Khabar Dabali ५ माघ २०८२ आईतवार | 18th January, 2026 Sun
Investment bank

सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनी मूलक सन्देश छाप्नुपर्ने

खबरडबली संवाददाता

काठमाडौं । सुर्तीजन्य पदार्थमा शत प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सूर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतनावनी मूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका, २०८१ स्वीकृत गरेसँगै यो नियम लागू हुने भएको हो । यो निर्देशिका स्वीकृत भएको १८० दिनपछि लागू हुने मन्त्रालयले जनाएको छ ।

सयअघि ९० प्रतिशत भागमा चेतावनी मूलक सन्देश छाप्नुपर्ने व्यवस्थामा संशोधन गर्दै मन्त्री पौडेलले सुर्ती तथा चुरोटलगायतका पदार्थको अगाडि र पछाडिको शतप्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेको हो ।

उनले भन्नुभयोने, ‘‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो । चुरोट र सूर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’’

सूर्तिजन्य पदार्थ स्वास्थ्यकालाई हानीकारक छ भन्ने लगायतका चेतनवानी मूलक सन्देश र सूर्तिजन्य पदार्थ सेवनको अवसरबाट भएको घातक, रङ्गिन चित्र प्रष्ट रुपमा बुझ्ने र देख्ने गरी नेपाली भागमा छाप्नु पर्ने छ ।

चेतावनी मूलक सन्देश चुरोट, बिडि, खैनी, सूर्ति र गुट्खा जस्ता सूर्तिजन्य पदार्थको भित्री र बाहिरी प्रत्येक बट्टा, प्याकेट, र्‍यापर्स, पार्सल र प्याकेजिङमा छाप्नु पर्ने छ । 

छपाई गर्ने प्रत्येक ब्याचमा चुरोटको कूल जम्मा बट्टा, प्याकेट र र्‍यापर्समा २०–२०  प्रतिशत सङ्ख्यामा समानुपातिक तवरले पाँच वटा घातक रङ्गिन चित्र र चेतावनी मूलक सन्देश छाप्नु पर्ने निर्देशिकामा उल्लेख छ ।

चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको सहायक माथिल्लो सम्पूर्ण भागमा सूर्तिजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ भन्ने चेतावनी मूलक सन्देश छाप्नु पर्ने छ ।

चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको सहायक दायाँ भागको माथिल्लो नब्बे प्रतिशत भागमा धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्त्वहरु हुन्छन्, धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्नेछ ।

त्यस्तै, सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा धुम्रपानमा हुने निकोटिन, टार, कार्वनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौँ भन्ने चेतावनी मूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगान छाप्नु पर्नेछ ।

चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको सहायक तल्लो सम्पूर्ण भागमा सुर्तिजन्य पदार्थमा भएको निकोटिनको मात्रा, ब्राण्ड नाम र उत्पादन मिति उल्लेख गर्नुपर्नेछ ।

यस्ता चेतावनी मूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको सङ्ख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरुले देखाएका छन् ।

नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सूर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीको भनाइ छ । मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गर्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई दिनमै २७ हजारभन्दा बढीले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि नेपाल प्रहरीले आवेदन सङ्कलन गरिरहेको छ । पुस २५ गतेदेखि दे...

४९.३४ प्रतिशतले गरे कांग्रेस विशेष महाधिवेशनको पक्षमा नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा हालसम्म ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले दर्ता गराइसकेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रम...

देउवालाई सुनिल शर्माको आग्रह: भोलि बिहान हल उद्घाटन गर्न आउनुस्, हामी विकल्प दिन्छौं

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले विशेष महाधिवेशनको बन्द सत्र उद्घाटन गर्न सभापति शेरबहादुर देउवालाई उपस्थ...

चार महिनादेखि कांग्रेस कोमामा थियो, महामन्त्रीहरूले पुनर्जीवन दिए: चतुरबहादुर चन्द

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’मा रह...

इतिहासको ब्याज खाएर बस्ने समय सकियो, कांग्रेस बलियो हुनुपर्छ: गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा अब इतिहासको ब्याज खाएर बस्न नसक्ने बताउँदै नेताहरूलाई कटाक्ष गरेका छन्। दोस्रो ...

प्रधानमन्त्री कार्की राप्रपाको चियापान कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी...

एक हजार तीन सय २७ महाधिवेशन प्रतिनिधिको नाम दर्ता

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिको नाम...

राप्रपाले आयोजना गर्‍यो चियापान कार्यक्रम, पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवस मनाउँदै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। राप्रप...

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे कांग्रेस विशेष महाधिवेशनको उद्घाटन

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले उद्घाटन गरेका छन्। उनीहरूले पानसमा बत्ती बालेर भृकुटीमण्डपस्थित...

सभापति र प्रधानमन्त्री हुने कुराले लोभ्याउँदैन, पार्टी एकताको पक्षमा छु: कोइराला

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफू पार्टी एकताको पक्षमा रहेको र पार्टी विभाजन नहोस् भन्नेमा सचेत बताएको छन्। कांगेसको विशेष महा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending