Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

मिलेमतोमा बढाइएको सिमेन्टको भाउ घटाउन उद्योगीको अटेरी, सरकार मौन

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । मिलेमतोमा बढाइएको सिमेन्टको भाउ घटाउन उद्योगीले अटेर गरेका छन् । ‘अस्वाभाविक मूल्यवृद्धि’ देखिएकाले हस्तक्षेप गर्न संसदीय समितिले दिएको निर्देशन सरकारले पनि बेवास्ता गरेको छ । उद्योगीहरूले गत मंसिरमा ७० प्रतिशतसम्म मूल्य बढाउँदा पनि सरकारले मौन समर्थन जनाएको थियो ।

दसैँअगाडि ‘गेट प्राइस’ ३५० रुपैयाँसम्म झरेको सिमेन्टको उपभोक्ता मूल्य पाँच सय ५० रुपैयाँ प्रतिबोरासम्म थियो । तर, निर्माण कार्य सुरु हुने सिजनको सुरुवात (मंसिर)मै भाउ बढाएर सात सयदेखि आठ सय ५० रुपैयाँ प्रतिबोरासम्म पु¥याइएको थियो । निर्माण व्यवसायीले आन्दोलनको चेतावनीसँगै संसद्को सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

९ माघमा बसेको लेखा समितिको बैठकले सिमेन्ट उद्योगीले कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गरेको निष्कर्षसहित हस्तक्षेप गर्न सरकारलाई निर्देशन दिएको थियो । ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वाभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ समितिको निर्देशन थियो, ‘के–कति कारणले सिमेन्टको मूल्य बढेको भन्नेबारे उद्योग मन्त्रालयलाई अध्ययन गरेर जानकारी दिन पनि समितिले निर्देश गरेको छ ।’

त्यसपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उद्योगीले साउनमा निर्धारण भएको बजारभाउमा प्रतिबोरा अधिकतम ११५ रुपैयाँसम्म जोडेर नयाँ दररेट शनिबारबाटै कायम गर्ने घोषणा गरेका थिए । तर, सोमबारसम्म बजारमा मूल्य घटाइएको छैन । ‘उद्योगीले आफैँ घोषणा गरेको मूल्य तुरुन्तै घट्छ भन्ने कुरामा आशावादी थियौँ, तर मंगलबार साँझसम्म मूल्य घटेको छैन, उनले भने, ‘ठाउँ र सिमेन्टको ब्रान्ड हेरेर प्रतिबोरा ६५० देखि ८५० रुपैयाँसम्म अहिले बिक्री गरिँदै छ ।’

सार्वजनिक लेखा समितिका सदस्य हरि ढकालले समितिको निर्देशनविपरीत सरकार हस्तक्षेपकारी भूमिका खेल्न डराएको बताए । ‘चार महिनाको बिचमा सिमेन्टको भाउ ७० प्रतिशतभन्दा धेरै बढाउने गरी कुनै पनि शीर्षकको लागत बढेको छैन । त्यसैले अस्वाभाविक र कृत्रिम रूपमा सिमेन्टको मूल्यवृद्धि गरिएको लेखा समितिले ठहर गरिसकेको छ । मूल्य घटाउन सरकारलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न दिएको निर्देशन कार्यान्वयन नहुनु, दुःखद छ,’ उनले भने, ‘उद्योगीले चर्को लोडसेडिङ भएकाले लागत बढेर मूल्य पनि बढाइएको भनेर झुटो कुरासमेत गरेका छन् । किनभने उद्योगहरूमा सामान्य हिसाबले बाहेक विद्युत् कटौती नै भएको छैन । छिटोभन्दा छिटो मूल्य घटाएर उपभोक्तालाई राहत दिनतर्फ सबैले ध्यान दिनुपर्छ । सरकारले पनि हस्तक्षेपकारी भूमिका खेल्न डराउन हुँदैन ।’

मन्त्रालयले भने मूल्य घटाउन यसअघि दुईपटक भएको सहमति पनि उद्योगीले पालना नगरेको भन्दै निरीहता प्रकट गरेको छ । मंसिर अन्तिम साता मन्त्रालयमा भएको छलफलमा उद्योगीले प्रतिबोरा सय रुपैयाँ मूल्य घटाउने सहमति गरेका थिए । त्यति वेला बजारमा प्रतिबोरा १८० रुपैयाँसम्म मूल्य बढाइएको थियो । त्यसपछि गत ६ माघमा पुनः मूल्य घटाउने सहमति भए पनि कार्यान्वयन नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए । ‘सिमेन्टको मूल्य बढी भएको कुरा प्रस्टै छ । त्यसैले नियन्त्रण गर्न पटक–पटक भएको छलफलबाट सहमति पनि भएका छन् । तर, सहमति कार्यान्वयन नहँुदा समस्या सुल्झिन सकेको छैन, उनले भने, ‘पछिल्लोपटक उद्योगीले मूल्य घटाउँछौँ भनेर आफैँ बोलेका छन् । मूल्य घटेको छ कि छैन भन्नेबारे हामी अनुगमन गरेर हेर्छौँ ।’

उद्योगीले साउनमा निर्धारण भएको मूल्यमा अधिकतम ११५ रुपैयाँ जोडेर नयाँ भाउ तोक्ने बताएका थिए । साउनमा औसत चार सय प्रतिबोरा मूल्य रहेकाले आउँदा दिनमा बजारमा ६ सय रुपैयाँ प्रतिबोराआसपासमा सिमेन्टको भाउ निर्धारण हुनुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘उपभोक्ता र निर्माण क्षेत्रलाई असर पर्ने गरी भएको सिमेन्टको मूल्यवृद्धि नियन्त्रण हुनुपर्छ,’ उनले भने, ‘सरकारले हस्तक्षेप गरेर भए पनि मूल्य घटाउन अब ढिला गर्नुहुँदैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको रिप गाउँमा आगलागी हुँदा पाँच घर जले, दुई जना घाइते

हुम्ला । यहाँको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागीबाट दुई जना घाइते भएका छन् । आगलागीबाट पाँच घरमा क्षति पुगेको स्थानीय विजय फडेराले जानकारी दिए ...

कांग्रेसमा फेरि महाधिवेशन विवाद

काठमाडौं । कांग्रेस महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा निर्वाचन अगाडि कि पछाडि गर्ने भन्ने विवाद फेरि चर्किएको छ । पार्टीले तोकेको नियमित महाधिवेशन नजि...

रवि-बालेन वार्ता सहकार्यको ‘मोडालिटी’तर्फ

काठमाडौं । तेस्रोपटक छलफलमा बसेका रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह सहकार्य गरेर जाने निष्कर्षसहित मोडा...

दलहरूलाई समानुपातिक बन्दसूची बुझाउने चटारो, के गर्दै छ एमाले ?

काठमाडौँ । फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको एउटा प्रमुख खुड्किलो अर्को साताको सुरुमै आइपुग्दै छ जब दलहरूले समानुपातिकतर्फ तिनका उ...

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् । मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत...

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ । गत ३० भदौदेखि पूर्ण रुपमा सञ्चा...

टिपरको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइसधारास्थित सडकखण्डमा गए राति टिपरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।...

लाओसबाट थाइल्याण्ड हुँदै काठमाडौं आएकी महिलाको पेटबाट निकालियो लागुऔषध, तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर लागुऔषध तस्करी गरिरहेका एकसहित तीन जना विदेशीलाई पक्राउ गरेको छ । एक जना...

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छा...

जेलेन्स्कीको कडा चेतावनी

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending