Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

अन्तरजातीय जोडीमाथि राज्यसंयन्त्रबाटै अत्याचार, गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले

खबरडबली संवाददाता

काठमाडौं । अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्र राम (चमार) र नेहा रौनियारको जोडीलाई छुटाउन र फसाउन गृह प्रशासनबाटै भएको अत्याचारविरुद्ध सडकदेखि संसद्सम्म आवाज उठ्दा पनि सरकारले छानबिनमा चासो देखाएको छैन् । गृहको राजनीतिक नेतृत्व र आइजिपीसहितका उच्च प्रहरी अधिकारीकै निर्देशनमा ज्यादती गरिएकाले छानबिन हुन नसकेको स्रोत बताउँछ ।

घुम्न मुम्बई गएका सत्येन्द्र र नेहालाई पक्राउ गर्न प्रहरीले विशेष टोली नै पठाएको थियो । पीडितहरूले मात्रै होइन, यो कुरा त्यहाँ गएका प्रहरीले समेत राष्ट्रिय मानव अधिकार आयोगमा स्वीकार गरिसकेका छन् । तर, प्रहरी नेतृत्व अहिले पनि मुम्बई कुनै टोली नपठाएको दाबी गरिरहेको छ । गृहमन्त्री रमेश लेखक पनि बिहिबार संसद्मा प्रष्टिकरण दिँदा यस विषयमा मौन रहे । ‘उनीहरू (सत्येन्द्र र नेहा) लाई पक्राउ गर्न प्रहरी टोली विदेश गएको हाम्रो आधिकारिक रेकर्डमा छैन,’ केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले भने ।

पीडितहरूले भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका तत्कालीन डिएसपी रुगम कुँवर र सहायक हवल्दार इन्द्रमणि पोखरेल मुम्बई गएर आफूहरूलाई पक्राउ गरेर दिल्लीसम्म ल्याएको बताएका छन् । दिल्लीमा कागजात नमिल्दा नेपाल ल्याउन सकेका थिएनन् । 

हाल एसपीमा बढुवा भएका कुँवर र हवल्दार पोखरेलसँग मानव अधिकार आयोगले बयान लिइसकेको छ । उनीहरूकै कुरा बाझिएको स्रोत बताउँछ । उनीहरूपछि आयोगले एसपी अंगुर जिसी, तत्कालीन कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईलगायतका उच्च प्रहरी अधिकारीसँग समेत बयान लिने तयारी गरेको छ । ‘गृहमन्त्रीकै निर्देशनमा पक्राउ गरेर कुटपिट गरेको भन्ने पीडितहरूको भनाइ छ,’ आयोगका एक अधिकारीले भने, ‘आदेश दिने सबैलाई छानबिनमा तान्छौँ ।’ आयोगले बुधबार सत्येन्द्र र नेहासँग छलफल गरेको थियो ।

गृहमन्त्री रमेश लेखक, आइजिपी वसन्तबहादुर कुँवर र अपराध अनुसन्धान कार्यालय टेकुका तत्कालीन एसएसपी सानुराम भट्टराईकै निर्देशनमा डिएसपीको टोली सत्येन्द्र र नेहालाई पक्राउ गर्न मुम्बई गएकाले यसमा छानबिन समिति बन्न नसकेको एक उच्च प्रहरी अधिकारीले बताए । 

गृह मन्त्रालयले भने ‘आवश्यक परे’ छानबिन गर्न निर्देशन दिएको बताएको छ । तर, प्रहरी प्रवक्ता डिआइजी आचार्य छानबिनको आवश्यकता नदेखिएको बताउँछन् । उनी भन्छन्, ‘२० वर्षभन्दा कम उमेरमा विवाह गरेको आधारमा जाहेरी दर्ता भएको छ, त्यही आधारमा मुद्दा दर्ता भएको छ, प्रहरीले कानुनअनुसार नै काम गरेकाले छानबिन आवश्यक नभएको हो ।’ तर, प्रहरीले बालविवाहको जाहेरी लिएको समयमा सत्येन्द्र र नेहाले विवाह नै गरेका थिएनन् । प्रहरीले पक्राउ गरेर उनीहरूलाई यातना दिएको विषयमा जानकारी नभएको आचार्यको भनाइ छ । 

गृहमन्त्रीविरुद्धको जाहेरी लिएन प्रहरीले 

बालविवाहको आड लिएर पीडितलाई प्रहरी लगाएर दमन गरेको भन्दै दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनुवार नेतृत्वको टोली गृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिन बिहीबार जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेको थियो । तर, आफूहरूको जाहेरी नलिइएको उनले बताए । 

दलित अधिकारकर्मीहरूले बिहीबार पनि माइतीघरमा प्रदर्शन गरी घटनाको छानबिन गरी कारबाहीका लागि माग गरेका छन् । उनीहरूले शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपा पुगेर दबाब दिने तयारी गरेका छन् । दोषीलाई कारबाही नभएसम्म आन्दोलन गरिने उनीहरूको भनाइ छ । 

अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारमाथि गृहमन्त्री रमेश लेखककै आदेशमा प्रहरीबाट भएको अत्याचारको विषयमा सार्वभौम संसद्मा सरकारको आलोचना भएको छ । 

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्दै सांसदहरूले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नुको साटो जातीय विभेदलाई राज्यसंयन्त्रबाटै संरक्षण गर्नु संविधान र मानव अधिकारको उल्लंघनसँगै समाज बिथोल्ने कामसमेत भएको भन्दै खबरदारी गरेका हुन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव

गण्डकी । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने ...

मस्र्याङ्दी जलविद्युत्को मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मतसम्भार कार्य सम्पन्न गरी पुनः विद्युत् उत्पादन कार्य स...

रवि लामिछाने र बालेन शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हा...

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार काठमाडौँ, झ...

कस्तो होला रास्वपा सरकारको विदेश नीति ?

काठमाडौं । चुनावमा सानदार सफलता पाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बाल...

काठमाडौंको वायु प्रदूषण अस्वस्थकर स्तरमा, विश्वका प्रदूषित सहरमध्ये चौथो स्थानमा

काठमाडौं । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थकर स्तरमा पुगेको छ। बिहीबार बिहान ७:२० बजे गरिएको मापनअनुसार उपत्यकाको एयर क्वालिटी इन्डेक्स ...

तेल संकटका कारण पाकिस्तानमा विद्यालय बन्द, पेट्रोलको मूल्य एकैपटक ५५ रुपैयाँले बढ्यो

काठमाडौं । इरानमाथि संयुक्त राज्य अमेरिका–इजरायलले आक्रमण गरेपछि सुरु भएको द्वन्द्वबाट सम्पूर्ण मध्यपूर्व प्रभावित हँुदा तेल र ग्यास आपूर्तिमा अवरोध आ...

मध्यपूर्व संकटका कारण देखिएको इन्धनको सम्भाव्य मूल्यवृद्धिसँग जुझ्ने सरकारको योजना कस्तो छ ?

काठमाडौं । सरकारले मध्यपूर्वमा झन्डै डेढ सातादेखि जारी तनावका कारण नेपालमा मूल्यवृद्धि हुन सक्ने भन्दै खाना पकाउने ग्यासलगायतको कालोबजारी रोक्न अनुगमन...

कम्युनिस्ट सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे ...

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर । बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आएका छन् । शुक्लाफाँटा न...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: