Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संसार हेर्ने अभिलाषा पूरा हुन लागेकामा महोत्तरीका ज्येष्ठ नागरिक मक्ख

खबरडबली संवाददाता

महोत्तरी । ‘फेउर स जिनगीमे इजोत आयल’ (फेरि जीवनमा उज्यालो फक्र्यो) मोतियाविन्दुले टालिएको आँखाको शल्यक्रिया गरेकी बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले प्रसन्न हुँदै भनिन्, ‘बुझलियै फेउर स हम पहिने सन देख पायब’ (बुझ्नुभयो, फेरि म पहिलेजस्तै देख्नसक्ने हुनेछु) ।

पछिल्ला १० वर्षयता मोतियाविन्दुले आँखा टालिदा अँध्यारो भएको संसार अहिलेको शल्यक्रियाले ज्योति फर्कने कुराले दुलारीको खुसीको सीमा छैन । देब्रे आँखाको शल्यक्रिया गरिएकी दुलारीको केहीपछि दाहिने आँखाको पनि गरिनुपर्ने चिकित्सकले सुझाएका उनले बताइन् । केही दिनपछि नै आँखाको पट्टी हटाएपछि लगाउन कालो चश्मा पाउने कुरा पनि उनले बताइन् ।

दुलारीजस्तै सोही वस्तीका ७० वर्षीय रामचन्दर सदा पनि आँखाको मोतियाविन्दु हटाउने शल्यक्रियापछि अब उज्यालो संसार देखिने आशले दङ्ग छन् । “हेर्नुस हजुर, हामी गरिबले यो अवसर पाउनु भनेको भगवान् भेटेजत्तिकै हो”, नेपाली राम्रो बोल्न जान्ने रामचन्दरले भने, “सित्तैमा हामी मुसहरलाई यो मौका हतपत्त कहाँ जुर्छ र हजुर, यो जसले गराइदिनुभयो, उहाँलाई भगवान्ले हेरुन् ।” 

मुसहर मधेसमा स्वास्थ्य, शिक्षा, सामाजिक र आर्थिक अवसरबाट निकै पछि परेको अति सीमान्तकृत जाति समुदाय हो । दुलारी र रामचन्दरजस्ता अतिविपन्न परिवारका आँखाको समस्या समाधान गरिदिन अहिले बर्दिबास आँखा अस्पतालको पहलकदमीमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल नामक संस्थाले आर्थिक स्रोत जुटाइदिएको हो ।

सोमबार र मङ्गलबार गरी एक सय जनाको आँखाको मोतियाविन्दुको जालो हटाउने शल्यक्रिया बर्दिबास जनसेवा अस्पतालमा सम्पन्न भएको छ । शल्यक्रिया गरिन आँखाका बिरामी यसपटक अत्यन्त गरिब वस्तीबाट परेका दुईदिने यो शिविरको बर्दिबास आँखा अस्पतालका तर्फबाट समन्वय गर्ने मकुन्दप्रसाद पौडेलले बताए ।

“आफ्नै आर्थिक स्रोतले आँखाको उपचार र शल्यक्रिया गराउनै नसक्ने अत्यन्त विपन्न परिवारका सदस्यले यसपालि अवसर पाएका छन्”, पौडेल भन्छन्, “आँखाका बिरामीको सर्वेकै क्रममा अत्यन्त गरिब बस्तीमा मोतियाविन्दुका बिरामी भेटेपछि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालसँग अनुरोध गरिएको हो, सो संस्थाले सदासयतापूर्वक प्रस्ताव स्वीकार गरिदिँदा एक सय जनाले आँखाको ज्योति पाएका छन् ।” दुईदिने शिविरमा शल्यक्रिया गरिनेहरू अधिकांश बर्दिबास–१०, ११ खयरमाराका अतिविकट चुरेकाछका बस्तीका गरिब परेका पौडेलले बताए । खयरमारा बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा पर्छ ।

“हामी भनिन त बर्दिबास नगरकै छौँ, तर बिरामी पर्दा हामीले पहिले पुग्ने ठाउँ ४० किलोमिटर छिचोलेर बर्दिबास चोक नै हो”, बर्दिबास–१० की ७० वर्षीया जानकी यादव भन्छन्, “धन्न यी डाग्डरबाबुले हाम्रो सम्झना गरेछन् र आँखाको जालो हटाउने मौका पाइयो ।” सोही बस्तीका ७५ वर्षीय सुरज यादव पनि मोतियाविन्दुको शल्यक्रियापछि फेरि संसार देखिने आसमा दङ्ग छन् ।

शिविरमा जिल्लाकै रामगोपालपुर, जलेश्वर र मनराशिशवा नगर क्षेत्रका मोतियाविन्दुका बिरामी पनि लाभान्वित भएका छन् । ‘सोच्ने नै छली जे मुनायल आँइखक पर्दा फेरु उघरत’ (सोचेकै थिइनँ, जालोले ढाकेको आँखाको पर्दा फेरि उघ्रला) रामगोपालपुर–४ की ६५ वर्षीया कमोधियादेवी बरही भन्छन्, ‘दश साल स खेपी रहल अन्हारक पीडा आब सब भुलागेल’ (दश वर्षदेखि खेप्दै आइएको अँध्यारोको पीडा अब सबै बिर्सियो) ।

दुईदिने मोतियाविन्दु शिविरका लागि पहिलो चरणमा वस्ती चयन, दोस्रो चरणमा आँखा जाँच र तेस्रो चरणमा शल्यक्रियाको प्रबन्ध मिलाइएको बर्दिबास आँखा अस्पतालले जनाएको छ । तीनवटै चरणका लागि इम्प्रुभिङ्ग लाइभ्स इन नेपालले पाँच लाख ५० हजार रकम उपलब्ध गराएको अस्पतालका स्रोतव्यक्ति शिविरका समन्वयकर्ता पौडेलले जानकारी दिए ।

शिविरमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्जुन श्रेष्ठ नेतृत्वको सात सदस्यीय टोलीले शल्यक्रियाको काम सम्पन्न गरेको हो । शल्यक्रिया गरिनेहरूमा एक जना ५० वर्षमुनिका र बाँकी सबै यो भन्दा माथिका छन् । अहिले एउटा आँखाको शल्यक्रिया गरिएका धेरैजसोको अर्को आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव छ । शल्यक्रिया गरिएका बिरामीमा ५५ पुरुष र ४५ महिला रहेका बर्दिबास आँखा अस्पतालले जनाएको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending