Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

मिलेमतोमा बढाइएको सिमेन्टको भाउ घटाउन उद्योगीको अटेरी, सरकार मौन

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । मिलेमतोमा बढाइएको सिमेन्टको भाउ घटाउन उद्योगीले अटेर गरेका छन् । ‘अस्वाभाविक मूल्यवृद्धि’ देखिएकाले हस्तक्षेप गर्न संसदीय समितिले दिएको निर्देशन सरकारले पनि बेवास्ता गरेको छ । उद्योगीहरूले गत मंसिरमा ७० प्रतिशतसम्म मूल्य बढाउँदा पनि सरकारले मौन समर्थन जनाएको थियो ।

दसैँअगाडि ‘गेट प्राइस’ ३५० रुपैयाँसम्म झरेको सिमेन्टको उपभोक्ता मूल्य पाँच सय ५० रुपैयाँ प्रतिबोरासम्म थियो । तर, निर्माण कार्य सुरु हुने सिजनको सुरुवात (मंसिर)मै भाउ बढाएर सात सयदेखि आठ सय ५० रुपैयाँ प्रतिबोरासम्म पु¥याइएको थियो । निर्माण व्यवसायीले आन्दोलनको चेतावनीसँगै संसद्को सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए ।

९ माघमा बसेको लेखा समितिको बैठकले सिमेन्ट उद्योगीले कृत्रिम अभाव सिर्जना गरी अस्वाभाविक मूल्यवृद्धि गरेको निष्कर्षसहित हस्तक्षेप गर्न सरकारलाई निर्देशन दिएको थियो । ‘सिमेन्टको मूल्यवृद्धिले निर्माणको लागतसमेत बढेको तथा यस्तो मूल्यवृद्धि अस्वाभाविक देखिएकाले सम्बन्धित मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने देखिन्छ,’ समितिको निर्देशन थियो, ‘के–कति कारणले सिमेन्टको मूल्य बढेको भन्नेबारे उद्योग मन्त्रालयलाई अध्ययन गरेर जानकारी दिन पनि समितिले निर्देश गरेको छ ।’

त्यसपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उद्योगीले साउनमा निर्धारण भएको बजारभाउमा प्रतिबोरा अधिकतम ११५ रुपैयाँसम्म जोडेर नयाँ दररेट शनिबारबाटै कायम गर्ने घोषणा गरेका थिए । तर, सोमबारसम्म बजारमा मूल्य घटाइएको छैन । ‘उद्योगीले आफैँ घोषणा गरेको मूल्य तुरुन्तै घट्छ भन्ने कुरामा आशावादी थियौँ, तर मंगलबार साँझसम्म मूल्य घटेको छैन, उनले भने, ‘ठाउँ र सिमेन्टको ब्रान्ड हेरेर प्रतिबोरा ६५० देखि ८५० रुपैयाँसम्म अहिले बिक्री गरिँदै छ ।’

सार्वजनिक लेखा समितिका सदस्य हरि ढकालले समितिको निर्देशनविपरीत सरकार हस्तक्षेपकारी भूमिका खेल्न डराएको बताए । ‘चार महिनाको बिचमा सिमेन्टको भाउ ७० प्रतिशतभन्दा धेरै बढाउने गरी कुनै पनि शीर्षकको लागत बढेको छैन । त्यसैले अस्वाभाविक र कृत्रिम रूपमा सिमेन्टको मूल्यवृद्धि गरिएको लेखा समितिले ठहर गरिसकेको छ । मूल्य घटाउन सरकारलाई हस्तक्षेपकारी भूमिका निर्वाह गर्न दिएको निर्देशन कार्यान्वयन नहुनु, दुःखद छ,’ उनले भने, ‘उद्योगीले चर्को लोडसेडिङ भएकाले लागत बढेर मूल्य पनि बढाइएको भनेर झुटो कुरासमेत गरेका छन् । किनभने उद्योगहरूमा सामान्य हिसाबले बाहेक विद्युत् कटौती नै भएको छैन । छिटोभन्दा छिटो मूल्य घटाएर उपभोक्तालाई राहत दिनतर्फ सबैले ध्यान दिनुपर्छ । सरकारले पनि हस्तक्षेपकारी भूमिका खेल्न डराउन हुँदैन ।’

मन्त्रालयले भने मूल्य घटाउन यसअघि दुईपटक भएको सहमति पनि उद्योगीले पालना नगरेको भन्दै निरीहता प्रकट गरेको छ । मंसिर अन्तिम साता मन्त्रालयमा भएको छलफलमा उद्योगीले प्रतिबोरा सय रुपैयाँ मूल्य घटाउने सहमति गरेका थिए । त्यति वेला बजारमा प्रतिबोरा १८० रुपैयाँसम्म मूल्य बढाइएको थियो । त्यसपछि गत ६ माघमा पुनः मूल्य घटाउने सहमति भए पनि कार्यान्वयन नभएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक राजन पौडेलले बताए । ‘सिमेन्टको मूल्य बढी भएको कुरा प्रस्टै छ । त्यसैले नियन्त्रण गर्न पटक–पटक भएको छलफलबाट सहमति पनि भएका छन् । तर, सहमति कार्यान्वयन नहँुदा समस्या सुल्झिन सकेको छैन, उनले भने, ‘पछिल्लोपटक उद्योगीले मूल्य घटाउँछौँ भनेर आफैँ बोलेका छन् । मूल्य घटेको छ कि छैन भन्नेबारे हामी अनुगमन गरेर हेर्छौँ ।’

उद्योगीले साउनमा निर्धारण भएको मूल्यमा अधिकतम ११५ रुपैयाँ जोडेर नयाँ भाउ तोक्ने बताएका थिए । साउनमा औसत चार सय प्रतिबोरा मूल्य रहेकाले आउँदा दिनमा बजारमा ६ सय रुपैयाँ प्रतिबोराआसपासमा सिमेन्टको भाउ निर्धारण हुनुपर्ने उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् । ‘उपभोक्ता र निर्माण क्षेत्रलाई असर पर्ने गरी भएको सिमेन्टको मूल्यवृद्धि नियन्त्रण हुनुपर्छ,’ उनले भने, ‘सरकारले हस्तक्षेप गरेर भए पनि मूल्य घटाउन अब ढिला गर्नुहुँदैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending