस्था रहेको छ । हिउँ पानी नपर्दा बाली नफस्टाउने भएकाले भोकमरी हुनसक्ने सम्भावना रहेको छायाँनाथ रारा नगरपालिका–९ मुर्माका किसान बिर्खबहादुर रोकायाले बताए ।

मुगु जिल्लामा १ हजार ७८५ हेक्टर क्षेत्रफलमा खेतीयोग्य जमिन लगाएको अन्नबालीमध्ये ७० प्रतिशतभन्दा बढी आकाशे हिउँपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।

विगत तीनचार वर्षयता बेलामौका पानी नपरेकाले समस्या भोग्दै आएका किसानहरु यस वर्ष माघ महिनाको तेस्रो साता बितिसक्दा पनि हिउँ र पानी नपर्दा किसान तनावमा छन् ।

सरकारले साना सिंचाइका कार्यक्रम सञ्चालन गरे पनि त्यो अपुग भएको छ । विशेषगरी पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण हिउँपानी नपरेको, पानीका मुहानहरु सुक्दै गएकाले कृषकलाई समस्या भएको जिल्ला कृषि विकास कार्यालय मुगुका कृषिप्रचार अधिकृत तथा सूचना अधिकारी अनुजकुमार मण्डलले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शुक्रबारसम्म भारी वर्षाको चेतावनी, तीन दिन सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबार रातिदेखि शुक्रबारसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।...

एमालेसँग कांग्रेसको सत्ता सहकार्य टुट्ने संघारमा, दुई प्रदेश सरकार संकटमा

काठमाडौं । करिब दुई वर्षअघि सातबुँदे सहमतिसहित सुरु भएको नेपाली कांग्रेस–एमालेको सत्ता सहकार्य अब अन्त्यतिर पुगेको संकेत देखिएको छ। कर्णाली र सुदूरपश्...

गृहमन्त्रीको प्रतीक्षा गर्दै मिटरब्याज पीडित, समाधान नभएपछि काठमाडौं हिँड्ने चेतावनी

बारा । जनकपुरधामबाट काठमाडौंसम्म पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितले गृहमन्त्री सुधन गुरुङसँगको वार्ताबाट पनि ठोस आश्वासन नपाएपछि आन्दोलन थप कडा बन...

सर्वोच्चको अर्को अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोकियो

काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिको सम्पत्ति छानबिन सम्बन्धी सम्पत्ति छानबिन आयोगको कामकारबाही पुनः रोक्न अन्तर...

अबको तीन दिनभित्र इरानमाथि अझै ठूलो आक्रमण हुने ट्रम्पको चेतावनी

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा राष्ट्रिय सुरक्षा अधिकारीहरूसँग बैठक गर्दै इरानविरुद्धको सैन्य कार...

जथाभाबी सडकले बाजुराका गाउँबस्ती जोखिममा, विकासभन्दा बढी पहिरोको त्रास

बाजुरा । स्थानीय सरकारहरूले दुर्गम बस्ती जोड्ने उद्देश्यले निर्माण गरेका ग्रामीण सडक अहिले बाजुराका गाउँबस्तीका लागि नै जोखिमको कारण बनेका छन्। मापदण्...

बजेट ३२ अर्ब, खर्च २० अर्बमै सीमित : गण्डकी सरकारको क्षमता र योजनामाथि गम्भीर प्रश्न

पोखरा । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ५ करोड रुपैयाँको बजेट ल्याए पनि खर्च भने २० अर्ब ६० करोड रुपैयाँमा सीमित भएको छ। आर्थिक ...

असार सकिँदा धान रोपाइँ ५० प्रतिशतमा सीमित, गत वर्षभन्दा १० प्रतिशतले पछाडि

काठमाडौं । असार महिना सकिँदासम्म देशभर धान रोपाइँ ५० प्रतिशत मात्र भएको छ। गत वर्ष यही अवधिमा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो। कृषि विभागका अनु...

काठमाडौंका विभिन्न ठाउँबाट अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट ‘अनलाइन’ जुवा (सट्टाबाजी) खेलाउने तथा सामाजिक सञ्जालमार्फत यसको प्रचारप्रसार गर्ने कार्यमा संलग्न रहेको आरोपमा ...

प्रतिनिधिसभा आज बस्दै, संवैधानिक आयोगका प्रतिवेदनदेखि नयाँ विधेयकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्नुका साथै नयाँ विधेयक र अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending